Wednesday, December 21, 2011

बिरबलले रानीलाई चिमोटे !!!

यौटा यो घटना बितेछ यसरी दरबारमा एकदिन
बिरबल रानी र बाद शाह अकबर तिनै जना एकछिन


जान्छन घुम्न संगै डुलेर उपबन रानी अगाडी भई
बिरबल बीच बसे पछी पछी हिंडे राजा खुशीले गइ


राजाका मनमा संधै जसरि नै बिरबल पखाल्ने कुरो
उठ्दा एकछिन सोची कम्मर महा चिमोटीदे भै शुरो


रानीलाई चिमोटी लिन्छु बदला ठानेर उनले लिए
प्रत्युत्पन्न मति थिए ति बिरबल जवाफ यसको दिए



रानी रंजित भै मुहार हँसिलो रिसले अति लाल भयो
फर्किन झट्ट पछाडी बीरबलको गालामा थप्पड गयो


के गर्छस अब हे बिमुढ़ ! बिरबल सोची बस्यो एकछिन
फर्क्यो तत्क्ष्ण बादशाह पटि नै कसेर झापड दिन


राजा क्रुद्ध भएर झापड लिइ भन्छन कि हे बीरबल
तिम्रो साहस दण्डनीय ,कसरी सक्यौ प्रयोग गर्न बल


उत्तरमा बिरबल गमेर मनमा जवाफ यो गर्दछन
हे सम्राट! म ता हुलाकी बिचमा जो कोहि भर पर्दछन


जे शन्देस हजुरले दिन भनि साम्राज्ञीका बाहुमा
प्रेषित गर्नुभयो प्रत्युत्तर पनि फर्केछ त्यै नाउमा


टक्र्याए खुशीले म गदगद भए सेवा गरे ज्यानले
बक्सियोस इनाम भारि अब ता बस्छु खुशी ज्ञानले

नगरबधुको आव्हान !

टाढा भो मन माधुरी सखी सखा यी बस्त्र जन्जाल छन् /
ढाक्यो वृक्ष सुस्वादु उष्ण फलले ढिला भयो चाख्न झन् //
आऊ आउन हातमा लिई छिटै जगाउ बालि धुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

आँखामा घसी गाजलु नजरले खोजि रहन्छन् क्षुधा /
लालियुक्त अधर चुमु चुमु भनि मागी रहन्छन् सुधा //
धड्कनले दिलको कुना पसि बसी छाम्दै छ तिम्रो चुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

मेरा अंग अति सुकोमल अहा देउ न ! दृस्टी यता /
आफै हेर्छु रमाउछु लुकी छिपी तिम्रो जवानी उता //
नाङ्गो हेर हिमाल प्राकृतिक ति सजाई बस्छन् रुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

श्रीस्टिका नमुना हरु प्रकृतिका बिहिन पर्दा बसी /
आफ्नो रूप र शानमा मिलनको सुगन्ध अत्तर घसी //
बास्नाले रसले कि रूप बशले आकृस्ठ गर्छन् खुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

आर एस भी पी

निम्ता पत्र मिल्यो खुशी हद भएँ के गर्नु मुग्लानिमा
चिन्ता मात्र थपिन्छ के गरु सुनी देशको खबर ग्लानिमा
यो यौटा मनको धनि पर बसी बिमूढ़ कर्तब्य किम्
सोच्दै बस्छ बिहानी साँझ घरको आँखा गरि चिम्म चिम्


आँशु रक्त प्रबाह त्यो कति भयो शहिदको देशमा
नेताको मनमानी खप्न न हुने ब्वासा ति हुन् भेषमा
चिन्ता ग्रस्त सबै मिलेर एकजुट हुनु पर्यो लौ सब
तारे होटल भासी श्रोत बटुली पुलमा लगाउ अब


मेलम्ची पनि आँशु हो गरिबको फ़र्काइदेउ भन
भेरीको जलले भिजाई हरिया पाखा, फलाउ सुन
खोसी देउ सबै फलाम र सिमेंट् निर्माण पुलको गर
संख्यामा जनता कति कति बढी भत्काउ बानेश्वर


सात, सतचालिस, सत्रमा कति भए सत्ता परिबर्तन
सतसठ्ठी कुरी बस्दथे म त यहाँ पाएँ बुहारी तन
कमजोरी सब यो दलालहरुको अठसठ्ठीमा धेर भो
संस्था शिक्षणले दुहेर दक्षिणा प्रदत्त ग्यान खेर गो


कुम्लो बोकी म आउने पनि थिए होस्टेमा हैंसे दिन
पुजा गर्न म आउंछु तर पुजा सर्जाम पैले किन
भक्ति ! सुनुहबस् पढाइ अपुरो, पढ्दैछ कान्छो यहा
उसकै ढाल अति जरुरि छ त्यहा अग्रिम पंक्ति महा


पुरा गर्छु वचन् स्वीकार छ निमन्त्रणा हिराको पनि
बाड्नु होस् सबमा खवर गरि दिनोस् आउनेछ चाचा भनि
यो ठुलो रणभूमि नै पनि हुने संकेत पाउछु म ता
आर यस भी पी छ यो बुझिलिनु हवस् न आइ जाउ कता

मातृभूमि

खोज्छन तार हरु घुमी रिदयमा कहा छ मेरो धन
झुप्रा गोठ र पालि आँगन जहा खेलेर बित्थे दिन
रुन्छु धर धरि छातीमा गहकिलो बोकेर माया सुन
पीडा मात्रिभुको बिछोड विरहको थाल्नेछ मनले छुन


चिसो त्यो जलको प्रपात सुरिलो मुहान बाटै तल
मेट्थ्यो प्यास भरेर औंजुली महा अमृत्सरी कलकल
भारि वृक्ष मुनि बिसाई भरिया आनन्दमा शीतल
छाया सेवन गर्न बस्छ खुसीले शरीर लि कोमल


अर्को आउछ बस्छ खेल्न दुइमा बाघ चालको खेल त्यो
खेल्दै हाक उ दिन्छ बिस्व भरमा ओलाम्पिकी जोडीको
कोदाली र कछाडमा घर अफिस मस्तिस्कमा कम्पुटर
थर्काई पहरा निकाली गहिरो घन्काउने फोन स्वर


चारै तर्फ छ प्राकृतिक सजिलो जीवन्त नै पात्र छन्
मेलापात छ खेति पाती सबमा उद्योग ले व्याप्त झन्
पौडी खेल्न म जान्छु काली दहमा क्लोरिन ले शुन्य छ
के ब्यायाम पर्यो र गर्नु उसले आहार ले पुण्य छ


यस्तो जीवन यो छ निस्छल जहा मेरो छ त्यो मातृभू
सम्झु कत्ति म दांजु बिस्व भरिमा जसमा संधै हुन्छ कु
हे नेताहरु हो ! पबित्र जननी बस्छौ धमिल्याउदै
पन्छाउ सब बिकृति विरहका पक्कै म छु आउदै

धरोधर्म !

धर्म के हो कहा बस्छ कहा बास निबास छ
काम यो कसरि गर्छ सबमा किन ब्याप्त छ
प्रस्न यो सुनियो आज व्याख्याता कति छन् तर
जिज्ञासा मेट्न खोज्छु म दिएर प्रतिउत्तर

पानीको धर्म हो बग्नु आगोको धर्म पोलनु
धातुको धर्म हो हेर तताएपछि तातिनु
तातो इस्त्री छुदा हात अधर्मै हो न डामिनु
अधर्म हुन्छ पानीले ओरालो लागि थामिनु

फरक तत्व फरक धर्म सबले मनमा गुनी
हेरौ हामि सुनौ छामौ धर्म के हो भनि सुनी
आत्मा बाटै शुरु हुन्छ नत्र धर्म निराश छ
कुरा गर्छु म आत्माको जहा धर्मको बास छ

दुस्ठलाइ दिई दण्ड प्रजाको हित राज्यमा
दौत्य सम्बन्ध गासेर राज्यकै अबिभाज्यमा
सुख सम्पन्न त्यो राज्य राजाले अनुशासित
धर्म निर्बाह गर्ने त्यो राजा हो परिभासित

पठन पाठन गरि शिक्षा शिष्यले लिन सक्षम
गुरु हो गुरुको धर्म निर्बाह गर्छ भन्छु म
बाबु आमा गुरुतुल्य लालन पालन गर्दछन
आफ्ना सन्ततिको लागि मार्ग दर्शक बन्दछन

तिनको त्यो ठुलो धर्म जाँदैन खेर व्यर्थमा
पछी आफै सुखी बन्छन धर्म हो यस अर्थमा
धर्म बुझ्न भनि कर्म यहा म अघि सार्दछु
जीवनरुपी हलो तान्ने जुवामा जोडी नार्दछु

कर्मको अर्थ हो काम; काम हुन् गरिने सबै
गरिने सब हुन् कर्म न हुने गर्नु हुन्न है
गर्ने काम गरे धर्म हुने भो सब काममा
न गर्ने गरिनु हुन्न ढुक्क भै बस घाममा

पहिल्याउन म सक्तिन टुप्पो र छेउ धर्ममा
धर्म यै हो भनि ठान्छु गरिने जति कर्ममा
कुकर्म गरि हिड्नाले अधर्म हुन्छ के गरौँ
धर्म गर्न कठिन छैन कुकर्म न गरि मरौं

यस्तै छ त नेपाल !

म सुत्छु हाली हिउको सिरानी
बिहिन राजा म छु यौटी रानी
छु देश सिङ्गै कति गर्ब गर्नु
जडिबुटीको छ हिमाल खानि


नदीहरुमा अति स्वच्छ पानि
कुलो खने आउछ खेत जानी
फलाउने छन् फल फूल अन्न
जमीन माटो रस छानी छानी


गुराँस फुल्ने ढकमक्क लेक
ति शृंखला युक्त पहाडी भेक
चिसो छ झरना मुनि ताल् गहिरो
चट्टान भिरमा जसरि छ केक


बनस्पतिका थरि रूप नाना
दिन्छन यिनैले परखाल छाना
आजन्म तिनको उपयोग हुन्छ
पशुहरुको पनि मुख्य खाना

अति छ सुन्दर हिउको पहाड
उ तान्छ घुम्ने हरुको बहाड
सम्हाली थाम्छु थर जात जाति
फरक फरक छन् सब को चहाड


समुद्र सपना सरिको छ मेरो
तराइदेखि मुगलानी घेरो
सुबर्ण नाना थरि द्रब्य दिन्छन
बटुल्छु डुल्दै रमणीय फेरो


छन् दून भ्याली र उपत्यका कि
बिशाल छाती भर गर्दछन यी
अडाउँदै यान बिमान अंगमा
डुलेर ब्यापार ती गर्दछन नि


बुलाकी लाउछु बुकी नै फुलेको
छ केश बाट्दा चउंरी झुलेको
मुनाल डाँफे हरु गीत गाउँछन्
मयुरको पंख अति खुलेको


धिमाल देउडा अनि थारु नाच
भजन र किर्तन अरु नै समाज
कति थरिका म समेटी बस्छु
हर्छन् सबैका मन छामी जांच


नदि र नाला पसिना बगाउछु
बेरोजगारी पहिल्यै भगाउछु
म पाल्छु पेशा कति भिन्न भिन्न
कुमालको पात्र झिकी सजाउछु


ती लेक दिन्छन रसदार स्याउ
उद्योग खोल्नेछु म हेरी भाउ
बन्नेछ नाना थरि पेय सर्बत
सुकाई साँच्ने गरि हेर दाउ


जति म झर्छु तलको बिसौनी
छुर्पी छ दुध्को अनि चीज नौनी
फलाउछु अन्न मलै जलैले
उद्योग गर्ने तिमि आफु हौ नि


तराइ हास्छन् दुइ हात् फिजाई
पसारी गोडा जलले भिजाई
भकारी थापी भर अन्न मेरो
भनि म बस्छु सबलाई गिज्याई

पछ्यौरी मा चन्द्र र सूर्य लिन्छु
निधारमा सिम्रिक बोकी हिड्छु
सहन्न हिँसा अनि काटमार
दुहेर गाइ अरुलाई म दिन्छु


यदि कसैले हतियार ल्याई
बिथोल्छ शान्ति दुख दिन्छ आइ
भने सहन्न प्रतिरोध गर्छु
म जाइ लाग्छु खुकुरी समाई


सिधा सफा जीवन उच्च शैली
कमाइ केवल पसिनाको थैली
लिएर मनमा सबको स्वतन्त्रता
सीमासुरक्षा गरि बस्छु फैली

हिरालाई चिठ्ठी !!

प-हिराको छेउ कसरि खपी लेखुं म कबिता
ख-रानीले जस्तै जिउभरी अतर घस्छु अब ता

क-तारालाई हेर्दै जसरि दहीको स्वाद म लिउ
ब-हिराले जस्तै स्वर पछी मिठो ताल म दिउ

म-सिनोको बास्ना सरि वरिपरी फैलिन गएँ
गु-हार्छु चिच्याई पर पर हिरा बाट म भएँ

च-मेरो हालतमा बसी पसी गुफा सोचुं कि भनि
बि-चार अक्षर कोर्दा पनि मन अझै शुन्य त छनि

प-हाडैको भोजन गरि पछी चुठे पेट भरिने
ब-ताउ जस्तै क्यै हबिगत कुनै डामी मरिने

Sunday, December 4, 2011

धन्यबादका तीन पत्र

''थमस एल्बा एडिसन'' लाइ पहिलो धन्यबाद छ
प्रकाश मात्र होइन कारखाना अपबाद छ


कस्तो मस्तिस्क उनको त्यो रुची विज्ञानमा लिए
अनुसन्धानमा लागि आविस्कार गरि दिए


उज्यालो हुन गो सर्ब सुलभ बिस्वमा कति
अन्धकार बिलाएर रात भागे भए जति


प्रादुर्भाव भयो ''बल्ब'' हराए टुकी दीप ति
छैन लालटिनको काम हिड्ने छन् बरु टर्च लि

उर्जाशक्ति त्यसैबाट तातो चिसो नरम गरम
बगेको नदीको पानि बिजुली दिन्छ त्यो परम


तिम्रो त्यो पुण्य हो कर्म जसले लाखौ समेटियो
आजको दिनमा सम्झी तिमीमा मरि मेटियो


* * * * *

''एडिसन''को पछी आए ''कोनराड़''लाइ साधुबाद छ
यिनको अर्को ठुलो देन बाकसको भित्र कैद छ


आफ्नो मस्तिष्क मा जे हो थियो संसारको धन
सानो बाकसमा सारी ताल्चा मारी दिए झन


व्यक्ति व्यक्ति फरक साँचो आफैमा राख भन्दिए
कसैले चोर्न सक्दैन सम्पत्ति दृढ बंदिए


अब हेर यो संसार अड्डा अफिस बैंक नै
त्यै बाकस भित्र नै हुन्छ चल्नेछन् काम ढुक्क भै


मनबाट झिकी साँचो औलाको छेउमा उनि
''कि बोर्ड ''को सहाराले खोल्नुपर्छ चुनि चुनि


कोसौ टाढा रहेको त्यो खवर शन्देस यावत
मिनेटौ भित्र आउँछ कत्रो छ हेर तागत

* * * * *

कान्छो सन्तानको रुप ''स्टिव जब्स'' रहन गए गुनी
एक्काइसौ शताब्दीमा देखिए उर्बरक उनि


उनले जे गरे काम त्यो हो काखको बाकस
खुम्च्याएर लघु पार्दै हत्केलामा गरे बश


खल्तीमा राख कि हातमा बस कि उठ रातमा
तुरुन्तै मान्छ त्यो आज्ञा जे भन्यो उही बातमा


देखाउछ , गराउछ , कराउछ , अराउछ
पलभित्रै सबै काम सिध्याई उ हराउछ


मनोरंजन पनि गर्छ पर्दामा चित्र नाचदै
कानमा पस्छ संगीत निस्केर स्वर जाचदै


तिमीलाई न भै हुन्न अगाडी बढ्न काममा
''जबस'' लाइ धन्य हौ भन्दै चलाउ गाडी ''जाममा'

* * *

शिशिर कसरि पार गरु म !

अहो ! कस्तो चिसो शिशिर ऋतुको कोमल रबि
प्रतिक्षा गर्दैमा दिन पनि बिलाए ढलि छबि


सुकेका सर्लक्कै सकल रुखका हातहरु छन्
हरिया देखिन्नन् सब झरी गए पातहरु झन्


तुषारो सर्बत्रै छरिएर जमेको छ गहिरो
चहुर डाडा पाखो सब नजरमा फुंग कुहिरो


ठिहिरोले काम्दै थर थर गरि सब जनहरु
घुमी खोज्छन न्यानो सिरक कि त अंगेनो भनि बरु


लुकेका हुन्छन कि घरि मुनि दुइ पाखुरी हरु
घुसारी खल्तीमा मुठी कसी जसै अंगुल तरु


निशाको लामो त्यो गहन अति नै क्रुर चकमन्
पुकार्छन् निद्रामा सबितरी !भगाई देउ भनि जन्


मिठो चिल्लो तातो मनभरि आहारा लिई कुदि
शरीरमा उर्जाले भरिन गइ लाग्ने गुद गुदि


लुकामारी खेल्छन प्रिथिबी र यी तारागण हरु
चिसो तातो छ्याप्दै मकन अति दिन्छन दुख अरु


बरु फर्कि जावस द्रुत गति लिदै फेर्छु म दम
ऋतु खप्नै गाह्रो शिशिर कसरि पार गरु म !

Friday, November 11, 2011

मुसाको कथा

मुसाको कथा
by Chacha Bihangam on Tuesday, November 1, 2011 at 4:00pm
मुसाको जीवनी ,हाल खवर त्यो बुझ खेतमा !
परिश्रम- थकाईको फल चोरेर रेतमा !!


जसरि पानि टिक्दैन बालुवामा खन्याउदा !
त्यसरी धानका बाला काट्दै लान्छ ढिला हुंदा!!


बालि भित्र्याउने मास मंगसिर दिन आउंदा !
सात ओटी बिहे गर्छ मुसाले खान पाउदा !!


न कमाइ गरि बस्छ , उद्द्योग नाम शुन्य छ !
नाची नाची रमाएर भन्ठान्छ त्यहि पुण्य छ !!


तर हेर हिरा कोबिद नेताको त्यहि रूप हो !
मुसाभंदा फरक छैनन् घुस ता मात्र धुप भो !!


खाला त्यो श्रम चाटेर कमाइ अरुको जब !
जुनी चोरमुसा जस्तै भोग्नेछ भेटिंदा तब !!


धान काटी सकी खेतमा किसान जब टेक्दछ !
बाला चोरी दुलाभित्र लुकाको पनि देख्दछ !!


प्वाल प्वाल गनी गन्दै अन्दाज गरि बालीको !
क्षति भाको जति मात्र न भै बचन गालीको !!


दिदै खन्ती र कोदालो काँधमा बोकी रीसले !
धुबाको मुस्लो बोकेर दुलो भत्काउछ बिषले !!


