Monday, September 19, 2011

पख्नुस त, नेपाल जान लाग्या भए !

सुन्छु आज म के यहा खुश खबर स्वदेशमा भित्रिन

जानुहुन्छ अरे कतिदिन उतै उद्देस्य के हो किन ?

होलान ति मनमा असह्य परदेश बस्दा गडेका पिडा

एकैसाथ उकुस मुकुस भई अघि बढ्लान् बिथोल्लान् क्रिडा

मनमा धैर्य लिनु सबैसंग चिनु बाँडेर यो भन्दिनु

पक्कै आउँछ त्यो विहंगम पनि बाटो बरु खन्दिनु

यौटा सानु चुटुक्क पायक महा डेरा किनी बस्छ रे

उत्तर पन्थ पनि बितोस यहि भनि विभूति नै घस्छ रे

हातखुट्टा बलिया थिए र उसका बिदेशका धर्तिमा

बिस घण्टा हरदम खडा भइ उठी असि तिर्यो जर्तिमा

के पायो उसले त्यहाँ भनु कठै बाहेक बास् रात्रिको

लूला ति अब सब भए अबयबै स्मरण गर्यो मात्रिको

केहि काम अझै निकाय सरकार भन्ने हरुमा गई

गर्नु सम्भब छैन कि छ कि चुसी हाल्छन नजिकै भइ

मन्मा बोकी रहेछ त्रास बिजुली चंकी अगुल्टे कुकुर

तर्से झैँ अझ मालमा छ कि उडुस् डस्ने भुसुना ढुकुर

छाडातन्त्र अनि कमिशन पनि ग्याँसको लहर पम्पमा

खल्तीबाट झिके असम्भब पनि बन्दैछ कि जम्पमा

यो संदेश लगी सुनाउनु हवस फिर्ती सबारी हुंदा

इच्छा तीब्र छ यो सुनौ सब कुरा यथार्थका ती बुंदा

No comments:

Post a Comment