by Chacha Bihangam on Sunday, April 24, 2011 at 10:42pm
जन्मियो कि फस्यो चक्र ब्युहमा जीवानान्तर
भुबरितुल्य सागरमा डुंगा झैँ घुम्छ यो नर
मलमुत्रादिले ब्याप्त भोक तिर्खा सहिष्णुता
तातो चिसो र ब्याधिको घर नै बन्छ देह ता
लम्पसार छ पृथ्वीमा बाल्यकाल बिताउदै
प्रतिकूल सहि बस्नु नियतिले सताउदै
चल्दैनन् अङ्ग प्रत्यंग आफ्नो काम समाउन
देखेका बस्तु ति के हुन् उ सक्दैन ठम्याउन
आशामा अरुकै खालि भर पर्नु छ केवल
शिशु भै बाच्नु पर्दाको दुख भोगाई पल्पल
बिताई कति दिन यस्तो बल्ल टेकी घुडा जब
उठेर दौडु कि भन्दा बामे सर्ने भयो अब
हेर्छ देख्छ सबैलाई उफ्री उफ्री खडा हुँदै
दौडेका अनि त्यो घरमा भरेंग पनि उक्लंदै
मनले भन्छ झम्टेर अगाडी उसको बढौं
तर के मान्छ खुट्टाले उठ्न खोज्दै कति लडौं
बल्ल बल्ल बिताएर यस्तो यो नर शैशब
प्रवेश गर्छ केटा बा केटीमा हुर्कैदै जब
खेल्न खानु अनि सुत्नु निद्रा भोक हटाउनु
साथीको संगमा बस्नु मन लाग्छ रमाउनु
तर त्यो स्कूल भन्नेले दुख दिन्छ निरन्तर
किताब भारि त्यो बोकी हिड्नाले हुन्छ अन्तर
गुरुको धम्कि त्यो ठुलो बाउ आमा रिसाउने
स्वन्त्रन्त्रता कहा पाउ मन्को बोझ बिसाउने
रिति नै सबको यस्तै थाल्छु मन बुझाउन
बुझ्न थालें सबैको यो मनस्थिति कजाउन
यस्तै गर्दै पढी बढ्दै बल्ल हुर्कें बिते दिन
अब ता मन यो थाल्छ युबतिमा रुची लिन
मन यो गर्छ कोहि होस् माया गर्ने कि मै गरूँ
घरमा अरु कोहिले थाहा पाए म नै मरुँ
लुक्दै चोर्दै जवानी यो हुत्तिन्छ खै भबिष्य के
कसरि हुन्छ निर्बाह खुट्टा चिप्लिन जान्छ हे
दिशा निर्देश को दिन्छ बाबु आमा म मान्दिन
मनमा बस्छ जो मेरो अरु कोहि म जान्दिन
शिक्ष्याले दिनुपर्थ्यो जे सबै गर्छन् कहाँ पुरा
म मेरो भाग्यलाई नै थोपिरिदिन्छु त्यो कुरा
यसरि नै बिताएर जवानी भरको रिन
बोझ संसारको बोकी सहन्छु दुखको दिन
यहि हो नियति भन्दै मन मेरो कराउछ
पश्चाताप कति गर्नु होश मेरो हराउछ
बटुलीन्छ यहा नेर जिन्दगीको अनुभब
बेलैमा सबले थाहा पाई राख ल है अब
संसारभरमा कत्ति आउदै जादै चराचर
घुम्छन् यै रीतले हेर तिम्रै छ दृस्टी गोचर
दृस्टी भन्छ:-
बाटो लाग्न कठिन छ हेर पहिले बिताई यो शैशब
इच्छा धेर पुरा हुदैन कहिल्यै पाइन्न त्यो बैभब
No comments:
Post a Comment