बैशाखी हुनु पर्दथ्यो मदतको भारि भयो लौ यहा
डुंगा तैरन छाडी बोझ हुन गै ढुंगा सरि भो त्यहा
इन्द्रियै हरु को त के गरु कुरा यसो मनोरंजन
भागीदार बनि मजा लिउ भने नोकर सरि गन्छन
यात्रा हेर जटिल बन्यो भुबरिमा नाउ फसे झैँ गरि
गार्हो उक्लन हुन्छ त्यो शिखरमा दमको बिरामी सरि
लामो रात बिहिन-बास बटुवा चिसो पसि कम्पन
गर्दै ड़ग् डग कांपि भेट्न ति उषा गर्दै बलात् सम्झन
यात्रा यो मनको हुनेछ कसरी गर्दैन तनले पुरा
देख्ने नेत्र भने बढी बढी अघि सोच्दोछ भित्रि कुरा
आत्मालाई र देहलाई बटुली अनन्त भेट्टाउन
तन देखि मनसम्मको कठिन यो सकिन्न टुंग्याउन
खोजुं खोजि पसेर छाम्न गहिरो कि मार्गको हो भ्रम
कि त्यो शुभ्र सफा सुनिस्चित दिशा पैल्याउनै भो श्रम
के मा दोष छ मार्ग हो कि त यिनै षडेंन्द्रियै खेल्दछन
जे होस् ब्यापक त्यो असक्ष्यम बनी यात्रा दुखी झेल्दछन्
तन यो नश्वर रेछ ब्याधिहरुले गाँजेर बस्ने संधै
जिबन मृत्यु अंगाली आखिर पछि भेटिन्न त्यो मृत्यु भै
आत्मा को त भयो सुनिस्चित दिशा अजर अमर त्यो हुने
यात्रा मुस्किल रेछ पुग्नु कसरी त्यो बस्तु स्वर्गै छुने
जो कोहि हुन जान्छ काग -कुहिरो अलमल छ बाटोभरि
आत्मालाई चिनेंर हिड्न न सके पुगिन्छ काहा मरि
त्यसकारण बुझनु, बुझेर पुजनु आत्मा ठुलो हो भनि
तनको भोग बिलाश छाडी मनले यात्रा त पक्कै छनि
No comments:
Post a Comment