Friday, February 18, 2011

प्रेमी मर्छ खुसीले उ रमाइ !

बर्षमा एक पटक हर सांझ
घुम्छ प्रेमी बिचमा दिन आज
बाहुमा कसिन गै किश गर्न
प्रष्ट पारि सबमा हटी लाज

प्रेम नक्कल गरेर गरे झैँ
धेर गर्छु तिमीलाई भनेरै
भेद खुल्छ कतिको छ लुकेको
भोलि प्रेम बदलिन्छ गनेरै

स्वामीलाई मनमा गरी याद
प्रेमको बचनले खुशीसाथ
मुल्यबान उपहार किनेर
दम्पति पनि हुने शिर ताज

प्रेम गर्नु सबलाई बराबर
प्रेममा घुमिरहन्छ चराचर
टिक्छ प्रेम नि रसायन बन्दै
बग्छ पानि दुइ ग्यास मिलेर

मिल्नु गासिनु र समेटिनु साथ
टासिनु मिलि दुइ एक गाथ
दृस्टीले प्रणयको गरी भाव
गर्नु शान उ प्रति भरी चाव

गर्नुहुन्न दुइले बेइमान
प्रेममा कदर हुन्छ इमान
बज्छ तालि दुइ हात ठटाइ
प्रेमी मर्छ खुसीले उ रमाइ

No comments:

Post a Comment