सातौटी स्वास्नी को साथ मुसो पर्छ बिचल्लीमा !
छाडेर भाग्नु पर्दाको कस्ठ भोग्नेछ गल्लीमा !!


जस्तो आली मुनि आफ्नो कमाइ पसिना भनि !
चिहान सब मूसाको यौटै हुन्छ खनी खनी !!


दुस्ठको हाल त्यस्तै नै हुने बाला छदैछ नि !
न डराउ तिमि धैर्य धारण गर्नु त पर्छ नि !!

Friday, October 21, 2011

जे जे नाप्नु छ नाप लौ !

लाखौ लाख जनार्दनको मन भित्र छ चाहना
बाबुराम तिमीलाई बधाई शुभकामना ! !

नेपालीहरुको चाड दशैं ठूलो सफल रहोस
कर्तब्य मनमा उब्जि सद्बुद्धि शिरमा बहोस

भन के के छ संकल्प फुल्न बाकि भए अरु
फक्रियुन ति सबै आज टिप्ने छन अरुले बरु

आफुले नै फलाएको कर्कलो पातमा बसी
पानीको टल्कने थोपा जस्तै आसनमा फसी

खुँडा ,बारुद तरबार हिंसामा जति चम्किए
प्रायास्चित्त गरि पैले पखालिमात्र लम्किए

हिजोसम्म अगुल्टोले परैबाट धसी धसी
पकाए थ्यौ जति देश पाक आफै चुलो पसी

दुवै कान समातेर जल बाग्मतिको पिई
देशलाई धकाल्दीन पछाडी भन मन दिई

चिर्दैमा कान त्यो जोगी कहा हुन्छ र साबित
त्याग संग्रहको गर्दै गए पो हुन्छ बिस्त्रित

अब बागडोर जिम्मामा लिएर रथ हांकनु
मारेका सब ति आत्मा ब्युझाई शान्ति डाकनु

शुरुमै नब दुर्गाको प्रसाद शिर थाप लौ
फर्कने छैन यो मौका जे जे नाप्नु छ नाप लौ !

Friday, September 23, 2011

कसैले बिर्सनु हुन्न आमाबाबु सदा सदा !!

by Chacha Bihangam on Friday, September 23, 2011 at 12:56pm
स्वर्ग स्वर्ग भनि भन्दै मरिमेट्नु छ के तर

भोगेका सबले हुन्छन् बुझ्दैनन् सब ति नर

त्यो स्वर्ग तुच्छ नै होला दाजौ म कसरी यहाँ

आमाको काख त्यो न्यानो स्वर्गमा पाउनु कहा

प्राप्त हुन्छ सबैलाई एकपल्ट प्रिथिबिमा

दीर्घकाल कसैलाई लघु बन्छ गरिबीमा

आमाको होस् बुबाको होस् तिथि यो चाड पर्वको

काखको त्यो अनुभूति गरौ सम्झेर गर्वको

हुर्काए तर के कत्रो महा भारत ले गरि

उपदेश अघि सारौ गीतापाठ गरेसरि

अगाडी चित्र त्यो राखी सास्टांग गरि स्पर्शले

धन्य धन्य भनि ब्यक्त गरौ आभार हर्षले

दान पुण्य गरि गर्ने बिचार मनमा भए

पर्दैन तिथि यो कुर्न असहाय भनुन् जय

बर्षमा तिथि यो चक्र घुमे झैँ घुम्छ सर्बदा

कसैले बिर्सनु हुन्न आमाबाबु सदा सदा

कविहरु हाम्रो !

by Chacha Bihangam on Tuesday, September 20, 2011 at 6:35am
कुराहरु माला जस्तै कवितामा उनि

छन्द लय मिलाएर लेखनाथको सुनि



भाब रस भर्नु पर्छ तल माथि मुनि

लय हाली बाचन गर्नु पैले आफै चुनि



थाहा हुन्छ कसो गरि चाचा विहंगम

लेख्ने गर्छ कबिता त्यो भनि पर्ला भ्रम



गार्हो साह्रो मान्नु हुन्न थप्नु परे श्रम

यसै गरि मिलाउनु कविताको क्रम



नब रस अलिकति जानी राखे राम्रो

पिङ त उसै मच्ची हाल्छ न भएनी काम्रो



पैले होला न उर्सेको सेल जस्तो दाम्रो

यस्तै गरि लेख्दा होलान् कविहरु हाम्रो !

Monday, September 19, 2011

पख्नुस त, नेपाल जान लाग्या भए !

सुन्छु आज म के यहा खुश खबर स्वदेशमा भित्रिन

जानुहुन्छ अरे कतिदिन उतै उद्देस्य के हो किन ?

होलान ति मनमा असह्य परदेश बस्दा गडेका पिडा

एकैसाथ उकुस मुकुस भई अघि बढ्लान् बिथोल्लान् क्रिडा

मनमा धैर्य लिनु सबैसंग चिनु बाँडेर यो भन्दिनु

पक्कै आउँछ त्यो विहंगम पनि बाटो बरु खन्दिनु

यौटा सानु चुटुक्क पायक महा डेरा किनी बस्छ रे

उत्तर पन्थ पनि बितोस यहि भनि विभूति नै घस्छ रे

हातखुट्टा बलिया थिए र उसका बिदेशका धर्तिमा

बिस घण्टा हरदम खडा भइ उठी असि तिर्यो जर्तिमा

के पायो उसले त्यहाँ भनु कठै बाहेक बास् रात्रिको

लूला ति अब सब भए अबयबै स्मरण गर्यो मात्रिको

केहि काम अझै निकाय सरकार भन्ने हरुमा गई

गर्नु सम्भब छैन कि छ कि चुसी हाल्छन नजिकै भइ

मन्मा बोकी रहेछ त्रास बिजुली चंकी अगुल्टे कुकुर

तर्से झैँ अझ मालमा छ कि उडुस् डस्ने भुसुना ढुकुर

छाडातन्त्र अनि कमिशन पनि ग्याँसको लहर पम्पमा

खल्तीबाट झिके असम्भब पनि बन्दैछ कि जम्पमा

यो संदेश लगी सुनाउनु हवस फिर्ती सबारी हुंदा

इच्छा तीब्र छ यो सुनौ सब कुरा यथार्थका ती बुंदा

Wednesday, September 14, 2011

आफ्नो कथा

by Chacha Bihangam on Saturday, April 16, 2011 at 12:26pm
घरको अघि करेसा बारी पछाडी बगैंचा
फल र फुल छ लटरम्म पिंडी मा फलैंचा
ढिकी र जाँतो कुनामा घान पर्खेर बसेको
एक पाखे पालि भित्तामा टाँसी थाकल्ले कसेको


पूर्वको ढोका आँगन ठुलो, खरले छाएको
दुइ तले घर दक्षिण पट्टि बार्दली पाएको
चारौटा खम्बा उठाई खडा गरेको माचमा
पराल टन्न पाकेका फर्सि रहन्थे खांचमा


बिशिमा खेत डिहीको गोठ गाईगोरु टन्न छन्
घरैमा भने दुहुनो भैंसी लैनो गाइ शोभा झन्
कामको भाग- बण्डा र खटन् पटन आमाको
को जान्छ मेला गोठालो को हो कुन् काम धामाको


बुहारी जेठी जाउ घाँस आज मेलामा माइली
माइलो छोरो बाउसेमा गा'छ घट्ट जाउ साहिली
साइलो छैन घरमा हेर पढ्छु म भनेर
बिचार उसको आएछ पढ्ने पुजारी बनेर


काइलोको बिहे गर्नु छ बाकि शहर डुलदै छ
के मालुम् मन लागेन घरमा के मा उ भुल्दै छ
तिनौटी छोरी टुप्लुक्क माइत घरैमा रमाए
जहान सबले घरमा आफ्नो एक लग समाए

गाइ र बाख्रा मिल्दैनन् चर्न भिर पाखा दगुर्छन्
आमालाइ कान्छो हलुका काम नत्र रोइ हाल्छ झन्
गोठालो संधै जेठो नै जान्छ, बुबालाई सघाउन
कहिले काही सराध्दे जुध्दा कि पुजा लगाउन


कोइरालथोक चौरासी घर यजमान् बुबाको
पुराण कथा पन्डित पेशा पांच बर्ष हुदाको
बाबाको पछी लागेर हिड्दा छलिए एकदिन म
पैसठ्ठी वर्ष पछाडी फर्की भन्छ यो ''विहंगम'

मनुस्य चोला

by Chacha Bihangam on Sunday, April 24, 2011 at 10:42pm
जन्मियो कि फस्यो चक्र ब्युहमा जीवानान्तर
भुबरितुल्य सागरमा डुंगा झैँ घुम्छ यो नर


मलमुत्रादिले ब्याप्त भोक तिर्खा सहिष्णुता
तातो चिसो र ब्याधिको घर नै बन्छ देह ता


लम्पसार छ पृथ्वीमा बाल्यकाल बिताउदै
प्रतिकूल सहि बस्नु नियतिले सताउदै


चल्दैनन् अङ्ग प्रत्यंग आफ्नो काम समाउन
देखेका बस्तु ति के हुन् उ सक्दैन ठम्याउन


आशामा अरुकै खालि भर पर्नु छ केवल
शिशु भै बाच्नु पर्दाको दुख भोगाई पल्पल


बिताई कति दिन यस्तो बल्ल टेकी घुडा जब
उठेर दौडु कि भन्दा बामे सर्ने भयो अब


हेर्छ देख्छ सबैलाई उफ्री उफ्री खडा हुँदै
दौडेका अनि त्यो घरमा भरेंग पनि उक्लंदै


मनले भन्छ झम्टेर अगाडी उसको बढौं
तर के मान्छ खुट्टाले उठ्न खोज्दै कति लडौं


बल्ल बल्ल बिताएर यस्तो यो नर शैशब
प्रवेश गर्छ केटा बा केटीमा हुर्कैदै जब


खेल्न खानु अनि सुत्नु निद्रा भोक हटाउनु
साथीको संगमा बस्नु मन लाग्छ रमाउनु


तर त्यो स्कूल भन्नेले दुख दिन्छ निरन्तर
किताब भारि त्यो बोकी हिड्नाले हुन्छ अन्तर


गुरुको धम्कि त्यो ठुलो बाउ आमा रिसाउने
स्वन्त्रन्त्रता कहा पाउ मन्को बोझ बिसाउने


रिति नै सबको यस्तै थाल्छु मन बुझाउन
बुझ्न थालें सबैको यो मनस्थिति कजाउन


यस्तै गर्दै पढी बढ्दै बल्ल हुर्कें बिते दिन
अब ता मन यो थाल्छ युबतिमा रुची लिन


मन यो गर्छ कोहि होस् माया गर्ने कि मै गरूँ
घरमा अरु कोहिले थाहा पाए म नै मरुँ


लुक्दै चोर्दै जवानी यो हुत्तिन्छ खै भबिष्य के
कसरि हुन्छ निर्बाह खुट्टा चिप्लिन जान्छ हे


दिशा निर्देश को दिन्छ बाबु आमा म मान्दिन
मनमा बस्छ जो मेरो अरु कोहि म जान्दिन


शिक्ष्याले दिनुपर्थ्यो जे सबै गर्छन् कहाँ पुरा
म मेरो भाग्यलाई नै थोपिरिदिन्छु त्यो कुरा


यसरि नै बिताएर जवानी भरको रिन
बोझ संसारको बोकी सहन्छु दुखको दिन


यहि हो नियति भन्दै मन मेरो कराउछ
पश्चाताप कति गर्नु होश मेरो हराउछ


बटुलीन्छ यहा नेर जिन्दगीको अनुभब
बेलैमा सबले थाहा पाई राख ल है अब


संसारभरमा कत्ति आउदै जादै चराचर
घुम्छन् यै रीतले हेर तिम्रै छ दृस्टी गोचर

दृस्टी भन्छ:-
बाटो लाग्न कठिन छ हेर पहिले बिताई यो शैशब
इच्छा धेर पुरा हुदैन कहिल्यै पाइन्न त्यो बैभब

कान्छा भाइको कबिता पढेपछि

by Chacha Bihangam on Friday, May 27, 2011 at 9:40pm
याद आयो मलाई कान्छा भाई,
देबकोटाको चर्चित कविता !
तिमीले पढ्यौ कि पढ़ेनौ,
छक्क पर्छु म ता !


थाहा भएन मलाइ तिमि के हौ
बालक, युवा वा बृध्द ?
बृध्द भए ठिकै छ म जस्तै,
नत्र हुन्छ मेरो कण्ठ अबरुद्ध !


चन्द्रलाई छुने तिम्रो इरादा
झस्कंछौ देख्दा औशिको रात्रि ?
कथा कहानीमा मात्र भेटिन्छ
लक्ष्य बिहिन यात्री,


मन मस्तिस्क को डुंगा चड्दै
अनबरत जाउ बिन्दुमा छुन
अस्थी पन्जर टेवा दिन्छन
मार्ग दर्शक हुन् ति तारा जुन


सुइ घडीका निर्जीव हैनन्
हात र खुट्टा साथमा साथि
धड्कन, वियोग, बिछोड जीव
जिबन्त रहेछन झन् त्यसमाथि


अझ लम्क ,अघि बढ
बढ्दै जाउ कान्छा भाई,
बुकी पनि बैंशमा फुल्छ
शिशिर आको बसन्तलाई !


छाती तिम्रो उर्बर बाँझो
मनबाट हट्छ कि अब त त्रास
बाकि अझै छ धुकधुकी ता
सास छउन्जेल्को आश

मुनि छ संधै अँधेरो !

by Chacha Bihangam on Monday, June 6, 2011 at 11:15am
मायाको खेति रोपेको मैले फेद काट्यो किराले
हिराको औठी प्रियाको चासो मन काट्यो हिराले
झरेका पात,ति नांगा रुख बसन्त सुत्यो घुरेर
यौबन आयो बसेन पर्खि कोइलीको भाका कुरेर
न हुने यौटै धन र मन मन जित्ने धनै हो
धनले पेल्दा मन फाटी हाल्ने बिगार्ने मनै हो
कसैलाई धन कसैलाई माया तल र माथि को लेख्छ ?
मिल्दैन रेछ ताल र मेल कर्मको खेल को देख्छ ?
बाटो र घाटो ओडारमुनी सबैको साझा पँधेरो
के गर्नु भाइ बत्तिको मुनि छ संधै अँधेरो

देब - स्तुति

by Chacha Bihangam on Sunday, August 21, 2011 at 6:04pm
हे देव ! तिम्रो चरणाम्बुजैले
उठाई शिरमा दुइ यी भुजैले
म धुन्छु अज्ञान निखारी कल्मष
यी बाहु जोडी कन लौ अहर्निश


अदृश्य डुंगा भब सागरैको
दुर्लंघ्य सीमा छ अति परैको
म तर्न सक्दिन बिना सहारा
तिम्रै छ पाउरुपी त्यो बिहार


अस्पस्ट बाटो छ दिशा बिहिन
म प्राणि एक्लै छु अतीव दीन
फिजाउ ज्योति प्रभु नेत्र खोलि
हटाउ बाधा पनि पाप पोली


कृपा गरि देउ म माथि दृस्टी
खुलाई चक्षु गरि ग्यान ब्रिस्टी
जलिरहेछ मनभित्र घाउ
म पाउ पर्छु शिरमा समाउ


यो भक्त टेकेर घुडा अगाडी
बसिरहेको छ चलेन गाडी
कृपा गरि हेर्नु हवोस नाथ
म हात जोड्छु अति भक्ति साथ

गाइजात्रा (Perody)

गाइजात्रा
by Chacha Bihangam on Monday, August 15, 2011 at 8:37am
गाई जस्ती सोझिलाई खोजि रोजी किन
जात्रा भन्ने मात्रा जोडी काउ कुति लिन
मानिसले चलाएको रिति रिबाजले
मख्खै पार्छ गाउबाट, हेर्न आउछ घले


बिग्रिएर भत्किएको जति सबै कुरा
राम्रै भएपनि त्यहि न हुदामा पुरा
मात्रा थप्दा मात्र हैन झिकी लिदा पनि
जात्रा भनि भन्दारेछ्न उठ्छ हाँसो अनि


गाइजात्रा त्यो हुने गर्छ के के गरि भन
गनी साध्ये छैन हेर बिचार गर्दा झन
जे बिग्रन्छ त्यहि जात्रा न भएर त्याहा
सधैभरी गाइजात्रा किन भाको याहा


भीरबाट भैंसी लड्यो गिदी छताछुल्ल
दौडी दौडी हेर्न गयो रणे रनभुल्ल
फर्की आइ घरमा भन्छ गाईजात्रुई भा'छ
गाइजात्रा नै हुनुपर्ने भैंसी जात्रा काँ' छ


श्रीमतीले छानी छानी सारी चोली लाइन
दिदि कस्ती भइन भन्दै बैनी हेर्न आइन
कुर्कुच्चा त छोपेनछ सारी माथि गा'छ
गाइजात्रा नै भयो भन्छिन सारिजात्रा काँ' छ


आविस्कार नया नया खोज थरि थरि
नौलो फेसन निस्क्यो हेर जात्रै हुने गरि
अनिता र विनिताले कट्टु लाको हेरे
अचम्म भै जिभ्रो टोक्छन् गाइजात्रा नै भो'रे


गाउबाट भिड लाग्न आए सभासद
कोहि होचा कोहि अग्ला थिए पुड्का कद
देश प्रेम झल्काउने तीव्र इच्छा उनको
कालो चस्मा लगाएर घडी लाए सुनको


मायामोह टाई माथि लाउछु भन्दै लाए
दौरा माथि टाई भिर्दै गित गुन्गुनाए
यसलाई पनि भनु अब गाइजात्रा नै है'त
सुट बाट बसै सर्दा टाई जात्रा खै 'त


देश भयो भताभुंग लाखा पाखा सबै
सुर्खेतबाट डोको बोकी तर्न लाग्यो बबै
झिटी झाम्टा डोको भरि कुखुराको कोक्रो
बिचमा खुट्टा धर्मरायो पेट थियो खोक्रो


थाप्लोबाट डोको फुस्क्यो बबै खोला भित्र
दाया बाया सबै थिए डोको बोक्ने मित्र
कठै बरा ! सबै भन्थे भयो गाइजात्रा
रमिता भो वरिपरी खै'त देशजात्रा

