Wednesday, August 17, 2011
यसरी जन्मिएँ म
by Chacha Bihangam on Monday, July 18, 2011 at 10:13am
जन्म दिनको शुभ कामना व्यक्त गर्नु हुने तथा अभिव्यक्तिको संगै कति बर्ष ? भनेर जिज्ञासा राख्नु हुने समस्त शुभेक्छुक
हरुमा धन्यबाद सहित जन्मदाको घटना बर्णन गरि यो कविता पस्केको छु / के कस्तो लाग्छ , बर्ष छुट्टयाउने अभिभारा
पाठक हरुमै / अभिबादन !
बस्थें हात पछाडी पारि शिरमा घुंडा अगाडी पटि
खुट्टा दोब्रिन गै रह्यो डुबी डुबी त्यो ब्रह्म रसमा कटि
यस्तो गर्भको सालनाल बिचमा सास फेर्न धौ धौ थियो
नौमैना कति दिन बित्यो अनि शरीर खोज्दैथ्यो बाटो चियो
हलचल मच्चिन गो सर्याक् सुरुक भै थैलो निचर्यो पनि
आमा कस्ट महा कति सहनु भो था छैन के भो भनि
कैले माथि पटि घुमेर शिर यो तैरंछ छट्पट भई
कैले घोप्टिन जान्छु द्वारतिर नै हुत्तिन्छ झटपट गई
सोधु सोधु मलाइ लाग्छ मनमा आमा कति भो दुख
कैले निस्कन सक्छु बाहिर त्यहा लौ हेर्न तिम्रो मुख
भन्दै सोची गुमाई होश कहिले कुरा संगाल्दै थिए
व्हात्तै के कसरी ठुलो झटकले संसारमा ओर्लिए
घटना यो परिवारमा हुन गयो पण्डित रुपाखेतीको
पैरेको घरमा पिताश्री, जननी ति केशबी मात्रीको
श्रावन एक गते नक्षत्र गतिलो चित्रापछिल्लो पद
स्वातिको संगमा मिलेर दुइमा राशि तुला भो अब
बिक्रम सम्बत बर्ष बाकि दुइ भै पुगेन हज्जार दुइ
जन्मियो शुभ दिन छ नाम दिउ के भन्दै दिनु भो मुइ
रामको नाम संधै बनेर प्रिय झैँ कनिष्ठ यो झन् प्रिये
आएको दश गर्भमा अति असल नाम् राम होस् है श्रिये
भन्दै नामकरण गरेर बिधिबत दानपुण्य आदि गरि
मायाले खुशीले कनिष्ट म हुँदा कान्छो भएँ घरभरि
धन्यबाद !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment