Monday, January 31, 2011

जय शहिद !

आस्थाले जब शिखर चुम्छ
ओजस्वी मनमा देशै देश घुम्छ
उत्सर्ग, आहुति, जीवनदानले
ओतप्रोत हुन्छन भावी सन्तान,
तिरस्कृत हुन्छ तुच्छ स्वार्थ,
हराउछ पिडा देहको अनि
पालुवा हाल्छन भविष्य स्नेहले
यौटा नौलो पिण्ड सिर्जना गर्दै
बिकराल क्रन्दन, कोलाहल र
कालैकालको बिचमा यौटा प्राणी
शुलिमा चढेर हुंकार गर्छ
अनि भन्छ शहादत ! शहादत !!
म छैन , मेरो छैन ,
बाकि राख्न र बाच्न,
बाचेर बचाई राख्न, तुच्छ स्वार्थ
आहुति, समर्पण र सेवाको अगाडी
टिक्दैन कदापि टिक्दैन ,
गुम्सिएर भित्र बसेको रगत
उम्लिन थाल्छ , बाफिएर बाहिर
निस्कन खोज्छ अनि
फेरी एकपल्ट भित्रबाट
हुंकार जन्मन्छ शहादत !शहादत !!
जन्मभूमि, मातृभूमि ,स्वर्गभूमि,
अन्याय र अत्याचारको कर्म भुमि ?
यो हुन सक्दैन सक्दैन !
एकपल्ट बिलाएर हजारपल्ट जन्मनु
एउटा रक्त बिजको थालनी हो
यो अन्त्य अन्त्य हैन
अन्त्य न भै शुरुवात हुदैन,
म हुन्न म रहन्न
म रोपिन्छु कर्म भूमिको माटोमा ,
अनि फुल्छु फल्छु झान्गिन्छु,
नौलो बिहानी लिएर सुनौलो भविष्य सजाएर ,
मेरो अन्त्य नै शुरुवात हो अत्याचारिको काल हो,
म हुन्छु त्यो हुदैन म बाँच्छु त्यो मर्छ
म जित्छु त्यो हार्छ,
तर फरक छ ,
त्यसको अन्त्य नै मेरो उदय हो
स्वतन्त्रता को लागि
आदर्शकोलागी,
म पूर्वबाट फेरी उदाउछु सदाको लागि यो हुन्छ बिलिन,
एकपल्ट फेरी हुंकार जन्मियो , लौ हान ! लौ हान!!
ढ्वांग ढ्वांग गोलि चल्यो , समर्पण ! आहुति ! बलिदान !!
यस्तै हो बीरहरुको आदत ! शहादत ! शहादत !! शहादत !!!
आभास आउछ ,
शहादत महगो छ ,गह्रुङ्गो छ,
उज्ज्वल छ, स्वर्णिम छ,
प्रेमले पुजौ, भावनाले पुजा गरौ !
श्रद्धाले पुष्प अर्पण गरौ !
बिभुतिहरुमा नत मस्तक भएर
श्रद्धान्जली भरौ ! जय शहिद !!
जनवरी ३०,
भर्जिनिया .

मन मेरो

यो अकर्मण्य निष्क्रिय सरकार ढलाउँ भन्छ मन मेरो
कर्मठ युवा तैनाथ गरी देश् चलाउँ भन्छ मन मेरो
छानी र गनी बिकृतिहरु लाख बत्ति घोच्दै बाले झैँ
घिन र स्वार्थ को राजनीति जलाउँ भन्छ मन मेरो
विदेशबाट आयात गर्दा देशको हावा पानीमा
नमिल्ने शासन एसिड हाली गलाउँ भन्छ मन मेरो
शिक्षित सबै बनेर मिलि आफ्नो काम आफ्नो क्षेत्रमा
लगाई जागर बनेर माली फलाउँ भन्छ मन मेरो

जुन

जुन ? जुलाई पछिको ?
हैन हैन , महिना हैन
कुन त ? आकाशको
टल्कने जुनतारा भनेको ?
त्यो पनि हैन
के त ?
उ ,जे ,जो, कुन ,जुन त्यस्तो हो ?
त्यो नि हैन
अनि के त ?
सुन त !
नाम उनको जुन हो ति बस्छिन मनमा सिंगार रुपको गरि
देख्दैमा छ लठ्याउने मदसरि निर्दोष मनकि परी
चुल्ठो बाटी कपाल कोरी शिरमा उनेकि छिन चादनी
हिड़छिन दृष्टि घुमाइ चाल छरितो करेणुका झैँ बनि
बाहु ति दुइमा चुरा सुनचुरी पोते गलामा छरि
आँखा गाजलुले बुनेर रंगको टिका निधारमा धरि
जिउको डोल सुड़ोल स्तम्भ कदली उँचा ति बक्ष्यस्थल
चंद्रै पूर्ण बनेर बस्छ हसिलो निधारको त्यो तल
उज्ज्वल झलमल पारि ओठ दुइमा झुल्किन्छ हासो छटा
शिरमा केश लुकाई बस्छिन निशा गहन छ जंगल घटा
त्यस्ती ति जुन हुन् लजालु छ नजर बस्छिन ति नेपालमा
मनमनमा सब ति कुमार जति छन जुन खोजि बस्छन यहा !!

गुन्जने छ तालि

दिउ दिउ लाग्छ नेतालाई कुसुमको थालि
बदनाम भई हाले न दिउ यसपाली

गर्न बाकि धेरै नै छ यिनले अझ के के
बेच्ने दाउ हेर्दैछन कि बिदेशमा आफ्नै शालि


यौटा हात उठिहाल्यो अनायास रोक्दा रोक्दै
फेरी पनि चड्कन खाए गुन्जने छ तालि


जस्तो रोप्यो त्यस्तै फल्छ बिउ असल न छानेमा
दोष पाउने को पो होला बिउ पो हो कि माली


सट्टा पट्टा गर्न मिल्ने कुरो देश हैन
नेता असल छान्नै पर्छ उचित कदम चाली


सय बर्ष लाग्छ भन्छन असल नेता जन्माउन
छिचिमिरा जस्तै अझै भेट्टीइन्छन् सबै जाली


आफ्नो देश बचाउने सबैको छ जिम्मेवारी
सबै अब लागि परौ आफ्नै ज्यु ज्यान् फाली !
लौ न अब लागि परौ आफ्नै ज्यु ज्यान् फाली !

Tuesday, January 25, 2011

बालगीत -ए- गजल

भर्खर बस्यो जुँगाको रेखी म माया लाउन मान्दिन
सुन्नु र बुझ्नु धेरै छ बाकि मायाको भाका जान्दिन
सिक्ने र जान्ने उमेर मेरो अल्लारे मलाई भन्दैछन्
दाइहरुसग गएर भट्टी म सर्को तान्दीन
पढेर लेखि म ठुलो बन्छु किताब काखी च्यापेर
अँध्यारो भित्र प्रकाश छर्छु म गोलि हान्दीन
पुर्ख्यौली रित थाम्नु छ मलाई बिकृतिहरु रोकेर
अइलेको युबा पिढिको बांगो चलन धान्दीन
परिक्षा पास गरेर मेरो जिन्दगि सफल पार्नलाई
जानी र बुझी कदम चाल्छु न हुने कुरा छान्दीन
समय खेर न फाली अब सुमार्ग रोज्दै लम्केर
मौकामा हिरा न फोरी बस्न म उचित ठान्दिन
भर्खर बस्यो जुँगाको रेखी म माया लाउन मान्दिन
सुन्नु र बुझ्नु धेरै छ बाकि मायाको भाका जान्दि

बिजुली

हो , नाम हो बिजुली तर नेपालको !
अनि किन न हुनु त झुलुक्क,
थाहै न पाई आउछिन पुलुक्क ,
यिनको बानि यस्तै हो बराजु
गएको थाहै हुदैन लुरुक्क ,
आफिसमा हाकिम जस्तै गुडेर
आउछिन अनि जान्छिन भुरुक्क ,
कोसेली खान पल्केपछी के त !
आउदा जो पनि हुन्छ फुरुक्क ,
यहा पानि पनि त यस्तै हो नि !
आउछिन र गैहाल्छिंन सुरुक्क ,
एकछिन न गा भे नि हुन्थ्यो
अंध्यारोमा को उठ्छ जुरुक्क ,
भुइचालो जस्तै छ त यिनको बानि
गएपछि डरले सबै तुरुक्क ,
यो भन्दा त बरु 'हाइटी' राम्रो
कतिसम्म रुवाएको एसले धुरुक्क ,
के तलब बढ्न पांच वर्ष कुर्नु पर्दैन र !
आ`वोस भनेर सबै हुन्छन हुरुक्क ,
केहि लछार्दैन इन्टर पोल एफ बि आइ ले
कसैको प्राणै जावस न घुरुक्क ,
असनमा फाला फाल छ रे !
लालटिन किन अब खुरुक्क !

Wednesday, January 19, 2011

चट्ट गुन्द्रूक साँधी !!

गाउँ पाखा सखिहरु संगै डण्डीब्यो खेली बन्मा
बित्ने जीवन सहज रुपले सम्झदा भित्र मन्मा
पढ्दै खेल्दै गुरुघर गइ काममा ब्यस्त बन्दा
सादा जीवन कति सरल थियो कम्प्युटर टिभी भन्दा !