बधु - प्रवेश

by Chacha Bihangam on Wednesday, August 17, 2011 at 2:53pm
Your changes have been saved.
त्यो बादल पछिको र उग्र हुरीको कम्पन टर्यो क्रान्तिको
जान्छु आज बिदा भईकन जहा डेरा छ मन शान्तिको
छाती भित्र मुटु छ कैद जसरि त्यो यानको भित्र म
थाल्छु खोज्न बसुँ कहा गई त्यहा निर्दिस्ठ त्यो आसन
यौटा आसन त्यो सुरक्षित छ नै जीबन भरिको फल
साँची सोची किला उखेली मनले रोजिसकेको स्थल
यात्रा पुग्न त्यहा शुरु अब भयो अभ्यास यात्राभरी
गर्छु मिल्न म जान्छु यात्रु संग यी जस्तै छ यो घर्सरी
बायु यान छ यो छ किन्तु घरकै आभाष पाउँछु म
मिल्नु पर्छ यिनै सदस्य सरि यो यात्राभरी ठान्छु म
यस्तै यो मनमा छ उठ्छ हरदम मिठो छ है तर्कना
भेट्नै आतुर हुन्छ मात्र मन यो त्यो गुद्गुदी सम्झना
गर्दै तर्क बितर्क सोची म बसें गन्तव्यको खातिर
बाटो छोटिन गै बितेछ दिन त्यो यात्राभरी आखिर
पत्तै पाईन लम्कदै अघि अघि बढ्दा खुल्यो द्वार त्यो
निस्कें बाहिर त्यो पटांगिनी महा आँखा जुधी चार भो
देंखे हात दुवै समाती फुलको गुच्छा र मुस्कानले
गर्दै आफूतिरै यहा म छु भनि डाक्नुभयो शानले
त्यो कौतुहल मेटियेछ सहसा बाहु अगाडी बढ्यो
आलिंगन हुनगो मिलन दुइ हुँदा त्यो पुष्प शिरमा चढ्यो
हो संग्राम ठुलै थियो पृथक को भेटि जितें यो रण
सबले आँशु बदल्नु पर्छ खुशीले बिर्सी बिछोड तत्क्षण
न्यानो काख यंहा म पाउछु पतिको हातको तकिया पनि
बाबा बिर्सिदिनोस् म छैन संगमा भन्ने न सोच्दै अनि
संसारको रित हो बिछोड र मिलन आउनु र जानु कति
गर्दै गर्छ यो चक्र घुम्छ सबमा फुक्नेछ बाधा जति
भाद्र १ गते
भर्जिनिया

सन्दर्भ - कुशे औंशीको

by Chacha Bihangam on Monday, August 29, 2011 at 10:02pm
एक दिन फर्कि विदेश छाडी घरमा नेपाल जाने छु म
नेपालि पहिचान बाकि छ गई झनै उजिल्याउ छु म
छटके टोपी लगाई चट्ट शिरमा कछाड भोटो धरि
भोटोमा पटुका कसी कमरमा खुर्पाको ट्याक ट्याक भिरी
बाबा पुस्तक फोई टांड पिंडी मा काम्लो बिछाई बसि
भाका फेरी ति भानुभक्त लयको रामायण भित्रै पसि
कैले दृस्टी फिराइ आगन महा बिस्कुन रुंगे झैँ गरि
बस्नुहुन्छ म भेट्छु पुग्छु घरमा जंघार छेउको तरी
मेरा हात दुइ अगाडी बढदै पाउमा ति खोज्छन छुन
शिर झुक्दै भुइमा ति पाउ दुइमा चड्ने छन् सम्झी गुन
चिरन्जीव ! भनि फिराइ दुइ हात् कैले तँ आइस् भनि
सोध्नु हुन्छ म भन्छु खै त घरमा आमा कता हो त नि
डोकोमा जलको घडा भरि लिई टुप्लुक्क आमा पनि
थाप्लोबाट झिकेर डोरी पिंडी मा डोको समाइदे भनि
भन्नुहुन्छ म सुन्छु बोलि सहसा लम्कंछु गाग्रितिर
भुइमा राखी कठै कति दुख भनि निउरिन्छ मेरो शिर
आँशु झारी तँ फर्किइस् अब न जा भन्दै खुशीले गइ
बाबा नेर तिनै जना गई कुरा गर्नेछौ जम्मा भई
तेरो हाल बिदेशमा कति असल् थियो, बित्यो के गरि
पाइस् दुख कि सुख् भयो कसरी दिन् बिते ल भन हे हरि
सुन्दै प्रस्न म आँट गर्छु मनमा के के बताउ अब
भन्दै सुन्नु हवस् म भन्छु मनको ब्यथा उकेली सब
पाखा गाउ पंधेरी शुध्द जलको भण्डार फलफूलको
साटोमा त त्यहा सबै पसलमा थुप्रि रहेका रुखो
जैले जाउ उही सबै चिज संधै त्यै ठाउमा पाइने
बासि हो कि त हैन जान्नु कसरी पढेर छान्दा हुने
गाडीमै अनि देख्छु मानिस सबै सडक भरि मोटर
कोसौ दूर बसेर धान्नु कसरि टाढा हुने त्यो घर
काम भन्दै घर छाडी भर दिन त्यहा भेटिन्नन् घरमा जन
कामले काँध संधै थिचेर रंहदा भरंग भो यो मन
आफ्नो देस र गाउ बेशी म संधै सम्झी रहन्थे बुबा
चाडबाडमा म कति मिठाइ गुलियो छानेर खान्थें खुवा
आउने छैन त्यहा तिहार र दशैं नया लुगा लाइने
जुत्ता फेरु भने कमाइ जति सब् पेट्रोलमा चाइने
साइलीमाईली को त्यो रोदी घरको मादल बिरानो भयो
बन पाखा खहरे कठैबरी त्यहा सबै सिमंटि रह्यो
मेरो त्यो हँसिया र डाली रुखको नाम्लो र दाम्लो पनि
बर्सौ बर्ष बित्यो म भेट्दिन त्यहा प्रयोग ल्याउ भनि
न्यास्रो लाग्छ सबै यी दौतरी हरु कस्तो बिछोडमा परे
डण्डीब्यो र कपर्दी सब भुलिन गै खेलमा बिचल्ली हरे
जान्छन् सब हुलमा त्यो पर्ब दिनमा जात्रा र मेला भनि
कुण्ड स्नान र लाख बत्ति, नदीमा औंशी र पुर्ने गनि
खै मेरी दिदीलाई तीज र तिहार ल्याउनु पुर्याउनु घर
दरको भाग भनेर डाली भरदै दियो नि कसले भर
दिदीको घरको छ याद मनमा खोपी म खेल्थे गई
ति भान्जा पनि लाहुरे सरि भए भेटै न पाउने भई
देउडा नाच भजन हुने बखतमा खैजेडी मेरो फुट्यो
साउन माघ शुरु हुँदा पनि तरुल् चाकु पिंडालु छुट्यो
धन्यै आज बुबा यी ब्राह्मण यहा बोकेर कुशको बिटा
आएछन् म पनि परें चरणमा टक्र्याउछु यो बर्नभिटा
भन्दै झोली उघारी गफ गरि सकी बट्टा निकाल्दै गएँ
औशिको सपना रहेछ तर त्यो ब्युझी झल्यास्सै भएँ

Wednesday, August 17, 2011

मौका


by Chacha Bihangam on Saturday, June 18, 2011 at 9:33am
पाठशाला संगै पढ्दा ''आइ लव यु'' को नारा दियौ
कलेजमा पुग्दा संधै ''होम वर्क को'' चारा दियौ


केके दिन्छ्यौ भन्ने आशा मनमा छदै थियो
डिग्री पनि भयो अब ''डकटोरेट को'' भारा दियौ


दूरगामी निर्णयको दुबिधामा थियौ हामि
थप्नु सम्म खुशी थप्दै ''लव्ली लव्ली '' तारा दियौ


प्रस्न उठ्यो अब के त गाडी ? बङ्गला ? कि मंटेसरी
गर्नु गर्यौ हदै सम्म ''प्रस्पेरीटि'' सारा दियौ


धोका पक्कै पनि हैन क्लबमा भेट्यौ सेक्रेटरी
हिरा फोर्ने मौका खोज्दा आँशुका यी धारा दियौ

सांसदसुक्त


by Chacha Bihangam on Wednesday, June 15, 2011 at 7:39am
काटी कुटी सकल मिल्छ आफ्नै बराजुको
देख्यो भने झंटि हाल्छ लड्डु तराजुको
कैले हुन्छ मानिस उ कैले जनावर
एक्लो दुक्लो भेटिदैन भाग्छ परपर


टिपी खान्छ, झिकी लान्छ, झ्यालबाट पस्छ
तलतिर झर्न परे एकैचोटी खस्छ
मागी खान जान्दैन त्यो खोसी लान खोज्छ
निद्रा भोक लाग्यो भने हाँगा बिंगा रोज्छ


बच्चालाई सुताउछ झोलूंगेमा उल्टो
हात्ती माथि माउते जस्तै बोक्दाखेरी सुल्टो
निको पार्न खोज्दा उसको चर्कन्छ झन घाउ
आँखाकान संधै भरि पर्खी बस्छन दाउ


बस्न डुल्न रुचाउछ मन्दिर कि बनमा
पढ्न लेख्न कैले पनि सोच्दैन त्यो मनमा
पानि खान जान्दछ उ धारा पनि खोलि
नकल गर्न सिपालुको छैन तर बोलि


जिस्क्याउदा गिज्याउछ बोलि फर्काउदैन
केटाकेटीलाई जस्तो मलाई थर्काउदैन
बनाउदैन आफ्नो घर भत्काइदिन्छ बरु
यस्तै भए पनि बेश फैलियुन है अरु


तर हेर उच्छ्रीन्खल सभासद जस्तो
यिनीहरु न भै दिए देश हुन्थ्यो कस्तो
सांसद र बादरको संयुक्त यो बोलि
पस्किदिउला मिठो लागे अरु पनि भोलि

हावापानी


by Chacha Bihangam on Tuesday, July 12, 2011 at 11:38pm
यौटा कुरा थाहा छ कि काहा हुन्छ धन
हावा पानि दुवै मिल्दा के के हुन्छ भन


हावा छुट्टै पानि छुट्टै आफै आफै हुन
हावा दिन्छ सास फेर्न समुद्रले नुन


जलबायु भनिने यी अति लाउछन् गुन
खाचो कैल्यै हुनेछैन छुन जान्छन जुन


गर्मि देश ठण्डी देश कुनचाहि हो कुन
छुट्ट्याउन गर्मि देशमा फ़ैलाइदिन्छन् घुन

तातो हावा चिसो पार्छन् हिमाल गै छुन
फर्की आउदा चट्टानमा बनाउछन चुन


फेरीजान्छन् फर्कि आउछन् प्रिथ्बिमानै पुन
मानिसले यिनैबाट सिक्यो लुगा धुन


हावापानी न हुदामा पाइदैनथ्यो सुन
हावापानी राम्रो पाए भेडा दिन्छन उन


यिनीबाटै बनेको छ घाटी मैदान दून
स्वच्छन्द भै घुम्छन् डुलछन् थुन्न सके थुन

महादेव बेशी


by Chacha Bihangam on Friday, July 8, 2011 at 10:17am
मान्खु पैरे शिर माथि पहरा र भिर
जोगी डाडा बाट झर्छ खहरेको शिर
अमर्खु र महेश खोला मिलेको दोभान
मादेउ बेशी दुरुस्तै छ त्रिखुट्टी ओदान


पश्चिम पट्टि निकासमा सिम्ले फाट हास्छ
घले गाउ पुछारमा मायाप्रीति गास्छ
सातघुम्तीको रानीबारी पखेर डाडा सिमा
द्याले आपको मुनि बाट झर्नुपर्छ डिमा


मुहानमा साठीमुरे पुछारमा घट्ट
कटरबोट गोठबाट देखिदैन झट्ट
दक्षिण पट्टि घाम तापेर फैलिएको फाट
अक्षते को कुवा बाटै सिम बनेको छाट


महेश खोला पारिपर्छ महादेव थान
दर्शन गरि माफी माग समाएर कान
पोखरा र नारन घाट पश्चिम भेग जोड्ने
थानकोटबाट निस्केपछि सात्घुम्तिलाई छोड्ने


पृथ्बी मार्ग धार्के हुदै जानुपर्छ जाउ
बीच बिचमा बेमौसमको काक्रो पनि खाउ
खोला किनार उतापट्टी लाम्पाटाको डिलमा
दायाबाया साहुहरू पैसा लेख्छन बिलमा


सानो सानो बस्ति बाजार बाक्लिदैछ आज
पेशा भने थरि थरि व्यापारीको माझ
इतिहास उता बोकी बस्छ संग्राम टार
बाढीबाट ठुलो क्षति सम्झाउछ एघार


खेति हुन्छ उखु गहुँ पिडालु र धान
फलफुल मौसमको पाइहालिन्छ खान
गाइ भैसी बाख्रा पाले माछा खोलैमा छ
सोध्न मन लाग्छ मलाइ को को त्यहा गा'छ

गाउ मान्खु पैरे


by Chacha Bihangam on Sunday, July 3, 2011 at 2:06pm
धादिंग जिल्ला गोगन पानि गाउ मान्खु पैरे
मान्खु पैरे छुट्टयाउने सीमा खोल्चो जैरे
काठमान्डौ को घाटिबाट ऊकलेको मान्छे
भिम ढुंगा बाट ओर्ली तल तलै जान्थे


खोला तर्दै आँगन छिर्दै नागबेली घुम्दै
पिप्लामेट मुखमा हाली रमाएर झुम्दै
डढुवा को उकालोको फेदी सम्म पुग्दा
घाटी मुख सुकि सक्थ्यो आउदैनथ्यो थुक्दा


बाल्य काल स्कुले केटो खुट्टी साना साना
उकालोले सातो लिदा मनै रुने नाना
एकै छिन चौतारीमा थकाई मार्ने मन
हुदा हुदै हिड्न पर्ने कति गाह्रो झन


घाटी सुक्यो पानि छैन खुर्खुरे त्यो डांड़ो
सर्किनिको चौतारोमा थकाइ मार्न चाडो
पुगी बसौ भन्दा भन्दै घाम् ओइलायो हेर
जिबन्पुर पण्डित पौवा केबलपुर् छ धेर


तेर्सो बाटो बल्ल बल्ल आयो अब भन्दै
पारि पटि सात्घुम्तिको मोटरगाडी गन्दै
पैरे घर पुग्ने बेला झम्मक्क भो साँझ
सिंगै दिन बिताएर आमा बा को माझ


दशैँ आयो तिहारको रमझम छायो
पन्ध्र दिने छुट्टी हुदा मनयो रमायो
आइस् बाबु कति पढ़िस के छ तेरो हाल
सबै जना बुझ्न खोज्ने खेली खाको चाल


गाउ घर साथि भेट्न भित्र मन देखि
कैले पुगी भेटौ भन्ने कौतुहल लेखि
बल्ल बल्ल घर पुग्दा पढाइ को कुरा
दिक्क लाग्ने कस्तो बेला सबै हामि भुरा


खेली खायो मस्त संग पन्ध्र दिन सम्म
फर्की जाने बेला भयो जिउ हुन्छ झम्म
थाल्नु हुन्छ आमा अब के के लान्छस् भनी
मस्यौरा र गुन्द्रुकको पोका गनी गनी


खेतीबाट आउछ तेल भैंसी बाट घिउ
लिएर जा सखर्बेसार बिग्रदैन जिउ
चामल् कति हालिदिउ फेरी आउने कैले
दहि दुध टन्न खानु हिड्नु भन्दा पैले


भन्दा भन्दै पोको बाध्दा डोको जत्रो भयो
कसो गरि बोकी लानु देख्दै सातो गयो
सात बर्षको फुच्चे केटो भारि आठ धार्नी
कूम्मा भिरी हिड्नु पर्दा छिन् छिनमा सार्नी


सारै ठुलो भयो पोको पाइन्छ कि कोइ
सखर बेच्नजाने कुनै भेटिन्छ कि खोइ
तल्लो बाटो जानुपर्छ धार्के खानि खोला
थानकोट सम्म पुग्न पाए ट्रक पाइन्छ होला


लटरम्म धानको बाला दाया बाया झुल्छ
मुन्सिर मा बारी पाखा तोरी फूल फुल्छ
दाइँ पछी शुरु हुन्छ उखु पेल्ने काम
डण्डीब्यो र कुस्ती खेल्न प्यारो लाग्ने घाम


जाडो भरि स्कुल छुट्टी मिन पचासको
छाप्रो भित्र सुत्न पर्छ सिरक कपासको
शुरु भयो उखु पेल्न गोरु धपाउ कान्छो
सारै मिठो लाग्ने गर्थ्यो सिल उनेको माछो

बार्थन चौर गोठालोमा कुस्ती खेल्ने ठाउ
पण्डितको कान्छोको छ जिताहामा नाउ
डिहिमा छ गोठमुनी कटरको रुख
दिनभरी उखु हाडे चपाउन के दुख


महेश् खोला भ्यांग्ले मुनि परेको छ ताल
दनुवार आइ संधै फ्याक्ने गर्छ जाल
साझा हो त्यो गोठालाको पौडी खेल्ने ठाउ
सार्है साना जान हुन्न साथ लाग्छन् बाउ


सम्झना त्यो आउने गर्छ जनै बगाएको
साथि हरु मिलि मलाइ झन्डै डगाएको
दुख परि डर लागे बचाउने साथि
सुनामी नै आए जस्तो लाग्ने त्यस माथि


गायत्री र जनैसुत्र ब्रतबन्ध पछि
बाधिएर बन्नु हुन्न मान्छे सर्ब भक्षी
कडा नियम् मान्नु पर्ने बालमस्तिश्कमा
सातै जान्थ्यो बोझ ठुलो बोक्नुपर्दा कांधमा


त्यस्तै गाउ त्यस्तै ठाउ घर परिबार
कल्पनामा गासि गासि खाइसके हार
फेरी आए हुन्थ्यो तर यस्तै भएपनि
बाल्यकाल फर्काएर गरि देउन जनि


सुख दुख दाजी ल्याउदा ऐले सुख टन्न
तर मन उतै जान्छ त्यो पो सुख भन्न
थाक्दीन म बाल्यकाल बर्णन गरि गरि
सिद्धिले त भनेकै हुन् तर गए मरि !

