Sunday, December 4, 2011

शिशिर कसरि पार गरु म !

अहो ! कस्तो चिसो शिशिर ऋतुको कोमल रबि
प्रतिक्षा गर्दैमा दिन पनि बिलाए ढलि छबि


सुकेका सर्लक्कै सकल रुखका हातहरु छन्
हरिया देखिन्नन् सब झरी गए पातहरु झन्


तुषारो सर्बत्रै छरिएर जमेको छ गहिरो
चहुर डाडा पाखो सब नजरमा फुंग कुहिरो


ठिहिरोले काम्दै थर थर गरि सब जनहरु
घुमी खोज्छन न्यानो सिरक कि त अंगेनो भनि बरु


लुकेका हुन्छन कि घरि मुनि दुइ पाखुरी हरु
घुसारी खल्तीमा मुठी कसी जसै अंगुल तरु


निशाको लामो त्यो गहन अति नै क्रुर चकमन्
पुकार्छन् निद्रामा सबितरी !भगाई देउ भनि जन्


मिठो चिल्लो तातो मनभरि आहारा लिई कुदि
शरीरमा उर्जाले भरिन गइ लाग्ने गुद गुदि


लुकामारी खेल्छन प्रिथिबी र यी तारागण हरु
चिसो तातो छ्याप्दै मकन अति दिन्छन दुख अरु


बरु फर्कि जावस द्रुत गति लिदै फेर्छु म दम
ऋतु खप्नै गाह्रो शिशिर कसरि पार गरु म !

No comments:

Post a Comment