फर्की हेर्छु छ दसक अघिको दिब्य त्यो काम काज
भन्छु, नातिहरु सब सुनी पर्दछन् छक्क आज
घरका सारा जनहरु उपर बाबुआमा छहारी
खेतीबारी समय समयको चाड बित्थ्यो लघारी !


जुवा गोरु अनि असल हलो बन्चरो मुख्य हूने
गाइ बाख्रा घरभरि भई गोठमा भैसी दूने
पाखा बारी पुगिसरी हुँदा खेतको छैन दुख्ख
कोदो आलु मकई र मुला मासखेती छ मुख्य !


उखु खेति नगद भरने नोकरी छैन काम
लूगा फाटो अनि नुन जिरा किन्न लाइ दिन्छ दाम
गाऊ का घर वरपर छरिई पालि छाना भएका
आँगन जाँतो ढिकी पछि पराल् माच माथि रहेका !

बारी पाखा मलजल थपिने आशमा कोइली गाउछ
मन्सुन् बर्षा ऋतु बद्लिदा जोश तातेर आउछ
डोको नाम्लो घरघर ठडियो भर्न मल् खादी खांदी
खाजा बाड़छिन् घरबुढी खुसीले चट्ट गुन्द्रूक साँधी !

मकर संक्रान्ति

यी सुर्जे भागबान् चढेर रथमा यो विश्व नै हाक्दछन्
बार्है राशि बटोली तिस्दिन बसी बार्है पटक सर्दछन्
हामि हौ अनुयायी सूर्य दिनको सक्रान्ति भन्दै गनी
माछासम्म पुगेर फेर घुमी फिरी भेडैमा आउछन् उनि
यिनको चक्करले दिमाग नरको बसाइ पिच्छे फरक्
सोचाइ र गराईमा पनि सधै उतार चढाब् को हरक्
गोहिमा म त सर्छु आज मनुवा भन्दै हिंडेको दिन
लामो रात घटाई त्यो दिन अझै लम्ब्याउनु पर्ने किन ?
उत्तर दक्षिणको बनाई अखडा एता र कैले उता
गर्दामा सब पृथ्वीमा पनि चहल् पहल् छ देख्छु म ता
घ्यु चाकु तिलको छ लड्डु खँदिलो गाईको होस् ताजा घिउ
पालुंगो हरियो पिंडालु र तरुल , डोलो तरुलको जिउ
के के हो अरु कुन्नि ठाउ र प्रदेश खाने कुरा हो जुन
उखु वा उखुको सखर पनि मिठो मिलाई खाँदा हुन
पापैलाई पखाल्न पानि न पुगी होला नि तिर्थे भनि
उज्जैन ,नासिक ,त्यो प्रयाग र हरि द्वारमा नुहाउने पनि
देखें भोग पनि गरें कति पटक पन्जाबको माघीको
सर्सों साग र रोटि मक्की दि भनि बाल्दै ठुटा टाँगीको
जे गर्दा मन यो प्रसन्न हुन गै थामिन्छ यो भ्रान्ति झैँ
आजै यो दिन पुण्य चाड ऋतुको घुमोस् है संक्रान्ति भै !
जनवरी १४
भर्जिनिया,
चाचा विहंगम

Friday, January 14, 2011

बाल कबिता - भंगेरा

बस्छु झ्यांस र घुस्यान मिसाई
गौथली संगसगै न रिसाई
गाउको घरघरै गरि डेरा
तीन अक्षर छ नाउ भंगेरा !

सानु सानु जिउको छु हलुका
छैन बन्धन कतै म छु फूका
भागि हाल्छु कहिँ लठ्ठी उठाए
खेल्छु बालक संगै न अँठ्याए !


भुर्र भुर्र नभमा उडी चारा
खोज्छु हिंड्छु दिनहुँ भुइँ सारा
देख्छु आँगन भरि छरिएको
पोखी बिस्कुन उठाई रहेको !


भोक प्यास अति नै गरि जाग्छ
बेइमान हरुको डर लाग्छ
चर्न जाउ कि न जाउ नजीकै
देख्दछु घरबुढी पनि ठीकै !


आंट गर्छु अति छिन् ति दयालु
छेउमा गइ बसी बनि चालु
फुर्र फुर्र गरि हेरी खजाना
बढ़दछु अघि निकै टिपी खाना !


पेट सानु त्यसमा पनि पानि
पिउनु पर्छ रसिलो गुण जानी
बच्नु पर्छ कति छन् कति ब्याधा
हुन्छ शोक पिरले जिउ आधा !


गोलि बारुद धराप गुलेली
शत्रु छन् वरिपरी अति झेली
गर्छु तैपनि हितै टिपी कीरा
बालि बोटहरुको बनि हीरा !