भोटे सेलो


by Chacha Bihangam on Saturday, August 13, 2011 at 11:28am
पाठकबृन्द !
घुमी फिरी येस्पाली पनि जाईजात्रा पर्व ढोकामा आइपुगेको छ / यो पर्वमा केहि बिशेष आकर्षण
सहित देखा पर्नु कुनै नौलो कुरा होइन /बिगत तीन बर्ष देखि नै चली आएको कलम यो मौका मा येस्पाली पनि केहि
भिन्नता साथ मनोरंजन गराउन चाहन्छ पाठक हरुलाई / तर यहा प्रयोग गरिएको शब्द बा भाषा ले भने कुनै जाति बा
भाषालाई न छोइकन स्वमुर्त रुपमा आफ्नो मनबाट प्रस्फुटित भएका हुन् / सन्जोग बश व्यक्ति बा शब्द संग तादात्म्य
मिल्न गएमा त्यो केवल सांयोगिक मात्र भएको बुझ्नु पर्नेछ /
प्रस्तुत छ यौटा यौटा गित भोटे सेलो लयमा:-

आजुल च्याम्बुल स्यान्स्यान्ग्दी
दोर्माल मि खारि तिम्लान्ग्दी
स्याबा स्युमारी खुम्लाबा
घोर्लांग त्रिप्ते मिर्लावा


चान्ग्जुंग चिंगटो फेलान्ग्री
प्रात्पुत ढ्याङ्गो अचलान्ग्री
मेला तिमरी पुन्टारी
लासोम उम्ब्रे खेलारी


आदन ट्याम्पा उदारे
सिमरांग बांगो भूदारे
ढांम ढिम करसो बन्सादै
मन्मांग स्याप्पो बिनादै


कुरकुर कुम्बा हिमालरी
चुनारी गुम्बा मार्स्यान्ग्दी
पैला पावा मुस्तान्ड़े
बिरबल बाबा घुमरान्गे

बिस्वेस्वोरला तरपनदि
कांग्रेस बोक्ला खर्पन रि
पार्टी पुर्टि टांग छिरी
सात साल क्रान्ति चिर्बिरी


बागमती बाग्ला आचिरो
भट्टला काम्मर भाचिरो
बिस्व साम्पादा मासियो
हाकिमला ऑइलान गासियो


मावोला बादन सेतुन्गो
हेडला पगरी दे भुंग्रो
अदल काडा ट्याक्केरि
मास्टरला छाम छुम छिनेरी


खन खण चालाम् मत्यान्ग्रो
झाल नाल गाला चट्यान्ग्रो
माझि क्न्फुस बक्बासो
सेइस भिल्ला डुबलासो


चिउला च्यांग्रो तिब्बत घ्यांग
खासारी पानथो बुर्तिबांग
हाडरि छाला निर्धनलांग
मोट्रा घाट्रा प्राचांडांग


आबा खावा विदेशमांग
देशला कङ्गाल भुटिभांग
नाता गोता लाख पाखांग
सूंघरी घ्युरो हातरी छांग


अर्थ न बर्थ गोबिन्द गाइ
निधार टिकुली गोडमा लाइ
कुरला कामरेड झुस्दारी
सम्बिधान पांग्रो फुंटारि

ख्याप्पा खुइयाला कालान्घ्री
युवाला नेटो काटान्घ्री
भान्टांग भुनटुन्ग भोक्लासे
अनुराधा काप्रो टोक्लासे


मेलम्ची आँखा चिम चिम्लिंग
जुद्ध साम्शेर्ला टालोमा हिंग
कोदारी चाइना ढलपलरी
दुर्लूंग काभ्रे टिपटापरी


नयाधीशाला भाषाला क्वांग
माधब ला शाला क्ल काट्यांग
विद्याला ओली उपर ट्यांग
राम राम बाबु झुस खौरांग


ओल्टयांग पोल्त्यांग एन जी ओ
ख्याप्प्लाक्क भुंडी झुण्डियो
खोप्लांग गाला भुक्कैलांग
देशला बिकास ट्र्यु मुग्लांग


चल्ला जुन्गो कुर बुझ्लांग
कुक्कुर पुच्छो बांगै बांग
गाँड ला तन्त्र ताल्चारी
झन्डै झन्डा खुस्कारी


आर्थ न बार्थ गोबिन्द गाइ
माया गार बि . चाचालाई
आर्को जात्रामा भेटुला हाइ
आइहिले जान्छु बिदा भाइ

१३ अगस्त २०११,
जनै पुर्णिमा
भर्जिनिया.

जादा जादै एउटा पेरोड़ी(Lampoon)

गाई जस्ती सोझिलाई खोजि रोजी किन
जात्रा भन्ने मात्रा जोडी काउ कुति लिन
मानिसले चलाएको रिति रिबाजले
मख्खै पार्छ गाउबाट, हेर्न आउछ घले


बिग्रिएर भत्किएको जति सबै कुरा
राम्रै भएपनि त्यहि न हुदामा पुरा
मात्रा थप्दा मात्र हैन झिकी लिदा पनि
जात्रा भनि भन्दारेछ्न उठ्छ हाँसो अनि


गाइजात्रा त्यो हुने गर्छ के के गरि भन
गनी साध्ये छैन हेर बिचार गर्दा झन
जे बिग्रन्छ त्यहि जात्रा न भएर त्याहा
सधैभरी गाइजात्रा किन भाको याहा


भीरबाट भैंसी लड्यो गिदी छताछुल्ल
दौडी दौडी हेर्न गयो रणे रनभुल्ल
फर्की आइ घरमा भन्छ गाईजात्रुई भा'छ
गाइजात्रा नै हुनुपर्ने भैंसी जात्रा काँ' छ


श्रीमतीले छानी छानी सारी चोली लाइन
दिदि कस्ती भइन भन्दै बैनी हेर्न आइन
कुर्कुच्चा त छोपेनछ सारी माथि गा'छ
गाइजात्रा नै भयो भन्छिन सारिजात्रा काँ' छ


आविस्कार नया नया खोज थरि थरि
नौलो फेसन निस्क्यो हेर जात्रै हुने गरि
अनिता र विनिताले कट्टु लाको हेरे
अचम्म भै जिभ्रो टोक्छन् गाइजात्रा नै भो'रे


गाउबाट भिड लाग्न आए सभासद
कोहि होचा कोहि अग्ला थिए पुड्का कद
देश प्रेम झल्काउने तीव्र इच्छा उनको
कालो चस्मा लगाएर घडी लाए सुनको


मायामोह टाई माथि लाउछु भन्दै लाए
दौरा माथि टाई भिर्दै गित गुन्गुनाए
यसलाई पनि भनु अब गाइजात्रा नै है'त
सुट बाट बसै सर्दा टाई जात्रा खै 'त


देश भयो भताभुंग लाखा पाखा सबै
सुर्खेतबाट डोको बोकी तर्न लाग्यो बबै
झिटी झाम्टा डोको भरि कुखुराको कोक्रो
बिचमा खुट्टा धर्मरायो पेट थियो खोक्रो


थाप्लोबाट डोको फुस्क्यो बबै खोला भित्र
दाया बाया सबै थिए डोको बोक्ने मित्र
कठै बरा ! सबै भन्थे भयो गाइजात्रा
रमिता भो वरिपरी खै'त देशजात्रा

जय नेपाल !

नेतोपदेश

by Chacha Bihangam on Sunday, August 7, 2011 at 10:06am
नेता भन्नु गुरु भन्नु बाबु -आमा बराबर
म नेता मात्र हुँ भन्नु कसरि ठीक हुन्छ र
देशको हितमा नेता छात्रका हितमा गुरु
बाबु-आमा पनि गर्छन् जसरी घरमा शुरु
गोठमा जसरि गाइ, भैंसी, बाख्रा, खसिहरु
आफ्नै आफ्नै थलो बारी मिलि बस्छन् उनीहरु
नेताको स्थानमा मान कामले मात्र पाउँछ
जनताको भलाइमा बुद्धि जसले चलाउँछ
सृजना गर्न नेताको प्रेरणादायी को थिए
इतिहास, परिपाटी सद्बुद्धि कसले दिए
भ्रस्टाचार ,अहंकार लुटपाट सबै छुट
देखेर मनमा आँट आयो कि भिर्न त्यो सुट
लालची मनमा लोभ नाता मात्र रिझाउने
स्वार्थ पुरा गरि आफ्नो अरुलाई बिझाउने
आस्वासन दिदै झुटो म गरिदिन्छु लौ भनि
न हुने काममा बाचा कबुल गर्दछौ पनि
स्वार्थ पुरा भए मात्र अघि बढ्छौ तिमि यहा
नत्र काम झुलाएर भोलि भन्छौ तिमि त्यहा
बधु हैनौ बधु शिक्षा किताप खोजि पढ्नलाई
सेवाको भावले मात्र चेतिन्छ अघि बढ्नलाई
बढाई योग्यता आफ्नो आदर्श र असल बन
नेतृत्व अनि पो तिम्रो मान्य हुन्छ नि लौ भन

मिलन

मिलन
by Chacha Bihangam on Wednesday, August 17, 2011 at 2:53pm
त्यो बादल पछिको र उग्र हुरीको कम्पन टर्यो क्रान्तिको
जान्छु आज बिदा भईकन जहा डेरा छ मन शान्तिको
छाती भित्र मुटु छ कैद जसरि त्यो यानको भित्र म
थाल्छु खोज्न बसुँ कहा गई त्यहा निर्दिस्ठ त्यो आसन
यौटा आसन त्यो सुरक्षित छ नै जीबन भरिको फल
साँची सोची किला उखेली मनले रोजिसकेको स्थल
यात्रा पुग्न त्यहा शुरु अब भयो अभ्यास यात्राभरी
गर्छु मिल्न म जान्छु यात्रु संग यी जस्तै छ यो घर्सरी
बायु यान छ यो छ किन्तु घरकै आभाष पाउँछु म
मिल्नु पर्छ यिनै सदस्य सरि यो यात्राभरी ठान्छु म
यस्तै यो मनमा छ उठ्छ हरदम मिठो छ है तर्कना
भेट्नै आतुर हुन्छ मात्र मन यो त्यो गुद्गुदी सम्झना
गर्दै तर्क बितर्क सोची म बसें गन्तव्यको खातिर
बाटो छोटिन गै बितेछ दिन त्यो यात्राभरी आखिर
पत्तै पाईन लम्कदै अघि अघि बढ्दा खुल्यो द्वार त्यो
निस्कें बाहिर त्यो पटांगिनी महा आँखा जुधी चार भो
देंखे हात दुवै समाती फुलको गुच्छा र मुस्कानले
गर्दै आफूतिरै यहा म छु भनि डाक्नुभयो शानले
त्यो कौतुहल मेटियेछ सहसा बाहु अगाडी बढ्यो
आलिंगन हुनगो मिलन दुइ हुँदा त्यो पुष्प शिरमा चढ्यो
हो संग्राम ठुलै थियो पृथक को भेटि जितें यो रण
सबले आँशु बदल्नु पर्छ खुशीले बिर्सी बिछोड तत्क्षण
न्यानो काख यंहा म पाउछु पतिको हातको तकिया पनि
बाबा बिर्सिदिनोस् म छैन संगमा भन्ने न सोच्दै अनि
संसारको रित हो बिछोड र मिलन आउनु र जानु कति
गर्दै गर्छ यो चक्र घुम्छ सबमा फुक्नेछ बाधा जति
भाद्र १ गते
भर्जिनिया

बिदाई !


by Chacha Bihangam on Wednesday, August 10, 2011 at 5:33am
पक्कै एकदिन छोरी छाडी घर यो जानेछिन आफ्नै घर
भन्ने तथ्य बुझेर साँची मनमा आस्वस्त हुन्थेँ तर
केभोआज झसंग हुन्छु मनमा बिग्र्यो कि लोक्को स्थिति
छोरीको भरमा थियो घर संधै यस्तै हो सबको रिति
थाक्दै बाहिरबाट भित्र घरमा पस्नेछु भोलि पनि
बाबालाई चिया कि पानि पहिले को सोद्छ कुन हो भनि
पूजाको सरजाम श्रीखंड र अबिर ,टिपेर राम्रा फुल
थालिभित्र सजाई शुद्ध जलले ध्वजा पताका तुल
बत्ति धुप र अक्षता तिल जऊ नैवेद्य नानाथरी
पारि ठीक बुबा ! भयो अब सबै तयार कोठाभरि
भन्थ्यौ दिनदिन धोति फेरी म संधै गर्थे पुजा अर्चना
यो घरका परिवार संधै खुशी रहुन भन्दै गरि प्रार्थना
घरको काम सबै निखारी पहिले गरि सफा सुग्घर
आमालाई सघाउदै वरिपरि हेर्थ्यौ नि भान्साघर
को गर्ला अब यो सबै जतनले बिर्सी न सक्नु यहा
नासो कै रुपमा थियौ तर पनि बुझ्ला र मन यो कहा
बिरामी असहाय सेवन पनि जिम्मामा तिम्रै थियो
चारैतर्फ सम्हाली काम घरको को बाल्छ साँझको दियो
जाउ थाम सम्हाली काम घरको सेवा पतिको गर
यो जस्तै घरमा गरेजति सबै गरेर किर्ति छर

शिलु गोरी


by Chacha Bihangam on Sunday, July 31, 2011 at 3:15pm
बारम्बार म सुन्दथे शहरमा त्यो चित्रकुट्को मुनि
बग्छिंरे जमुना सुशान्त स्वरमा चिर बिर चराको सुनि
छेवैमा बनराजको अधिनमा ओडार ठुलो छ रे
पश्चिम मा नदीको बगर संगसंगै उनको कुटी पर्छ रे
बालिके एक सात बर्ष बयकी माता पिता साथमा
बस्छिन उज्ज्वल शोभनीय कुटीमा सिउरेर फुल माथमा
चंचल ति अति सुन्दरी दिन दिनै जंगल पसी कामले
दाउरा खोज्न भनेर झन् पर गईन सताइदै घामले
आज्ञा पालन मात्रिको बचनको गर्दै पुरा चित्तमा
खेल्दै उफ्री रमाउदै ति समिधा जम्मा गरिन वृत्तमा
जंगलको एकलासमा प्रकृतिका ति फूल सुन्दर हुनु
त्यसमाथि मृदु बालिके ति थपिदा स्वर्गै भनि सम्झिनु
भन्छन विज्ञहरु अति सरल औ कोमल छ बस्तु भने
संरक्षण त्यसको कठिन छ उति नै बिनास तत्क्ष्ण हुने
शंका यो मनमा उठ्यो म कन लौ आभास तितो भयो
बादलको अति अन्धकार नभमा मडारिदै ढाकियो
धर्ति कम्पन गै दिशा दस तिरै झट्का चट्यांगले दियो
मनमा चिन्तित सुन्दरी अब भईन् अनिष्ठ बढ्दै थियो
छानो छैन कतै गई लुकु भने ओढार टाढा भयो
बर्षा त्यो घनघोर को र असिना पानीले सातो गयो
चिच्याईन असहाय एक्ली बनमा जाउन् कहा को छ र
ज्यु जोगाउन नै अति कठिन भो को दिन्छ उनको भर
भन्दै ति घर तर्फ नै अघि बढी जंघार तर्दै थिइन्
बिचमा नै न पुगी ठुलो हुरी चल्यो बाच्नै न सक्ने भईन
निस्ठुरी हुरीको परि भुबरिमा प्राण धान्न गार्हो थियो
यौटी सुन्दर बालिके प्रकृतिले काखमा समाई लियो
घर छाप्रो कुटीमा निरिह दुइमा हलचल मचियो तर
खोजि गर्न भनेर लाल्टिन लिई छाडे दुबैले घर
खोजे नाम पुकारी हे शिलु भनि त्यो आंधीको साँझमा
कस्तो कस्ठ खपेर प्राण कसरी बच्ला है बन माझमा
उनको केहि निशान चिन्ह पदको भेटिन्छ बाटो भनि
भन्दै धाप बगर र आश्रय सबै खोज्दै चिच्याउदै पनि
पच्छ्याये पदचिन्ह फर्किन भनि जंघार को छेउमा
भेटे सानु ति पाइला तर शिलु बगिन् लडी लेउमा
गर्दै शोक बिलाप ति तरहका नानाथरिका गरि
फर्के ति अब बालिके स्मरणमा बस्छिन सदा हे हरि !
( विलियम वर्डस्वर्थ को 'लुसी ग्रे' मा आधारित )

ए ! निद्रा लागेन ?

ए ! निद्रा लागेन ?
by Chacha Bihangam on Saturday, July 23, 2011 at 11:53pm
यौटी रानी सुख दुख संगै साथमा बोकी हिड़छिन्
दिन्कादिन्को नियमित थकान् मेट्नको लागि भिडछिन्
बानि उनको सबसंग मिलि बस्न आफै पछाडी
सर्दै जान्छिन, छुनु मुनु गरि जादु भर्छीन् अगाडी
जसको सादा जीवन छ सदा शुद्ध शाकीय भोजन
मिठो बोलि अनृत न भई चित्तमा घुम्छ ओजन
कुण्ठा ईर्ष्या अशुभ अहितको लान्छना तुच्छ सोची
मनमा लिन्छन् सुमति र सदाचारको भाब खोजि
त्यस्ता प्राणीहरु बीच उनि लाज मान्दै खुरुक्कै
भन्छिन आएँ अब तिमि उठी सुत्न जाउ जुरुक्कै
उनको बानी अति असल छ है पल्टिदा साथ आँखा
खोजि खोजि अबयब हरु पार्दछिन् कम चनाखा
चोखो मिठो परिश्रम गरी दैनिकी बित्छ जस्को
दासी बन्छिन् घुमी नयनमा थप्न उर्जा उसैको
जो हो भोजन पनि अहितको शुद्ध सात्विक छाडी
लागि पर्छन परिश्रम न गरि खोज्दछन् न्यानो राडी
बोकी चिन्ता लिई पसी मनमा सोच्दछन् ,चाहियो धन्
भन्दै खोजि कलुषित बनि रात उद्द्योग गर्छन
निद्रा रानी तिनीहरुकनै छाडी भागेर दूर
जान्छिन, बस्छिन झन झन रिसले बन्दछिं हेर क्रूर
निद्रा मेरी जीवन भरिमा डाक्नु कुर्नु न गर्दै
आउछिन ताल्चा लिइ कन उनी सामुमा दंग पर्दै
निद्रा जस्तो सुगम र सुलभ बस्तु आफ्नै छ एक
आफ्नै इच्छा बिपरित कुरा छानी छानी अनेक
गर्दा जानी बुझिकन सबै पर्दछन दुखमा लौ
मीठो निद्रा परपर गरि दूर सार्ने तिमि हौ

उमेर १४

उमेर १४
by Chacha Bihangam on Wednesday, July 20, 2011 at 9:57am
यो कस्तो बय हो सबैको भय भो फुच्चे भनि गन्दछन
आजै तेह्र पुगेर चौध सिढीमा टेक्दै छु के भन्दछन
भन्छन कि लघु बर्गका सखीहरू यो ता ठुलो भै सक्यो
खेल हाम्रो बिचमा हुदैन यसको खेल्ने उमेर गइ सक्यो
हाम्रो यो ग्रुपमा जति पनि रहुन बाहेक त्यो हुन्छ है
ठुलो भै म सके भनिकन सधै हेपेर त्यो भन्छ नै
हेर्दैमा उ कति युवा भइसक्यो मिल्दैन हामिसग
छाडौ संगत गर्न यो अब भयो हासमा बकुल्ला रंग
भन्दै पन्छिन खोज्दछन म गरु के के दोष मेरो हुनु
हेर्छु यो अनुहार तै पनि संधै ऐनासंगै के रुनु
माथिल्लो ग्रुपमा गई मिलू भने ति दाज्यु लायक हरु
यो फुच्चे कतिको भयो अब ठुलो भन्ठानछ रे के गरु
सिक्दैछु म पनि बुझी बुझी कुरा प्वाक्कै फुटी आउने
बोल्यो केहि भने ल हेर कति भनि जान्नेको दोष लाउने
माथि मिल्न पनि म सक्दिन हरे जुंगा मुसार्छन सबै
रेखी मात्र पनि म भेट्दिन कहिँ आफुमहा काँ छ खै
यो बिचको बय भो यता न कि उता दुवै तरफ हेपिने
खेलमा यो हविगत छ हेर घरमा लाठे भनि चेपिने
दिक्कै लाग्छ बिताउ दिन म कसरी झन पाठशालातिर
ठुलोमा गनिइ सजाय गुरुले ठुलै दिदा झन पिर
ठिकै हो कि भनि बिचार गरदै बोल्दा बढी हुन्छ रे
बोल्नै छाडी बसेर चुप्प रहंदा यो मन हुने चन्चले
ओठ मेरो उही हो शरीर यहि हो स्वरमा भयो के बरु
धोत्रे भो भनि भन्दछन सब जना अर्को छ यौटा अरु
यो बेला कि उमेर उक्लन सिढी सम्मान खै पाइने
बर्षे चौध बिचित्र जन्तु सबमा उसकै ब्यथा गाइने
आफै हेरी बुझेर त्यो शरीरको देखि परिवर्तन
मन आफ्नो स्थिर राखी व्यर्थ झुसको न गर्नु है कर्तन

