Monday, March 28, 2011

चाचा - दर्पण

चाचा - दर्पण

धेरै कि थोरै न भन अब बुजिदेउ मर्मलाई
अक्षर गनी छुट्ट्याउ तिमि पाप र धर्मलाइ
खोजेर भर्न भरिन्न कैल्यै आधै छ धन्सार
आए र गए टिकेनन् कोहि भरि छ सन्सार
दिनमै चन्द्र उदाए पनि भेटिने रातमा हो
भोक र तिर्खा न मेटे सम्म चिनिन्न आत्मा यो
रिस र द्वेष मनमा राख्नु यो मात्र धोका हो
जिन्दगि यौटा कर्कलोमाथी पानीको फोका हो
बादल बर्षा सात दिने झरी आठौँ दिन टिक्दैन
कहिले काही अप्रिय सोचे संसारमा बिक्दैन
समय आउछ पर्खेनेछैन पारखी चुक्दैन
घमण्डी हुनु हुदैन हेर स्वाभिमान झुक्दैन
चिन र जान मानिस दुइ खाले हुन् संसारमा
जटाको भित्र नरिवल बिक्छ फायदा छ व्यापारमा
देखेर राम्रो बयर झांग्मा न पस लोभले
घुम्रेका तिखा काँडा ले कोर्दा झस्क्न्छौ क्षोभले
बाहिर देख्दा बयर राम्रो टिप्नलाई होश गर्नु
सफा र सेतो भित्र छ फल जटामा भर पर्नु
साच्चै हो कुरा छ पनि पुरा सुन्दा हो भनिन्छ
सुनेर मनमा खलबली उठे अप्रिय गनिन्छ
बोलेर झुटो मान्छेलाई खुसि पार्नेलाई कसैले
भन्दैन राम्रो न गर्नु आंट सम्झाउनु रसैले
मनको कुरा खुलाई दिल खोलेर पस्कनु
कसैको चित्त दुख्ला कि भनि पैले नै झस्कनु
इलमी बन्नु मनमा गुन्नु बुझेर सन्सार
खालि न बस्नु गरेर केहि बढाउनु बेपार
लिनु है अर्ति न गरि भेद मुर्ख यो भनेर
कमल फुल हिलोमा फुली शिर छुन्छ बनेर
चाचाको बसी बियालो आज यति नै भएछ
भेटौला पछी फुर्सदमा भाइ समय गएछ

No comments:

Post a Comment