Wednesday, September 14, 2011

मुनि छ संधै अँधेरो !

by Chacha Bihangam on Monday, June 6, 2011 at 11:15am
मायाको खेति रोपेको मैले फेद काट्यो किराले
हिराको औठी प्रियाको चासो मन काट्यो हिराले
झरेका पात,ति नांगा रुख बसन्त सुत्यो घुरेर
यौबन आयो बसेन पर्खि कोइलीको भाका कुरेर
न हुने यौटै धन र मन मन जित्ने धनै हो
धनले पेल्दा मन फाटी हाल्ने बिगार्ने मनै हो
कसैलाई धन कसैलाई माया तल र माथि को लेख्छ ?
मिल्दैन रेछ ताल र मेल कर्मको खेल को देख्छ ?
बाटो र घाटो ओडारमुनी सबैको साझा पँधेरो
के गर्नु भाइ बत्तिको मुनि छ संधै अँधेरो

No comments:

Post a Comment