यसरी जन्मिएँ म


by Chacha Bihangam on Monday, July 18, 2011 at 10:13am
जन्म दिनको शुभ कामना व्यक्त गर्नु हुने तथा अभिव्यक्तिको संगै कति बर्ष ? भनेर जिज्ञासा राख्नु हुने समस्त शुभेक्छुक
हरुमा धन्यबाद सहित जन्मदाको घटना बर्णन गरि यो कविता पस्केको छु / के कस्तो लाग्छ , बर्ष छुट्टयाउने अभिभारा
पाठक हरुमै / अभिबादन !
बस्थें हात पछाडी पारि शिरमा घुंडा अगाडी पटि
खुट्टा दोब्रिन गै रह्यो डुबी डुबी त्यो ब्रह्म रसमा कटि
यस्तो गर्भको सालनाल बिचमा सास फेर्न धौ धौ थियो
नौमैना कति दिन बित्यो अनि शरीर खोज्दैथ्यो बाटो चियो
हलचल मच्चिन गो सर्याक् सुरुक भै थैलो निचर्यो पनि
आमा कस्ट महा कति सहनु भो था छैन के भो भनि
कैले माथि पटि घुमेर शिर यो तैरंछ छट्पट भई
कैले घोप्टिन जान्छु द्वारतिर नै हुत्तिन्छ झटपट गई
सोधु सोधु मलाइ लाग्छ मनमा आमा कति भो दुख
कैले निस्कन सक्छु बाहिर त्यहा लौ हेर्न तिम्रो मुख
भन्दै सोची गुमाई होश कहिले कुरा संगाल्दै थिए
व्हात्तै के कसरी ठुलो झटकले संसारमा ओर्लिए
घटना यो परिवारमा हुन गयो पण्डित रुपाखेतीको
पैरेको घरमा पिताश्री, जननी ति केशबी मात्रीको
श्रावन एक गते नक्षत्र गतिलो चित्रापछिल्लो पद
स्वातिको संगमा मिलेर दुइमा राशि तुला भो अब
बिक्रम सम्बत बर्ष बाकि दुइ भै पुगेन हज्जार दुइ
जन्मियो शुभ दिन छ नाम दिउ के भन्दै दिनु भो मुइ
रामको नाम संधै बनेर प्रिय झैँ कनिष्ठ यो झन् प्रिये
आएको दश गर्भमा अति असल नाम् राम होस् है श्रिये
भन्दै नामकरण गरेर बिधिबत दानपुण्य आदि गरि
मायाले खुशीले कनिष्ट म हुँदा कान्छो भएँ घरभरि
धन्यबाद !

संस्मरण भानुको !

संस्मरण भानुको !
by Chacha Bihangam on Wednesday, July 13, 2011 at 8:31am
भानुको शुभ जन्म आज दिन यो टक्र्याउ सौगात के !
काहाबाट जुटाउ घासी र कुवा कंक्रिट बन्यो देश हे !
खुर्पा डाली र ढाकरी र हसिया कुवा सबै मासिए
डोकोमा कुखुरा र गुन्द्री संग भै सबै विदेश भासिए
घासीको उपदेश अर्ति प्रतिकूल बसमा पकेट मार्दछन
मालका हाकिम न्यायका रचयिता पाकेट नै झार्दछन
आँखामा हरिया सुकोमल बनै फाडी सखापै भए
तित्रा कालिज बास बस्न न सकी मान्छेको पेटमा गए
गाई पालनका पिंढी र ढिकीमा कोदो र मर्चा हरु
किन्दै ल्याई बिसाई मद्य मदिरा सिद्रा थुपारे अरु
बालाजु अब छैन यो नजरमा जस्तो पहिले थियो
घुइंचो मानिसको र वाक्क तिनका फोहोरले ठाउ लियो
सिस्नु घारी कतै छ बन्द परखाल कतै छ बाटे-पसल
फुल्थे ति गुन केशरी अब कहा पाउनु कति थे असल
नेपालि अबला पनि अब सबै बम्बै गई बस्दछ्न
लुच्चा चोर हरु घुमी घुमी सधै भन्सार छली पस्दछन
जाउ जुन घरमा सबै घरभरि सोती बुढी बस्दछिन
चिप्लो घस्नु घसेर रात बिचमा पाता कति कस्दछिन
भो भो हेर्नु परेन कान्तिपुरी यो नरक पुरीमा छ है
लम्जुंगको दहि दूध नौनी अब ता न्युरोडमा बस्छ गै
कोशिस गर्छु तथापि त्यो समयको तिम्रो अनुरागको
सम्झन्छु तिमीलाई आज म कति आफ्नो जति भागको
आऊ आऊ सधै बसूँ तिमि संगै यो मन संधै खोज्छ नै
भाकामा लयमा र ताल सुरमा तिम्रै तरफ रोज्छ नै
औंजुली एक घासको र जल त्यो खोची दुनामा भरि
बरको शीतल फेदमा बसी तिमि कनै म आउला मरि
असार २९ ,२०६८

असारे गीत ( असार १५ )


by Chacha Bihangam on Monday, June 27, 2011 at 7:49am
कृषि प्रधान देशमा बेला बखतको कृषि कर्म गर्दा विभिन्न मनोरन्जनात्मक कार्यहरु संगै काम सम्पादन गरिन्छ / यसै क्रममा असार १५ पनि यौटा हो र यो दिन धान रोप्दा बढी उपज हुन्छ भन्ने बिस्वास गरिन्छ/ बाजा बजाएर (बेठी हाल्ने) यौटा परम्परा हो भने आलिमा बसेर युवाहरु गित, जुहारी गाउदै मनोरंजन गर्न पछी पर्दैनन् /यहासम्म कि जुहारीमा हारेपछि केटीले जित्ने केटालाई आफ्नो पति बरण गर्नु पर्ने समेत प्रथा छ कहि कहि पुर्ब शर्त अनुसार /कहलियका गायिका रोपारहरू लाइ बढी ज्यालामा निम्त्याइन्थ्यो पनि पहिले पहिले /
यो असारे गीतको लय बेग्लै हुन्छ र जति सक्यो उति लामो भाकामा गाइनु पर्छ अनि गालामा हात राख्नु पनि जरुरि छ/

आज आउनुहोस त यो यौटा चाचाको असारे गित खेतको आलिमा बसेर गालामा हात राखेर गाउँ है /

चाहाड़ पर्बभरि भाका थरिथरि यो गीत् असार पन्ध्रलाइ.....
खेत्रोप्न जाउँ आउनोस् लय हाली गाउनोस् सम्झी रामचन्द्रलाई....

चेचेले भन्यो लौ बाचेले सुन्यो चेचे बाचे दुइजना ......
चेचे लाउछ मित बाचे गाउछ गित चेचे बाचे दुइजना ......

हलो जुवा काँधमा रिट्ठे माले बाँधमा हली गोरु दुइजना
कान्छी दैलो पोत्ने बाँझो पल्टाई जोत्ने ब्याड़े बाउसे दुइजना

रोपारको ताँती पछी लाग्यो नाति आली ताछ्ने दुइजना
डोकोनाम्लो बिसाई घाँटो नुन्चुक मिसाई खाजा बाड्ने दुइजना

येस्पालिको रोपाइँ पानि न पर्नाले मुहान् बाँध्ने दुइजना
कुलो काटी काटी डोरी नाम्लो बाटी डोको बोक्ने दुइजना

देशी मलको बोरा बोकी आयो छोरा खेतमा छर्ने दुइजना
मैना चरी बोल्यो गंगटाले खोल्यो आली थुन्ने दुइजना

बिउको मुठा फाल ठुटो चुरोट बाल सुर्ती माड्ने दुइजना
टुप्पो भान्च्यो फाली नाच्न थालि शालि गीत गाउने दुइजना

गोठालो छन् बाउ खाजा थाप्न आऊ पानि सार दुइजना
ठेकीमा छ मोही डबकाहरु खोइ दुना गाँस दुइजना

दहि च्युरा खाजा जिम्मल गाउको राजा आउरेबाउरे दुइजना
भोटो भिज्यो छाती कछाड माथि माथि छाता ओढाउ दुइजना


खाजा थाप पोल्टो किन फर्क्यौ कोल्टो गोरु फुकाउ दुइजना
पुवा खाजा बाको चिनी थोरै भाको हात्मा थाप्ने दुइजना


चेचेले भन्यो लौ बाचेले सुन्यो चेचे बाचे दुइजना.......
चेचे लाउछ मित बाचे गाउछ गित चेचे बाचे दुइजना.......

चाहाड़पर्ब भरि भाका थरिथरि यो गीत् असार पन्ध्रलाइ....
खेत्रोप्न जाउँ आउनोस् लय हाली गाउनोस् सम्झी रामचन्द्रलाई ...

२७ जुन २०११,
भर्जिनिया.

Saturday, June 25, 2011

पुतली

पुतली
by Chacha Bihangam on Thursday, June 23, 2011 at 6:42am
आमा घट्ट गइन बुबा पनि कता बाख्रा फुकाईकन
बस्नु घर कुरदै भनेर ढीकीमा साँचो लुकाईकन

खोपामा दही भात छोपी दिदीले राखी दियेकी छ रे
खेल्नु खानु घरै बसिरनु तं है छिट्टै म आऊंछू भरे

गाउको छ पुछारमा घर धुरी बेशी नजिकै छ नै
बेशिकै डिल बाट कलकल गरि बग्ने त्रिशूली बनै

ढुंगा को पहरा वरिपरी घुमि ताल बन्छ पानी जहा
गर्मीका दिनमा अहा! कति मजा मन भन्छ पौडू त्यहा

यो मौक़ा घरको भएर एकलै उंघेर बस्नु किन
बिर्खे, च्यांनटी र कांछीको संगमहा म खेल्छु एकै छिन

भन्ने यो मनमा लिएर पुतली घरबाट निस्की गई
खोज्दै घर्तिरबाट बेशी झरदा ताल्मै उ पुग्दी भई

खेलौ पौड़ी सबै मिली कन भनी सल्लाह गर्दा भये
पांच बरसै मुनीका थिए तिनिहरू नाँगै ति ताल्मा गये

हाहा ही ही गरि डराई नदीको चिसो जलैले छुदा
निधर्क्कै मनमा स्वभाब स्वरूपी ति बाल्यकाले हुदा

खेले मस्ति गरे र औंजुली भरी छ्यापेर पानी मुनि
डुब्दै फेरी उठेर हेर म त भनी उत्रेर बोली ,सुनी

चिंता छैन सिबाय खेल्नु र संगी हरु बटोल्नु अनि
हास्नु किलकिल मारी, भाग्नु दगुरी भेट्टाऊ मलाई भनि

भोकै लाग्यो अनि झलक्कघरको यादआउन थाल्ने मन
मनको भित्र अलिकती डर पनि छूने हुदा लौ भन

निस्की पोखरिबाट झट्ट पुतली बिर्सेर भोटो लिन
कुद्दै घर्तिर फाल हानि बिचरी बिर्सेर साथी बिन

फर्किदा घरमा उ आइ पुगी लौ आमा संगै उ पसि
नांगै बस्त्रबिहिन गालि उसले आमाको सुन्दै बसि

डब्लु .भी . बृन्दाबन

डब्लु .भी . बृन्दाबन
by Chacha Bihangam on Sunday, June 19, 2011 at 6:15pm
पश्चिम भर्जिनिया अबस्थित थलो ब्रिनदाबनै नामको
तिर्थस्थान छ हेर सुन्दर पुरी सम्पूर्णता धामको
बृन्दाबन बनमा छ मन्दिर हरि-याली अनि जंगल
जंगलको बिचमा रचाई मन-मोहन को शिला मंगल
राधाकृष्ण भनेर जोडी दुइको संयुक्त मुर्तिहरु
गोस्वामिहरुको मिलाई क्रमले मुर्ति रहेका अरु
छेवैमा छ तलाउ एक गहिरो वरिपरी वृक्ष छन्
नाच्ने पंख फिजाई ति मयुरका ताँती पनि बस्दछन्
गाइ गोरु र हात्तिको पनि ठुलो मुर्ति बनाइवरि
क्रिडा हंसहरु रमाई घुमने तलाउमा दिनभरि
पूजा साँझ बिहान को पनि भजन गाएर नाच्ने प्रथा
मन्मा शान्ति हुने अचम्मसंग लौ बसेर सुन्दा कथा
बस्नु रात बिताई एक लजमा भोजन गरि सात्विक
जाड रक्सि मदिरा त बर्जित छ नै न गर्नु क्रिडा दिक
घुम्नु डुल्नु छ माथि बाग छ ठुलो गुलाब फुल्ने जहा
गौशाला पनि एक गाईहरू नै छन् पालिएका त्यहा
गोलो वृत्त खुला छ गुम्बज सरि मन्दिर सुनौलो त्यहा
संख्यामा एकतीस झ्याल हरु छन मयुरी झ्याल् चार जहा
यौटा झ्याल बन्यो जडी जडी शिशा संख्या भए डेढ हजार
भित्तामा भुइमा छ मार्बल खरी ढुंगा छ छाप्या बजार
झाड फानुस ठुलो छ भित्र हलमा फ्रान्सबाट आयातित
डेड सौ बर्ष भयो पुरातन भनि भन्छन ति कर्मी मित
राजस्थान महा छ एक बुझनु दिल्बारा जैन मन्दिर
गर्छन त्यै संग हो बराबर भनि दाजेर ''आबु'' तिर
यस्तो सुन्दर धाम यात्री म हुँदै यात्रा गरि फर्कदा
बाटोमा कबिता रचेर अहिले पस्कन्छु दिन घर्कदा

कचहरि

कचहरि
by Chacha Bihangam on Saturday, June 11, 2011 at 9:46am
जिम्मल्को घरमा बस्यो कचहरि भेला ति पन्चे भए
मुद्दा सानो थियो, भयो तर ठुलो होला कि धनकै जय
पन्ध्रै बीस जति थिए धुरीहरू त्यो गाउको ठाउमा
दुइ घर छाडी सबै थिए खसहरु ठुला बढा नाउमा
कामि एक धुरी दमाइ शिपको छानेर गाउ जुटी
त्यो गाउ भरिमा कमाउन भनि आरन बनाए कुटी
खेति बारी र बस्तु पालन अनि बन्पात दाउरा चुलो
चाहिने व्यवसायको पनि सबै खनी जुटाए कुलो
मेला पात र पर्म गाउभरिमा ज्याला कमाउनेहरू
जिम्मावाल पुरेत मुख्य ति भए बाकि यजैमान् अरु
बोलि धाक रवाफ बिष्णु हरिको गाउमा प्रसंसा बने
गर्थे न्याय निसाफ हेरी निमुखा श्याबास सबले भने
छोरा नातिहरु सबै घरभरि आफु प्रियाले हिन
चिन्ता एक थियो उनिकन यहा एक्लो भयो जीबन
दैनिकी उनको छ नित्य प्रभुमा पुजा र आराधना
गर्दै पुस्तक फोई काट्नु दिन त्यो विरक्तिको सामना
आगन्तुक हरु आउछन समयमा सत्संगतै खातिर
व्याख्या शास्त्र र सेब्य आचरण को गर्छन भई हाजिर
कामि आरनको कमाइ गरदै बस्थ्यो उ छोरी लिइ
हुर्कायो एकलौटी छोरी उसले स्याहार चासो दिइ
घरको काम सगाई हुर्किन गई खेल्दै बनि यौबना
घर घरको हसिया चुलेसी बटुली रमाउथी निर्धना
कामको चाप बिशेस खेति रहंदा त्यो सुन्तलीको भर
आउनु जानु सधै बराबर हुने जिम्मल बढाको घर
पुस्तक बन्द गरेर नाक डिलमा चस्मा चढाई झुकी
आँखा माथि उठाई सुन्तलितिरै ति भद्र हेर्थे लुकी
मनमा बिझ्छ चसक्क यौवन पछी फर्केर हेर्दा तर
सीमा पार भयो समुन्नत भई यो दुखको के कर
गर्छु म उपभोग सुन्तली अबै भन्ने इरादा लिइ
मौका छोपी ति षोडशीकन उनि भन्छन इशारा दिइ
राम्री धेर भईस हुर्कीइ बढीस् मेरै अगाडी यहा
लाज मान्नु किन भन् छछैन घरमा पिठो र चामल त्यहा
बढ्दै जान्छ समुन्नती दिनदिनै चुलिन्छ त्यो एकदिन
झर्नै पर्छ पतन भएर विधिको नियम छ रे भन्छन
शंका गर्न हुदैन जिम्मल ठुला यो गाउका रक्षक
सबका मान्य उनि भए पतन लौ को भन्छ हुन् भक्षक
एक्लो बास बसरे गाउ डुलदै सन्यासी बस्थ्यो कुनै
फुक्दै कान दिइ प्रलोभन ठुलो कबोल्न लाउछन् उनै
सन्यासी अनि सुन्तली दुइ बने गाउभरिको कथा
मनमा पालि बसे ति जिम्मल पनि धन्ले जितेको व्यथा

बाताबरण दिवसमा''एक सबाई''

