Wednesday, December 21, 2011

यस्तै छ त नेपाल !

म सुत्छु हाली हिउको सिरानी
बिहिन राजा म छु यौटी रानी
छु देश सिङ्गै कति गर्ब गर्नु
जडिबुटीको छ हिमाल खानि


नदीहरुमा अति स्वच्छ पानि
कुलो खने आउछ खेत जानी
फलाउने छन् फल फूल अन्न
जमीन माटो रस छानी छानी


गुराँस फुल्ने ढकमक्क लेक
ति शृंखला युक्त पहाडी भेक
चिसो छ झरना मुनि ताल् गहिरो
चट्टान भिरमा जसरि छ केक


बनस्पतिका थरि रूप नाना
दिन्छन यिनैले परखाल छाना
आजन्म तिनको उपयोग हुन्छ
पशुहरुको पनि मुख्य खाना

अति छ सुन्दर हिउको पहाड
उ तान्छ घुम्ने हरुको बहाड
सम्हाली थाम्छु थर जात जाति
फरक फरक छन् सब को चहाड


समुद्र सपना सरिको छ मेरो
तराइदेखि मुगलानी घेरो
सुबर्ण नाना थरि द्रब्य दिन्छन
बटुल्छु डुल्दै रमणीय फेरो


छन् दून भ्याली र उपत्यका कि
बिशाल छाती भर गर्दछन यी
अडाउँदै यान बिमान अंगमा
डुलेर ब्यापार ती गर्दछन नि


बुलाकी लाउछु बुकी नै फुलेको
छ केश बाट्दा चउंरी झुलेको
मुनाल डाँफे हरु गीत गाउँछन्
मयुरको पंख अति खुलेको


धिमाल देउडा अनि थारु नाच
भजन र किर्तन अरु नै समाज
कति थरिका म समेटी बस्छु
हर्छन् सबैका मन छामी जांच


नदि र नाला पसिना बगाउछु
बेरोजगारी पहिल्यै भगाउछु
म पाल्छु पेशा कति भिन्न भिन्न
कुमालको पात्र झिकी सजाउछु


ती लेक दिन्छन रसदार स्याउ
उद्योग खोल्नेछु म हेरी भाउ
बन्नेछ नाना थरि पेय सर्बत
सुकाई साँच्ने गरि हेर दाउ


जति म झर्छु तलको बिसौनी
छुर्पी छ दुध्को अनि चीज नौनी
फलाउछु अन्न मलै जलैले
उद्योग गर्ने तिमि आफु हौ नि


तराइ हास्छन् दुइ हात् फिजाई
पसारी गोडा जलले भिजाई
भकारी थापी भर अन्न मेरो
भनि म बस्छु सबलाई गिज्याई

पछ्यौरी मा चन्द्र र सूर्य लिन्छु
निधारमा सिम्रिक बोकी हिड्छु
सहन्न हिँसा अनि काटमार
दुहेर गाइ अरुलाई म दिन्छु


यदि कसैले हतियार ल्याई
बिथोल्छ शान्ति दुख दिन्छ आइ
भने सहन्न प्रतिरोध गर्छु
म जाइ लाग्छु खुकुरी समाई


सिधा सफा जीवन उच्च शैली
कमाइ केवल पसिनाको थैली
लिएर मनमा सबको स्वतन्त्रता
सीमासुरक्षा गरि बस्छु फैली

No comments:

Post a Comment