बाताबरण दिवसमा''एक सबाई''
by Chacha Bihangam on Sunday, June 5, 2011 at 1:51pm
सुन सुन पाँच हो , म केहि भन्छु
बाताबरण दिबसको सबाई कहन्छु
अन्धाधुन्ध प्रिथिबिमा मानिसले चैन
गर्न खोज्दा यस्तो हुन्छ भन हो कि हैन ?
बुझ्नु पर्छ खाँटी कुरा कस्तो असर पर्छ
विज्ञानले बासस्थान लाइ हेला गर्छ
दुइ हजार एघार , मैना मे को दिन
बाइस हो तारिख , आंधी आयो लिन
मोंतानाको शिरमाथि उत्तरतिरबाट
तातो हावा मिसिन गो परै थियो फाँट
टोरनाडो ले लियो रुप कैले कहिँ आउछ
आएपछि हेर भाइ प्रलय मचाउछ
चौसथ्ठिका''बिग्ले'' भन्छन् मेरो केशपाक्यो
इएफ़ 5 हो माप यसको,दस माईल ढाक्यो
हस्पिटलको छाना च्याति गारो भित्ता ढाल्यो
वाल मार्ट को सामान जम्मै एकै ठाउमा फाल्यो
के के लग्यो कति लग्यो भनि साध्य छैन
मानिस नै कति लग्यो खोज्दा पाइदैन
घर पालुवा जनावर चरा चुरुंगी र
रुख बारी बगैंचाको पात पतिंगर
मोटर गाडी साइकल् , ट्रक घरको छाना भित्ता
जगैदेखि उखेलेर फ्याकिद्यो बेपत्ता
आकाशमा कालो मुस्लो ढुंगा मुढा जे छ
माथि लागि एकै ठाउमा फेरी फ्याकी दे छ
कठै बरा ! जे जे थियो जहा जहा थियो
सोहोरेर उखेलेर युद्ध मचाइदियो
धन जन जिउ ज्यान कसैको रहेन
हाहाकार मचाइदियो सुरक्ष्या भएन
भुवरीको गति थियो सयेभंदा माथि
चार पाचौटा एकै ठाउमा मिसियो न जाति
गति बन्यो दोब्बर झन्डै बिनासको लीला
सबैलाई सचेत पार्न भईहाल्यो ढीला
खवर पढ्नु पत्रिकामा टि.भी पनि हेर
बिनासको पल्लो छेउ जोप्लिनमा धेर
हराएका जन धन भेटिदैनन काही
रुन थाले बाचेका ती नातेदार चाहि
यस्तो नास बिनासको पैले देखिएन
मोजौरिले भोग्नु पर्यो सेकेन्ड रोकिएन
हल्ला थियो सन्सार नै ध्वस्त हुन्छ भन्ने
खतम भयो जोप्लिन शहर बाकि बचे धन्ने

Saturday, April 30, 2011

मनुस्य चोला

जन्मियो कि फस्यो चक्र ब्युहमा जीवानान्तर
भुबरितुल्य सागरमा डुंगा झैँ घुम्छ यो नर


मलमुत्रादिले ब्याप्त भोक तिर्खा सहिष्णुता
तातो चिसो र ब्याधिको घर नै बन्छ देह ता


लम्पसार छ पृथ्वीमा बाल्यकाल बिताउदै
प्रतिकूल सहि बस्नु नियतिले सताउदै


चल्दैनन् अङ्ग प्रत्यंग आफ्नो काम समाउन
देखेका बस्तु ति के हुन् उ सक्दैन ठम्याउन


आशामा अरुकै खालि भर पर्नु छ केवल
शिशु भै बाच्नु पर्दाको दुख भोगाई पल्पल


बिताई कति दिन यस्तो बल्ल टेकी घुडा जब
उठेर दौडु कि भन्दा बामे सर्ने भयो अब


हेर्छ देख्छ सबैलाई उफ्री उफ्री खडा हुँदै
दौडेका अनि त्यो घरमा भरेंग पनि उक्लंदै


मनले भन्छ झम्टेर अगाडी उसको बढौं
तर के मान्छ खुट्टाले उठ्न खोज्दै कति लडौं


बल्ल बल्ल बिताएर यस्तो यो नर शैशब
प्रवेश गर्छ केटा बा केटीमा हुर्कैदै जब


खेल्न खानु अनि सुत्नु निद्रा भोक हटाउनु
साथीको संगमा बस्नु मन लाग्छ रमाउनु


तर त्यो स्कूल भन्नेले दुख दिन्छ निरन्तर
किताब भारि त्यो बोकी हिड्नाले हुन्छ अन्तर


गुरुको धम्कि त्यो ठुलो बाउ आमा रिसाउने
स्वन्त्रन्त्रता कहा पाउ मन्को बोझ बिसाउने


रिति नै सबको यस्तै थाल्छु मन बुझाउन
बुझ्न थालें सबैको यो मनस्थिति कजाउन


यस्तै गर्दै पढी बढ्दै बल्ल हुर्कें बिते दिन
अब ता मन यो थाल्छ युबतिमा रुची लिन


मन यो गर्छ कोहि होस् माया गर्ने कि मै गरूँ
घरमा अरु कोहिले थाहा पाए म नै मरुँ


लुक्दै चोर्दै जवानी यो हुत्तिन्छ खै भबिष्य के
कसरि हुन्छ निर्बाह खुट्टा चिप्लिन जान्छ हे


दिशा निर्देश को दिन्छ बाबु आमा म मान्दिन
मनमा बस्छ जो मेरो अरु कोहि म जान्दिन


शिक्ष्याले दिनुपर्थ्यो जे सबै गर्छन् कहाँ पुरा
म मेरो भाग्यलाई नै थोपिरिदिन्छु त्यो कुरा


यसरि नै बिताएर जवानी भरको रिन
बोझ संसारको बोकी सहन्छु दुखको दिन


यहि हो नियति भन्दै मन मेरो कराउछ
पश्चाताप कति गर्नु होश मेरो हराउछ


बटुलीन्छ यहा नेर जिन्दगीको अनुभब
बेलैमा सबले थाहा पाई राख ल है अब


संसारभरमा कत्ति आउदै जादै चराचर
घुम्छन् यै रीतले हेर तिम्रै छ दृस्टी गोचर

गजल

राजनीति बिबेचना गालि नै गालि देख्छु
मन्त्रीपद सभासद जाली नै जाली देख्छु

देशको भाग्य लम्कियो कता कहाँ छ प्रसासन
वरिपरि भरौटेको तालि नै तालि देख्छु


को छर हेर्ने जन्ताको गास बास र कपास
समाई कुर्सि बस्नेको लागि छाली नै छाली देख्छु


पर्यटकलाई घुमाइ कतै देशको कथा सुनाउ भने
फोहोर थुप्रो वरि र परि नाली नै नाली देख्छु


गाउ र बेशी डुलेर कति पसिना बगाएको
सम्झना आज फर्काउँ भने बालि नै बालि देख्छु


कस्ता दिन गए यस्ता दिन आए भन्छ यो ''चाचा विहंगम''
गाउका भेना लाहुरे सबै शालि नै शालि देख्छु

रामनवमी

भारत्बर्ष भनेर भारत महा नामले थियो ''कोसल''
कोसल को पनि राजधानी उहिले उत्तर प्रदेशको बल
राजा एक थिए रजाइ गरने पुरी अयोध्या महा
नाम उनको दशरथ दिशा दस तिरै प्रख्यात हुन्थे जहा
राज्यै उन्नतिको पुग्यो शिखरमा राजा प्रजाबत्सल
प्राणि देखि लिएर राज्यभरिमा कोइ हुन्नथे दुर्बल
यस्तो चैन अंगाली आफु र प्रजा बस्थे बिताई दिन
यौटा पीर थियो तनाब मनमा होला र साचै किन
रानी तीन थिए तथापि उनमा आफ्नो पहुच बाहिर
मनमा ताप सधै बसिरहन गो घोची रहन्थ्यो तिर
सारा राज्य सुखी प्रजा पनि सुखी सबै चराचर सुखी
के होला त्यसतो भयंकर कुनै राजा रहन्थे दुखि
त्यो सुख् के सुख हो नि सन्तति बिना रानी तिनौटी हुदा
बस्थे ब्याकुल शोक विह्वल बनि पुंसत्व लोक्ले छुंदा
बारम्बार सधै उनिकन निकै ठानेर एक्लो भनि
रावण दक्षिण बाट छल् कपटले खोज्थ्यो नि मौका पनि
लंकाको गरि राज्य दानव हरु रिझाई बस्थ्यो उ ता
मौका हेरी ऋषि मुनिहरुकनै खुब दुख्ख दिन्थ्यो यता
यस्तो चाल गरि भएन ब्यबहार कस्तो सुखी भाग्यमा
भन्दै ति गुरु जो बशिष्ठ एकदिन आउँदा भए राज्यमा
राजा सुन्नु हवस् उपाय त कुनै गर्ने पर्यो आज है
सन्तान को सुख भोग मिल्छ कि कहि भलो कुरा स्वर्गमै
अर्थ्याए ऋषिले छ यज्ञ कि कुनै ति अग्निहोत्री संगै
जान्छु गर्छु बिचार सन्तति हुने आज्ञा म पाउ अबै
भन्दै छलफल भो दुइ बिचमहा निष्कर्ष भो यज्ञको
बिष्णु ले पनि ध्यान दि प्रिथिबिमा हालत बुझे विज्ञको
त्यो यग्यै ऋषिको बचाउन पनि कर्तब्य उनको मनै
प्रादुर्भाव भए लिएर बटुकी खिरले भरेको कुनै
भन्छन कि खिर यो ति रानी तिनमा बाँडी बराबर दिनु
सन्तानको बरदान यो भई गयो उपाय जानी लिनु
राजाले पनि त्यो खुशी अति भई बाडी दिए पायस
कौसल्या तीन रानीमा प्रथमले जन्माई पाइन् यश
ति हुन् राम पछी गएर बनबास् लिला अनेकौ गरे
रावण मारी बिनासी दैत्यकन सब सन्ताप लोकको हरे
जसको जन्म दिवस छ आज नवमी श्री रामका नामले
जानी राख्नु भविष्यका पिढी हरु सम्झिरनु ज्ञानले

अठसाठ्ठीको शुभकाम ना !!!

बसन्तले सधैभरी हरियाली बेरे जस्तै
शिर ठाडो संधै रहोस सगरमाथा हेरे जस्तै
बर्षे भरि अठसाठ्ठीमा चिताएको कुरा
कामना त्यो पुगीरहोस् पाउमा पोस फेरे जस्तै !


सिरी सिरी चिसो हावा बहोस् जिन्दगीमा
कर्म क्षेत्र अघि बढोस् उच्चताको तयारीमा
आउदै जादै गर्ने दुख-सुखको त बानि नै
सधै फूल फुलिरहोस मनरुपी फूल्बारिमा !


नव बर्ष फुलोस फलोस पूर्ण चन्द्र उदाए झैँ
सुख शान्ति बनि रहोस मन्दिरमा जुटाए झैँ
मिलि जुली सबै बसुन प्रति दाना अनारमा
फोरी हेर्दा मिलि जुली सबै भित्र अटाए झैँ !

गजल

प्रिथ्बिमै बास बसेर पनि के जोड्न सकें र
स्वर्गको आश गरेर मैले के छोड्न सकें र


खोरिया खन्दै बिरुवा रोपें फल टिप्ने आशाले
न पाई कुटो सप्रेन बालि के गोड्न सकें र


टारेर छाक सहँदै लात जोडेको हिरालाई
छोपेर मौका यहि हो भनि के फोड्न सकें र

Friday, April 8, 2011

यात्रा

बैशाखी हुनु पर्दथ्यो मदतको भारि भयो लौ यहा
डुंगा तैरन छाडी बोझ हुन गै ढुंगा सरि भो त्यहा
इन्द्रियै हरु को त के गरु कुरा यसो मनोरंजन
भागीदार बनि मजा लिउ भने नोकर सरि गन्छन


यात्रा हेर जटिल बन्यो भुबरिमा नाउ फसे झैँ गरि
गार्हो उक्लन हुन्छ त्यो शिखरमा दमको बिरामी सरि
लामो रात बिहिन-बास बटुवा चिसो पसि कम्पन
गर्दै ड़ग् डग कांपि भेट्न ति उषा गर्दै बलात् सम्झन


यात्रा यो मनको हुनेछ कसरी गर्दैन तनले पुरा
देख्ने नेत्र भने बढी बढी अघि सोच्दोछ भित्रि कुरा
आत्मालाई र देहलाई बटुली अनन्त भेट्टाउन
तन देखि मनसम्मको कठिन यो सकिन्न टुंग्याउन


खोजुं खोजि पसेर छाम्न गहिरो कि मार्गको हो भ्रम
कि त्यो शुभ्र सफा सुनिस्चित दिशा पैल्याउनै भो श्रम
के मा दोष छ मार्ग हो कि त यिनै षडेंन्द्रियै खेल्दछन
जे होस् ब्यापक त्यो असक्ष्यम बनी यात्रा दुखी झेल्दछन्


तन यो नश्वर रेछ ब्याधिहरुले गाँजेर बस्ने संधै
जिबन मृत्यु अंगाली आखिर पछि भेटिन्न त्यो मृत्यु भै
आत्मा को त भयो सुनिस्चित दिशा अजर अमर त्यो हुने
यात्रा मुस्किल रेछ पुग्नु कसरी त्यो बस्तु स्वर्गै छुने


जो कोहि हुन जान्छ काग -कुहिरो अलमल छ बाटोभरि
आत्मालाई चिनेंर हिड्न न सके पुगिन्छ काहा मरि
त्यसकारण बुझनु, बुझेर पुजनु आत्मा ठुलो हो भनि
तनको भोग बिलाश छाडी मनले यात्रा त पक्कै छनि

किन ?

बैगुनीको पराकाष्ठा मर्माहत पार्छ किन
मित्रताको अडेसामा गुनको किरा मार्छ किन


डु डु ल्नो नै निल्न खोज्ने यौटा औलो दिदा भने
आफैलाई अग्यानले नीचतामा झार्छ किन


बारी बोट उसको आफ्नै मीठो फल्छ लटरम्म
आरिसे भै मेरो फुल्दो बगैचामा चार्छ किन


आफ्नो भाग पुड़ो सारी अरुलाई लुटाऊंन
मेरो भाग्य उधिनेर दाह्रा गाडी दार्छ किन


लोभी हिड्छ बढी ताक्दै हैसियत गुमाएर
रेखाभित्र मेरो पारि आफ्नो बारी बार्छ किन


पुस्तौ पुस्ता कुकर्मले झनै तल धसिएर
जादापनि चेतनाले ऊँधै बाटो खार्छ किन


कंसल बस्तु असल हुन्न संस्कारैले गिरेपछी
माथि माथि तान्न खोज्दा बिमुख भै हार्छ किन

Monday, March 28, 2011

फूल-भंवरा सम्बाद

(एउटा भंबरा
रस लिनको लागि एउटा
कमलको फूलमा गएर बसेछ/
भखर फुलेर मदमस्त भएकी
ति अति सुन्दरी फुलको रस
चुस्दा चुस्दा त्यो भंवराको
इच्छा तृप्त हुनुको सट्टा
अतिलग्गु बनेका कारण
फूल छोड्न न मानेर
पुरै दिन बितेछ/
त्यसपछि रात पर्यो र
बिस्तारै बिस्तारै आफ्नो
स्वभाब अनुसार
त्यो फूल चाउरिदै
गएर ठ्याम्मै बन्द भयो/
फलत: त्यो भंवरा
फुल्भित्रै कैद भयो रात भरि
अनि बिहान उठेर भन्छ कि :-)

तिम्रो मीठो रसभरी मधुले लट्ठ पार्यो मलाई
छोडु छोडु भनिकन कति आंट गर्दा लडाई
मेरो यौवन घरि घरी चुसी मात्तिएकी तिमीले
जेलै हाल्यौ थुनिकन मकनै लाज मान्यो जिमीले

उल्टै आफ्नो गल्ती महसुश न गरि
फूललाई मात्तिएकी भन्दाखेरी फूललाइ
पनि रिस उठेर भन्छिन कि :-

मेरो जीवन अति सरल हुदै हुन्छ आखिर कठोर
भोग्नु शारीरिक गति बिधि मातिदै मात्र हो र ?
गल्ति मेरो कति पनि यहा देखिदैन जनाव
तिम्रै लोभी रस बटुली लिने बानि नै हो खराब
मेरो श्रीसटि अझ भनु भने श्रीसटिकर्ता उनैले
भन्छन् हेर्दै मन र नजरले भोग्नु राम्री हुनैले
बस्छु सबको मन महलमा ठाउ छानेर ऊंचो
बाहु बाँधी किन त्यसरी चुस्यौ बानि तिम्रो छ छुचो

अनि भंवरा भन्छ:-
तिम्रो यौबन मद भरिएको मात लाग्ने रहेछ
थोरै थोरै गरि गरी पिउदा लट्ठ पार्ने गरेछ
पाशो जस्तै भ्रमण पथमा फस्छ कि कोहि भन्दै
पाउडर लाली अनि सिन्दुर टिका सोह्र सिंगार गन्दै
बस्छ्यौ बाटो कुरी कुरी ढुकी फस्छ जो कोहि हेर
गल्ति मेरो कसरी हुन गो, बैंश जानेछ खेर

यो सुनेर फूल ले आफ्नो जवाफमा भनिन :-

हेर्नु भोग्नु फरक छ कुरा हेरी आनन्द लिन्छन्
मेरो शैली प्रकृति र बनौट हेर्न मात्रै हो भन्छन्
हिलो गदगद मसी भरिएको पोखरी माझमा म
जन्मन्थे नि किन सहज रुपले नत्र बाच्थे कहा म ?
देख्दैनौ के सगिनी रुपबती नाम उनको गुलाब
कांडे झांग्मा लुकी लुकी नबसे पारिदिन्छन् सखाप
भंवारा भन्छ :-
संसारै यो बिबिध रंगले भोग्नलाई बनेको
आफ्नै स्वाभाविक प्रकृति सबको सुन्छु हुन्छन् भनेको
बन्दै रानीसरि रुपबती झ्यालमा झुल्किएर
बस्दा मेरो मन पनि त्यतै तानियो झुक्किएर
यौटा सानो अनुनय पनि पेश गर्छु म जान
श्रस्टा भन्छन् रस लिन निहुले गर्नु अर्को छ दान

भवरा भन्दै जान्छ -(लय परिबर्तन)
बुझ्नु है तिमीले कसोगरिकनै सन्सार यो चल्दछ
फुल्दै फूल बनेर बीज पछी त्यो रुखमा फलै फल्दछ
तिम्रो त्यो जिउको बनौट अति नै कोमल्र र नाजुक हुदा
हुन्छ्यौ सक्षम श्रीश्टि थाम्न तब पो पराग्ले योनी छुदा
त्यस्को लागि प्रिये ! मलाई विधिले सुम्पेर यो कर्मको
मेरो बर्गमहा अनेकन अरु जिम्मा दिए धर्मको
गर्छु पालन धर्मको घुमिफिरी रसमा अति लोभी भै
घुम्दा जीवन धान्न यो प्रतिक्रिया तिम्रो पनि हुन्छ है
प्राणि हेर कति यसै जगतमा बस्छन यहि रीतले
सन्तान वृद्धि गरेर बंश पनि लौ धान्छन् ठुलो प्रितले
स्तनपायी हरुको समान प्रक्रिया भाले र पोथी भनी
गर्भाधान क्रिया भईकन पुरा जन्मन्छ बच्चा पनि
क्रमश...

जापानाप्रति.!!!

ओहो कस्तो दैब लाग्यो भन्छु कठैबरी !
हरेशिब कति लाश ! गन्छु कठैबरी !

भाई बढे जन्ती बढ्छन मर्दा पर्दा मलामी,
सानो हात अघि सार्दै खन्छु कठैबरी !

सयौ झट्का दिनका दिन खपी बस्ने तिमीसंगै,
सुनामीको भागिदार बन्छु कठैबरी

केके जाति

उद्योगको घेराभित्र बैरिसित लड्नु जाति
टोके टोक्ला जावो मौरी गुलियोमा बढ्नु जाति

दाउ पेच लडाएर दिमागिको शेखी झार्दै
आँखाबाट ओझेलीइ कुना काप्चा सड्नु जाति

बृहस्पति एक्लो हुदा ठहरिए झूटा नर
न्यायमाथी हाँक दिदै तिखो शुली चढ्नु जाति

उच्च स्थान योग्यताको हुन्छ कदर गर्नेलाई
मुण्डन गरि भिक्ष्या मागी गुरुसँग पढ्नु जाति

बाक्पटुको पिठो बिक्छ मूकबाणी पण्डितको
ज्ञान कोची कान भित्र हिरा मोति जड्नु जाति

होलि !!

पुर्ब पश्चिम मेची काली उत्तरबाट धुन्चे
दक्षिणबाट नारायणी कान्तिपुर छुन्छे


चार जाति यी हुन् हेर रंग भर्ने झोला
छत्तिसै रंग यै झोलामा मिसाए के होला


चियापत्ति माड़ी माड़ी निकालेर रंग
डेउडा नाच नाच्नेलाई बनाएछ दंग

काम्लोमाथि बस भन्दै स्याखु फुकालेछ
भाङको लड्डु चखाउन पोको निकालेछ


असनदेखि इन्द्रचोक, बसन्तपुर माझ
नगरा र मादलुले गुन्जिएको सांझ


सबै व्यस्त सबै मस्त हातमा पिचकारी
सबै हामि एकै होउँ यउट़ा फूलबारी


आऊ खेलौ मिलिजुली आजको यो होलि
जे जे होला राजनीति यो देशमा भोलि


पर्ब चाड बाडौ साझा छाम्दै फरक झोली
खेल्दै जाउ सुन्दै आज चाचाको यो बोलि

चाचा - दर्पण

चाचा - दर्पण

धेरै कि थोरै न भन अब बुजिदेउ मर्मलाई
अक्षर गनी छुट्ट्याउ तिमि पाप र धर्मलाइ
खोजेर भर्न भरिन्न कैल्यै आधै छ धन्सार
आए र गए टिकेनन् कोहि भरि छ सन्सार
दिनमै चन्द्र उदाए पनि भेटिने रातमा हो
भोक र तिर्खा न मेटे सम्म चिनिन्न आत्मा यो
रिस र द्वेष मनमा राख्नु यो मात्र धोका हो
जिन्दगि यौटा कर्कलोमाथी पानीको फोका हो
बादल बर्षा सात दिने झरी आठौँ दिन टिक्दैन
कहिले काही अप्रिय सोचे संसारमा बिक्दैन
समय आउछ पर्खेनेछैन पारखी चुक्दैन
घमण्डी हुनु हुदैन हेर स्वाभिमान झुक्दैन
चिन र जान मानिस दुइ खाले हुन् संसारमा
जटाको भित्र नरिवल बिक्छ फायदा छ व्यापारमा
देखेर राम्रो बयर झांग्मा न पस लोभले
घुम्रेका तिखा काँडा ले कोर्दा झस्क्न्छौ क्षोभले
बाहिर देख्दा बयर राम्रो टिप्नलाई होश गर्नु
सफा र सेतो भित्र छ फल जटामा भर पर्नु
साच्चै हो कुरा छ पनि पुरा सुन्दा हो भनिन्छ
सुनेर मनमा खलबली उठे अप्रिय गनिन्छ
बोलेर झुटो मान्छेलाई खुसि पार्नेलाई कसैले
भन्दैन राम्रो न गर्नु आंट सम्झाउनु रसैले
मनको कुरा खुलाई दिल खोलेर पस्कनु
कसैको चित्त दुख्ला कि भनि पैले नै झस्कनु
इलमी बन्नु मनमा गुन्नु बुझेर सन्सार
खालि न बस्नु गरेर केहि बढाउनु बेपार
लिनु है अर्ति न गरि भेद मुर्ख यो भनेर
कमल फुल हिलोमा फुली शिर छुन्छ बनेर
चाचाको बसी बियालो आज यति नै भएछ
भेटौला पछी फुर्सदमा भाइ समय गएछ

नारि दिवस

नारि दिवस

इतिहास राखौ कोरी , नारि दिवसमा
मनमा जे छ ढिका फोरी, नारि दिवसमा


भित्र भित्रै अगम्य छन् जति सरल भए पनि
सकिंदैन लिन चोरी, नारि दिवसमा


लाली पाउडर गाजलुमा सजिएर झुक्क्याउछन्
तर पनि भित्र गोरी, नारि दिवसमा


हिरामोती नानाथरी सागरमा भेटिए झैँ
सबै दिन सक्ने छोरी, नारि दिवसमा


सत्यबान साबित्रिको कथा सम्झी ल्याउदा
को सक्छ र खोज्न जोरी, नारि दिवसमा

हांसी मर्नु बेश !!

यौवन छदै रुप तिम्रो छोडी दिएं मैले
तिमि संगै जिउने नाता तोडी दिए मैले


सपनाको लहरसंगै सजाएको महल
भत्काएर ईटाहरु फोडी दिए मैले


गोडी मेलि हुर्काएको सुन्दर त्यो फूल
उखेलेर चितासंग जोडी दिए मैले


तिम्रा मेरा स्मृतिहरू टाँगिएका चित्र
आँखाबाट आँशु झार्दै कोरी दिए मैले


मरी मरी बाच्नुभंदा हांसी मर्नु बेश
मन परेको छान्ने बाटो गोडी दिए मैले

उत्तरार्ध जीवनको आंधी संगै उड्यो
बाँध्ने आंट अझै भए डोरी दिए मै

Friday, March 4, 2011

गजल- लव म्यारिज

कसो गरि बाच्ने हजुर चिप्लो घस्न सकिएन
अधिनमा बस्नै पर्ने, गुन्टा कस्न सकिएन


तल माथि जे भए 'नि समाजकै चल्छ यहा
मन मिल्ने साथि लिदा घरमा पस्न सकिएन


आफ्नो इच्छा सगालेर दुनियालाई रिझाउन
जाँदा जाँदै दलदलेमा फस्न सकिएन


ठुला बढा मुखियाको निरङ्कुश मनोमानी
नमानेर घमण्डी भै मिलि बस्न सकिएन


'छिटो' हाले चोखो हुने मुटुभित्र लुकाउदा
जनै फ्याकी सिनोभित्र आफै खस्न सकिए

गजल- ''मेरो पिर''

फेस्बुक्मा शेर, शायरी, स्टाटस कुर्न गाह्रो भो
दुर्लभ भए कबिता काब्य प्रतिभा फुर्न गाह्रो भो


सपनाभरि मन्चन हुन्छन गोष्ठी र सम्मेलन
गजल तिरै ढल्कियो मन छन्दमा घुर्न गाह्रो भो


देखिए नयाँ फूलका गुच्छा रंगी र चंगी फुलेका
परिधिभित्र संयमित रही यो विधा तुर्न गाह्रो भो


छ सये एक लागेर भिड भत्ताको मुहान सुके झैँ
मक्ता र रद्दीफ सिद्दीन आँट्यो सामग्री जुर्न गाह्रो भो


बिभिन्न पेशा बिस्तृत बर्ग फरक छ ध्येय सबैको
सबैलाई यौटै साँचोमा ढाली भंडखारो पुर्न गाह्रो भो


छन्दमा मात्र कबिता कोर्ने यो '' विहंगमलाई''
संगसंगै टिप्दै पोल्टाको खाजा दगुर्न गार्हो भो

नशेमे बहो !!

तीनै नेत्र लिएर लोक तिनमा हर्ता र कर्ता बनी
त्यो चर्मासन को अगाडी भुइमा त्रिशुल गाड्ने पनि
घस्ने रंग बिरंग भस्म जिउमा हातमा लिंदै डबड़बे
शिरमा केश घुमाइ कुण्डली बन्यो गंगाजी भित्रै दबे
ओहो शान कति छ गोमन त्यहा बेरेर कन्ठै भरि
कोदाली सरिको फंडा गरि खडा सतर्क पाले सरि
ध्यान्मा मग्न भएर योगिहरुको आराध्य चिन्तन हुदा
रक्ष्या गर्नु छ काम मात्र जगमा अनिष्ठ्ले है छुदा
यस्ता शंकर बम् सदाशिब संगै गाँजा धतुरो जहर
तान्दै टोलभरि मुढाहरु धुनी बालेर रातको प्रहर
भोले बम् वमको लगाई रटना ''चाचा विहंगम'' पनि
भांगमा लट्ठ भएर बस्छ अहिले लौ आऊ तानौ भनि
मन्ले कर्म वचन् र ध्यान सबले यो कालरात्रि अहो !
कम्से कम् धतुरो भए पनि चलोस् भन्दै नशेमे बहो !!
महाशिब रात्रि ,

Friday, February 18, 2011

कठै !!

लुरु लुरु आफै आउथ्यो साझ पनि टर्यो कठै
आउदा आउदै बीच बाटोमा कसले के पो गर्यो कठै
मेलो तुरी फुकाउदा अलि कति ढिलै भा 'थ्यो
भोकाएको पनि थियो चर्न सम्म चर्यो कठै
उठाएको गाँस प्यारो हुन्छ टन्न न हुन्जेली
चन्द्रमाको उज्यालोमा आफ्नो पेट भर्यो कठै
बास सधै लेकमै बस्छ रागे पाटे छ रे जिउ
अजंगैको छ है भन्थे मनमा पिर पर्यो कठै
भेटेमात्र पाउँछ खान शिकार खोजि भौतारिदै
हिजो पनि हुँकारेर बेशितिर झर्यो कठै
धेरै दिनको भोको उ थ्यो देख्नासाथ झम्टि हाल्यो
पैले गर्धन चुसी मार्छ घाँटीमा नै धर्यो कठै
कति छट पट गर्यो होला बाच्ने दाउ हेर्दा हेर्दै
केहि शिप न लागेर आखिरमा मर्यो कठै
लछार पछार पार्दै तानी घिसारेर अझै पर
किलो मेरो रित्तो पारि आन्द्रा भुँडी छर्यो कठै
यौटा छुट्टै एक्लै पालि हलजोडी बनाएर
चलाएको छिमेकीको मेलो पछि सर्यो कठै
बिहानीमै पाइला गन्दै " विहंगम" बेशी झर्दा
शंका मनमा हुदा हुदै भाग्य उसकै हर्यो कठै
चाचा विहंगम
फेव' १७
भर्जिनिया

गजल

यौटा गजल फेसबुकमा बान्छु म पनि
काफिया रदिफको परम्परा धान्छु म पनि

मासको दालमा घिउले जिम्मु जस्तै
बर्ण-बिन्यासले गजल झान्छु म पनि

दोषमुक्त गजल कोर्ने रहर छ मेरो
हस्तीहरुको सुझाब मान्छु म पनि

किन कि यो विधामा नौलो प्रवेश हो
बाकि छ सिक्नु भन्ने ठान्छु म पनि

सबैले अपनाउने कका किकी नै हो
गिड गिडायेर शब्दहरु छान्छु म पनि

अग्रजहरुबाट सुझाबको आशा राखी
लेखनमा सुधार गर्दै लान्छु म पनि

घोडा चड्ने लड्छ त भन्छन विज्ञहरु
अघि बढ्नु पर्छ,बढाउदै जान्छु म पनि

एकलब्य त पार लागिछाड़े विद्यामा भने
जतिनै पनि गुरुको थप्पड खान्छु म पनि

प्रस्टै भन्छ कसैको जिज्ञासामा चाचा बिहंगम्
"लेखनको बिच बिचमा तान्छु म पनि

भ्यालेंटाइन् 2011

डुल्दै र घुम्दै उदायो फेरी बसेर भन भ्यालेंटाइन्
बनेर जोडी प्रेमले गोडी कसेर भन भ्यालेंटाइन्

जिन्दगि एक्लै अपुरो हुन्छ मायाको स्पर्श न पाए
चानचुने दिन हैन यो घुंडा धसेर भन भ्यालेंटाइन्

भंवरा तान्छ फूलको मह फूलले मौरी छान्दैन
सानो र ठुलो न भनि रसमा फसेर भन भ्यालेंटाइन्

सूर्यले धर्ति घुमाइ सेक्दै रापले तातो दिए झैँ
मुटुमा मुटु टांसेर नौनी घसेर भन भ्यालेंटाइन्

गरिब धनि जे भएपनि प्रेमले हुन्छ बराबर
कि तानी माथि कि ओर्ली तल खसेर भन भ्यालेंटाइन्

अलग हामि हुदैनौ भनि आत्मालाई साक्षी राखेर
कसम खाइ दुइ हात जोडी उठेर भन भ्यालेंटाइन्

प्रेमी मर्छ खुसीले उ रमाइ !

बर्षमा एक पटक हर सांझ
घुम्छ प्रेमी बिचमा दिन आज
बाहुमा कसिन गै किश गर्न
प्रष्ट पारि सबमा हटी लाज

प्रेम नक्कल गरेर गरे झैँ
धेर गर्छु तिमीलाई भनेरै
भेद खुल्छ कतिको छ लुकेको
भोलि प्रेम बदलिन्छ गनेरै

स्वामीलाई मनमा गरी याद
प्रेमको बचनले खुशीसाथ
मुल्यबान उपहार किनेर
दम्पति पनि हुने शिर ताज

प्रेम गर्नु सबलाई बराबर
प्रेममा घुमिरहन्छ चराचर
टिक्छ प्रेम नि रसायन बन्दै
बग्छ पानि दुइ ग्यास मिलेर

मिल्नु गासिनु र समेटिनु साथ
टासिनु मिलि दुइ एक गाथ
दृस्टीले प्रणयको गरी भाव
गर्नु शान उ प्रति भरी चाव

गर्नुहुन्न दुइले बेइमान
प्रेममा कदर हुन्छ इमान
बज्छ तालि दुइ हात ठटाइ
प्रेमी मर्छ खुसीले उ रमाइ

मुबारक !!!

स्टेप डाउन मा छ होसनिलाई मुबारक !
तिस बर्से सत्ता खोसनिलाई मुबारक !


अत्याचार सामु झुकेन कोहि
सडकमा आगो झोसनिलाई मुबारक !


घरभित्रै मतभेद के टिक्न सक्थ्यो
साइड बाट अगुल्टो ठोसनिलाई मुबारक !

को हेर्न सक्छ क्रान्ति र हिंसा
बिदेशी नीति पोसनिलाई मुबारक !


शहिद अमर रहन्छन सधै
प्रजातन्त्रको रोशनीलाई मुबारक !

छिमेकीलाई सराप्नुपर्दा....

ए ! ज्यू सुन्नुहवस खुला गरि ठूला कानका ति ढुन्ग्राहरु
मीठा बोलि बचन गरी कति पटक फाल्याछु भुन्ग्रा हरु
काठमान्डू भनिने यो स्वर्ग पुरीमा कुन जन्मका पुण्यले
तेरो भाग्यमहा थिएन कहिल्यै भेटेनछ्न अन्यले
दुइ आना भरको घडेरी म संगै काँ बाट आइ किनिस
बेचीस् कत्ति लीइस् कति घुस दीइस् के के थ्यो तेरो जिनिस
साँध मिच्ने दिनहु अलिअलि गरि फोहोर यता फाल्दिने
बारबन्देज न गरि पशु र पलुवा कुकुरहरु पाल्दिने
भाषा भेष पनि कछाड तिरको असभ्य पाखे परिस्
सुन्दर शान्त शहर मनोहर थियो विध्वंस तैले गरिस्
मेरो यो फूलबारीमा तुलसीको कसिंगर सेलाउने
भान्साको र जुठाल्नुको सब रछान् दुर्गन्ध फैलाउने
भन्नु लायक के छिमेकी भनिने चिनाउनु के गरी
आगन्तुक हरुको मुख्यान्जी कहिल्यै न आइज सिमा तरि
मेरो नै सहयोगले कति कुरा खाँचो हुंदामा पनि
पालो पालो गरी चलावस कुरा छिमेकी ता हो भनि
राख्दै यो मनमा सदाशय लिई नौलो छिमेकी भईस
अईले आइ समान बैरी गुनको नकच्चरो नै रहिस
भोको श्याल रुंगेर जंगल महा खोज्दो आहारा सरि
भुसतिघ्रे बयको नजरमा भयको छोरो बनाइस के गरी
झ्यालको भित्र बसेर तानी गरधन चियाउदै हेर्छ त्यो
मेरी छोरी पटि घरि घरी नजर घुमाउदै फेर्छ त्यो
बंगारा यसको म झार्छु कहिले याद आउछ जीवनभरी
कत्रो आंट गरेर साहस ठुलो यो गर्छ नि हे हरि !

सान्नानी

तिम्रो आज काम छैन सान्नानी
काम न भए दाम छैन सान्नानी
झरी - बादलको लुकामारी
साउनमा घाम छैन सान्नानी
दुइ चार पैसो दान पुण्य न गरे
जिन्दगीमा धाम छैन सान्नानी
मेलापात को जान्छ आज
अल्छी गरे माम छैन सान्नानी
तिहार आयो चेलीको चाड यो
भाग न हाले खाम छैन सान्नानी
उठी चिया चमेना गर्नलाई
पाउ रोटीमा जाम छैन सान्नानी
सान्नानी त सान्नानी भैगयौ
साँच्चै खाँटी नाम छैन सान्नानी
मिठो बोलि आँखामा गाजलु
नत्र चाचा राम छैन सान्नानी

Monday, January 31, 2011

जय शहिद !

आस्थाले जब शिखर चुम्छ
ओजस्वी मनमा देशै देश घुम्छ
उत्सर्ग, आहुति, जीवनदानले
ओतप्रोत हुन्छन भावी सन्तान,
तिरस्कृत हुन्छ तुच्छ स्वार्थ,
हराउछ पिडा देहको अनि
पालुवा हाल्छन भविष्य स्नेहले
यौटा नौलो पिण्ड सिर्जना गर्दै
बिकराल क्रन्दन, कोलाहल र
कालैकालको बिचमा यौटा प्राणी
शुलिमा चढेर हुंकार गर्छ
अनि भन्छ शहादत ! शहादत !!
म छैन , मेरो छैन ,
बाकि राख्न र बाच्न,
बाचेर बचाई राख्न, तुच्छ स्वार्थ
आहुति, समर्पण र सेवाको अगाडी
टिक्दैन कदापि टिक्दैन ,
गुम्सिएर भित्र बसेको रगत
उम्लिन थाल्छ , बाफिएर बाहिर
निस्कन खोज्छ अनि
फेरी एकपल्ट भित्रबाट
हुंकार जन्मन्छ शहादत !शहादत !!
जन्मभूमि, मातृभूमि ,स्वर्गभूमि,
अन्याय र अत्याचारको कर्म भुमि ?
यो हुन सक्दैन सक्दैन !
एकपल्ट बिलाएर हजारपल्ट जन्मनु
एउटा रक्त बिजको थालनी हो
यो अन्त्य अन्त्य हैन
अन्त्य न भै शुरुवात हुदैन,
म हुन्न म रहन्न
म रोपिन्छु कर्म भूमिको माटोमा ,
अनि फुल्छु फल्छु झान्गिन्छु,
नौलो बिहानी लिएर सुनौलो भविष्य सजाएर ,
मेरो अन्त्य नै शुरुवात हो अत्याचारिको काल हो,
म हुन्छु त्यो हुदैन म बाँच्छु त्यो मर्छ
म जित्छु त्यो हार्छ,
तर फरक छ ,
त्यसको अन्त्य नै मेरो उदय हो
स्वतन्त्रता को लागि
आदर्शकोलागी,
म पूर्वबाट फेरी उदाउछु सदाको लागि यो हुन्छ बिलिन,
एकपल्ट फेरी हुंकार जन्मियो , लौ हान ! लौ हान!!
ढ्वांग ढ्वांग गोलि चल्यो , समर्पण ! आहुति ! बलिदान !!
यस्तै हो बीरहरुको आदत ! शहादत ! शहादत !! शहादत !!!
आभास आउछ ,
शहादत महगो छ ,गह्रुङ्गो छ,
उज्ज्वल छ, स्वर्णिम छ,
प्रेमले पुजौ, भावनाले पुजा गरौ !
श्रद्धाले पुष्प अर्पण गरौ !
बिभुतिहरुमा नत मस्तक भएर
श्रद्धान्जली भरौ ! जय शहिद !!
जनवरी ३०,
भर्जिनिया .

मन मेरो

यो अकर्मण्य निष्क्रिय सरकार ढलाउँ भन्छ मन मेरो
कर्मठ युवा तैनाथ गरी देश् चलाउँ भन्छ मन मेरो
छानी र गनी बिकृतिहरु लाख बत्ति घोच्दै बाले झैँ
घिन र स्वार्थ को राजनीति जलाउँ भन्छ मन मेरो
विदेशबाट आयात गर्दा देशको हावा पानीमा
नमिल्ने शासन एसिड हाली गलाउँ भन्छ मन मेरो
शिक्षित सबै बनेर मिलि आफ्नो काम आफ्नो क्षेत्रमा
लगाई जागर बनेर माली फलाउँ भन्छ मन मेरो

जुन

जुन ? जुलाई पछिको ?
हैन हैन , महिना हैन
कुन त ? आकाशको
टल्कने जुनतारा भनेको ?
त्यो पनि हैन
के त ?
उ ,जे ,जो, कुन ,जुन त्यस्तो हो ?
त्यो नि हैन
अनि के त ?
सुन त !
नाम उनको जुन हो ति बस्छिन मनमा सिंगार रुपको गरि
देख्दैमा छ लठ्याउने मदसरि निर्दोष मनकि परी
चुल्ठो बाटी कपाल कोरी शिरमा उनेकि छिन चादनी
हिड़छिन दृष्टि घुमाइ चाल छरितो करेणुका झैँ बनि
बाहु ति दुइमा चुरा सुनचुरी पोते गलामा छरि
आँखा गाजलुले बुनेर रंगको टिका निधारमा धरि
जिउको डोल सुड़ोल स्तम्भ कदली उँचा ति बक्ष्यस्थल
चंद्रै पूर्ण बनेर बस्छ हसिलो निधारको त्यो तल
उज्ज्वल झलमल पारि ओठ दुइमा झुल्किन्छ हासो छटा
शिरमा केश लुकाई बस्छिन निशा गहन छ जंगल घटा
त्यस्ती ति जुन हुन् लजालु छ नजर बस्छिन ति नेपालमा
मनमनमा सब ति कुमार जति छन जुन खोजि बस्छन यहा !!

गुन्जने छ तालि

दिउ दिउ लाग्छ नेतालाई कुसुमको थालि
बदनाम भई हाले न दिउ यसपाली

गर्न बाकि धेरै नै छ यिनले अझ के के
बेच्ने दाउ हेर्दैछन कि बिदेशमा आफ्नै शालि


यौटा हात उठिहाल्यो अनायास रोक्दा रोक्दै
फेरी पनि चड्कन खाए गुन्जने छ तालि


जस्तो रोप्यो त्यस्तै फल्छ बिउ असल न छानेमा
दोष पाउने को पो होला बिउ पो हो कि माली


सट्टा पट्टा गर्न मिल्ने कुरो देश हैन
नेता असल छान्नै पर्छ उचित कदम चाली


सय बर्ष लाग्छ भन्छन असल नेता जन्माउन
छिचिमिरा जस्तै अझै भेट्टीइन्छन् सबै जाली


आफ्नो देश बचाउने सबैको छ जिम्मेवारी
सबै अब लागि परौ आफ्नै ज्यु ज्यान् फाली !
लौ न अब लागि परौ आफ्नै ज्यु ज्यान् फाली !

Tuesday, January 25, 2011

बालगीत -ए- गजल

भर्खर बस्यो जुँगाको रेखी म माया लाउन मान्दिन
सुन्नु र बुझ्नु धेरै छ बाकि मायाको भाका जान्दिन
सिक्ने र जान्ने उमेर मेरो अल्लारे मलाई भन्दैछन्
दाइहरुसग गएर भट्टी म सर्को तान्दीन
पढेर लेखि म ठुलो बन्छु किताब काखी च्यापेर
अँध्यारो भित्र प्रकाश छर्छु म गोलि हान्दीन
पुर्ख्यौली रित थाम्नु छ मलाई बिकृतिहरु रोकेर
अइलेको युबा पिढिको बांगो चलन धान्दीन
परिक्षा पास गरेर मेरो जिन्दगि सफल पार्नलाई
जानी र बुझी कदम चाल्छु न हुने कुरा छान्दीन
समय खेर न फाली अब सुमार्ग रोज्दै लम्केर
मौकामा हिरा न फोरी बस्न म उचित ठान्दिन
भर्खर बस्यो जुँगाको रेखी म माया लाउन मान्दिन
सुन्नु र बुझ्नु धेरै छ बाकि मायाको भाका जान्दि

बिजुली

हो , नाम हो बिजुली तर नेपालको !
अनि किन न हुनु त झुलुक्क,
थाहै न पाई आउछिन पुलुक्क ,
यिनको बानि यस्तै हो बराजु
गएको थाहै हुदैन लुरुक्क ,
आफिसमा हाकिम जस्तै गुडेर
आउछिन अनि जान्छिन भुरुक्क ,
कोसेली खान पल्केपछी के त !
आउदा जो पनि हुन्छ फुरुक्क ,
यहा पानि पनि त यस्तै हो नि !
आउछिन र गैहाल्छिंन सुरुक्क ,
एकछिन न गा भे नि हुन्थ्यो
अंध्यारोमा को उठ्छ जुरुक्क ,
भुइचालो जस्तै छ त यिनको बानि
गएपछि डरले सबै तुरुक्क ,
यो भन्दा त बरु 'हाइटी' राम्रो
कतिसम्म रुवाएको एसले धुरुक्क ,
के तलब बढ्न पांच वर्ष कुर्नु पर्दैन र !
आ`वोस भनेर सबै हुन्छन हुरुक्क ,
केहि लछार्दैन इन्टर पोल एफ बि आइ ले
कसैको प्राणै जावस न घुरुक्क ,
असनमा फाला फाल छ रे !
लालटिन किन अब खुरुक्क !

Wednesday, January 19, 2011

चट्ट गुन्द्रूक साँधी !!

गाउँ पाखा सखिहरु संगै डण्डीब्यो खेली बन्मा
बित्ने जीवन सहज रुपले सम्झदा भित्र मन्मा
पढ्दै खेल्दै गुरुघर गइ काममा ब्यस्त बन्दा
सादा जीवन कति सरल थियो कम्प्युटर टिभी भन्दा !


फर्की हेर्छु छ दसक अघिको दिब्य त्यो काम काज
भन्छु, नातिहरु सब सुनी पर्दछन् छक्क आज
घरका सारा जनहरु उपर बाबुआमा छहारी
खेतीबारी समय समयको चाड बित्थ्यो लघारी !


जुवा गोरु अनि असल हलो बन्चरो मुख्य हूने
गाइ बाख्रा घरभरि भई गोठमा भैसी दूने
पाखा बारी पुगिसरी हुँदा खेतको छैन दुख्ख
कोदो आलु मकई र मुला मासखेती छ मुख्य !


उखु खेति नगद भरने नोकरी छैन काम
लूगा फाटो अनि नुन जिरा किन्न लाइ दिन्छ दाम
गाऊ का घर वरपर छरिई पालि छाना भएका
आँगन जाँतो ढिकी पछि पराल् माच माथि रहेका !

बारी पाखा मलजल थपिने आशमा कोइली गाउछ
मन्सुन् बर्षा ऋतु बद्लिदा जोश तातेर आउछ
डोको नाम्लो घरघर ठडियो भर्न मल् खादी खांदी
खाजा बाड़छिन् घरबुढी खुसीले चट्ट गुन्द्रूक साँधी !

मकर संक्रान्ति

यी सुर्जे भागबान् चढेर रथमा यो विश्व नै हाक्दछन्
बार्है राशि बटोली तिस्दिन बसी बार्है पटक सर्दछन्
हामि हौ अनुयायी सूर्य दिनको सक्रान्ति भन्दै गनी
माछासम्म पुगेर फेर घुमी फिरी भेडैमा आउछन् उनि
यिनको चक्करले दिमाग नरको बसाइ पिच्छे फरक्
सोचाइ र गराईमा पनि सधै उतार चढाब् को हरक्
गोहिमा म त सर्छु आज मनुवा भन्दै हिंडेको दिन
लामो रात घटाई त्यो दिन अझै लम्ब्याउनु पर्ने किन ?
उत्तर दक्षिणको बनाई अखडा एता र कैले उता
गर्दामा सब पृथ्वीमा पनि चहल् पहल् छ देख्छु म ता
घ्यु चाकु तिलको छ लड्डु खँदिलो गाईको होस् ताजा घिउ
पालुंगो हरियो पिंडालु र तरुल , डोलो तरुलको जिउ
के के हो अरु कुन्नि ठाउ र प्रदेश खाने कुरा हो जुन
उखु वा उखुको सखर पनि मिठो मिलाई खाँदा हुन
पापैलाई पखाल्न पानि न पुगी होला नि तिर्थे भनि
उज्जैन ,नासिक ,त्यो प्रयाग र हरि द्वारमा नुहाउने पनि
देखें भोग पनि गरें कति पटक पन्जाबको माघीको
सर्सों साग र रोटि मक्की दि भनि बाल्दै ठुटा टाँगीको
जे गर्दा मन यो प्रसन्न हुन गै थामिन्छ यो भ्रान्ति झैँ
आजै यो दिन पुण्य चाड ऋतुको घुमोस् है संक्रान्ति भै !
जनवरी १४
भर्जिनिया,
चाचा विहंगम

Friday, January 14, 2011

बाल कबिता - भंगेरा

बस्छु झ्यांस र घुस्यान मिसाई
गौथली संगसगै न रिसाई
गाउको घरघरै गरि डेरा
तीन अक्षर छ नाउ भंगेरा !

सानु सानु जिउको छु हलुका
छैन बन्धन कतै म छु फूका
भागि हाल्छु कहिँ लठ्ठी उठाए
खेल्छु बालक संगै न अँठ्याए !


भुर्र भुर्र नभमा उडी चारा
खोज्छु हिंड्छु दिनहुँ भुइँ सारा
देख्छु आँगन भरि छरिएको
पोखी बिस्कुन उठाई रहेको !


भोक प्यास अति नै गरि जाग्छ
बेइमान हरुको डर लाग्छ
चर्न जाउ कि न जाउ नजीकै
देख्दछु घरबुढी पनि ठीकै !


आंट गर्छु अति छिन् ति दयालु
छेउमा गइ बसी बनि चालु
फुर्र फुर्र गरि हेरी खजाना
बढ़दछु अघि निकै टिपी खाना !


पेट सानु त्यसमा पनि पानि
पिउनु पर्छ रसिलो गुण जानी
बच्नु पर्छ कति छन् कति ब्याधा
हुन्छ शोक पिरले जिउ आधा !


गोलि बारुद धराप गुलेली
शत्रु छन् वरिपरी अति झेली
गर्छु तैपनि हितै टिपी कीरा
बालि बोटहरुको बनि हीरा !


रात पर्छ अब दिन् बितिहाल्यो
पेटमा अलिकति परि हाल्यो
बच्नु पर्छ गुंडमा छली आंधी
लोभ छाडी अब बस्छु समाधि !


तीन अक्षर छ नाउ भंगेरा
बाबु हो मकन देउ सहारा
पाठ घोक पिंडी मा बसी हेर्दै
चित्रमा कलमले रंग फेर्दै !

चाचा विहंगम ,
भर्जिनिया, जनवरी १२

हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !

by Chacha Bihangam on Friday, January 7, 2011 at 5:45am
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
बन्जर मेरो छातीमा माया दरेर हुन्थ्यो के !
माछाको पित्त दुबैको चित्त लट्टाई मा बेर्या धागो झैँ !
पैलेको बाचा कबुल पुरा गरेर हुन्थ्यो के !


खनि र खोस्री मल्जल गर्दा हुर्कने माया बेलैमा !
पत्थर बाँझो खेतमा गाइ चरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !

मनको भित्र पलाई टुसा झाँगिन पर्नेमा !
देखेको सिको बतासे माया छरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के


देखाउने माया बाहिरमात्र साच्चिकै माया रसाउदा !
असिना जस्तै दर्कने फाटो टरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !


किनारा वारि किनारापारी अँगालो मारी बस्ने मन् !
दुबैले हात समाई जघार तरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !



पहिलो भेट गाढा र लामो बिहानी छाया झैँ !
न सकी थाम्न अरु नै मन परेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !


भनिन्छ माया पाथीले नापे चुलिदै भैमा झर्छ रे !
छातीको न्यानो सासले माया भरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !


छत्तीसे माया के माया भो र त्रिसठ्ठी माया न पाए !
दिएर धोका छिमेक्मै डेरा सरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !

जनवरी ७ ,
भर्जिनिया.

मनको बह !

मनको बह न पोखिकनै आफ्नै मन् भाचुं कि ?
एकबारको चोला यस्तै हो भनि मुटुमै साचुं कि ?
नियाली हेर्दा देखिन्छ धब्बा पूर्णेको चन्द्र मा !
नम्बरी सुन्मा के लाग्यो दाग कसीमा जाचुं कि ?
बनमा न्याउली बिरह बोल्छ जुनतारा देख्दैन !
बिसाई भारि चौतारिमाझ एक्लै पो नाचूँ कि ?
मनको मैलो साबुन दली पखाल्न सकिन्न !
पिएर बिष जिन्दगि भरि दोषी भै बाचूँ कि
virginia
jaunary.

राम्री केटि खोज्या हो ज्यू ?

राम्री छु यस अर्थमा सुन प्रिये ! मन्को हिरा मोति झैँ
हेर्छो खालि निधार ओठ रसिलो पाइन्न त्यो खोज्न गै !
बुझ्नु बाकि कति छ चाल चलनै कुल्को र मुल्को चुरो
भन्नु के छ र खोलि बाक्य रसिलो देख्छु कपाल्को जुरो !
तिम्रो के छ बिचार सोध्छु म पनि खोलेर दिल जे छ है
यात्रा जीवनको निभाउन तिमि सक्षम कति छौ ल खै ?
शंका छैन म ता तयार छु परम्परा निभाउने कुरा
केटाको जति आनी बानि र कुरा लुक्दैन हाम्रो पुरा !
आँटिलो हुनुपर्छ योग्य बरले प्रस्ताब आउदै गरे
साथ्मा साथ दिएर यो बहुरुपी सन्सार सब्ले तरे !
खुट्टा कांपी कपाई त्यो नदी जंघार तर्ने कुरा छाडी देउ
हिम्मत बाँधी कमर कसेर अहिल्यै शंका जति फाली देउ !
पुत्री हुन कि सुपुत्र शुद्ध कुलमा जन्मेर हुर्की बढे
लायक् छन् ति दुबै सुबन्धन बिहे गरेर मन्त्रै पढे !
जोडी मिल्न कठिन छ हेर मनमा साचेर सोचे सरि
यौटा बिन्दु छ त्यो छ ग्राह्य दुइमा बिस्वास जित्ने गरि !
केटि खोज न खोज केटि जसले आफ्नो भलो सोच्दछन्
केटाको हितमा समर्पित भई घरको भलो रोज्दछन् !
(कन्यार्थीहरुको गुनासोमा आधारित)

Saturday, January 1, 2011

happy new year: I do hope still i dare !!

looking back to two o ten !
crossing a long journey,
then and now!
grew up a bit older,
loss of memories!
closer to destiny,
dreams of worries!
little more unable,
shortened limbs !
added values ,
to grey matter!
an asset to nation,
a burden to family!
a hate to neighbor,
saddened friends !
a gloomy home,
deserted garden!
lonely issues,
tears in the eyes,
unhappy pets !
screws and nuts jammed,
quirking doors !
no, i don't any more,
happy birthdays to hear !
repeatedly came and,
took my youth !
that's true everybody,
it took my look !
grey hair, eyebrows,
growing grey beards !
frightened grandchild,
scarred ,running away !
celebrating gladly,
happy new year to-day !
would you like to see your face,
in the mirror to-morrow !
looking back to two o eleven,
would you like to see your face !
in the mirror again and again,
next year in two o twelve !
dreadful, fearful , wrinkled own face,
celebrating new year how can you face ?
again new year how can you dare ?
i do have hope,
still i dare!
New year's Eve,
2010.
Virginia

शुभ कामना !!!

बसन्तले संधैभरी हरियाली फेरे जस्तै
बसन्तीले मोहनीको छड्के आँखा हेरे जस्तै
बर्षे भरि एघारमा चिताएको कुरा
कामना त्यो पुगीरहोस् पाउमा पोस फेरे जस्तै !


सिरी सिरी चिसो हावा बहोस् जिन्दगीमा
कर्म क्षेत्र अघि बढोस् उच्चताको तयारीमा
आउदै जादै गर्ने दुख-सुखको त बानि नै हो
फुलाउन छाड्नु हुन्न गुलाब त्यो फूलबारीमा !


नव बर्ष फुलोस फलोस पूर्ण चन्द्र उदाए झैँ
सुख शान्ति बनि रहोस मन्दिरमा जुटाए झैँ
मिलि जुली सबै बसुन प्रति दाना अनारमा
फोरी हेर्दा बसेका छन् सबै भित्र अटाए झैँ