रात पर्छ अब दिन् बितिहाल्यो
पेटमा अलिकति परि हाल्यो
बच्नु पर्छ गुंडमा छली आंधी
लोभ छाडी अब बस्छु समाधि !


तीन अक्षर छ नाउ भंगेरा
बाबु हो मकन देउ सहारा
पाठ घोक पिंडी मा बसी हेर्दै
चित्रमा कलमले रंग फेर्दै !

चाचा विहंगम ,
भर्जिनिया, जनवरी १२

हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !

by Chacha Bihangam on Friday, January 7, 2011 at 5:45am
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
बन्जर मेरो छातीमा माया दरेर हुन्थ्यो के !
माछाको पित्त दुबैको चित्त लट्टाई मा बेर्या धागो झैँ !
पैलेको बाचा कबुल पुरा गरेर हुन्थ्यो के !


खनि र खोस्री मल्जल गर्दा हुर्कने माया बेलैमा !
पत्थर बाँझो खेतमा गाइ चरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !

मनको भित्र पलाई टुसा झाँगिन पर्नेमा !
देखेको सिको बतासे माया छरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के


देखाउने माया बाहिरमात्र साच्चिकै माया रसाउदा !
असिना जस्तै दर्कने फाटो टरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !


किनारा वारि किनारापारी अँगालो मारी बस्ने मन् !
दुबैले हात समाई जघार तरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !



पहिलो भेट गाढा र लामो बिहानी छाया झैँ !
न सकी थाम्न अरु नै मन परेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !


भनिन्छ माया पाथीले नापे चुलिदै भैमा झर्छ रे !
छातीको न्यानो सासले माया भरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !


छत्तीसे माया के माया भो र त्रिसठ्ठी माया न पाए !
दिएर धोका छिमेक्मै डेरा सरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !

जनवरी ७ ,
भर्जिनिया.

मनको बह !

मनको बह न पोखिकनै आफ्नै मन् भाचुं कि ?
एकबारको चोला यस्तै हो भनि मुटुमै साचुं कि ?
नियाली हेर्दा देखिन्छ धब्बा पूर्णेको चन्द्र मा !
नम्बरी सुन्मा के लाग्यो दाग कसीमा जाचुं कि ?
बनमा न्याउली बिरह बोल्छ जुनतारा देख्दैन !
बिसाई भारि चौतारिमाझ एक्लै पो नाचूँ कि ?
मनको मैलो साबुन दली पखाल्न सकिन्न !
पिएर बिष जिन्दगि भरि दोषी भै बाचूँ कि
virginia
jaunary.

राम्री केटि खोज्या हो ज्यू ?

राम्री छु यस अर्थमा सुन प्रिये ! मन्को हिरा मोति झैँ
हेर्छो खालि निधार ओठ रसिलो पाइन्न त्यो खोज्न गै !
बुझ्नु बाकि कति छ चाल चलनै कुल्को र मुल्को चुरो
भन्नु के छ र खोलि बाक्य रसिलो देख्छु कपाल्को जुरो !
तिम्रो के छ बिचार सोध्छु म पनि खोलेर दिल जे छ है
यात्रा जीवनको निभाउन तिमि सक्षम कति छौ ल खै ?
शंका छैन म ता तयार छु परम्परा निभाउने कुरा
केटाको जति आनी बानि र कुरा लुक्दैन हाम्रो पुरा !
आँटिलो हुनुपर्छ योग्य बरले प्रस्ताब आउदै गरे
साथ्मा साथ दिएर यो बहुरुपी सन्सार सब्ले तरे !
खुट्टा कांपी कपाई त्यो नदी जंघार तर्ने कुरा छाडी देउ
हिम्मत बाँधी कमर कसेर अहिल्यै शंका जति फाली देउ !
पुत्री हुन कि सुपुत्र शुद्ध कुलमा जन्मेर हुर्की बढे
लायक् छन् ति दुबै सुबन्धन बिहे गरेर मन्त्रै पढे !
जोडी मिल्न कठिन छ हेर मनमा साचेर सोचे सरि
यौटा बिन्दु छ त्यो छ ग्राह्य दुइमा बिस्वास जित्ने गरि !
केटि खोज न खोज केटि जसले आफ्नो भलो सोच्दछन्
केटाको हितमा समर्पित भई घरको भलो रोज्दछन् !
(कन्यार्थीहरुको गुनासोमा आधारित)

Saturday, January 1, 2011

happy new year: I do hope still i dare !!

looking back to two o ten !
crossing a long journey,
then and now!
grew up a bit older,
loss of memories!
closer to destiny,
dreams of worries!
little more unable,
shortened limbs !
added values ,
to grey matter!
an asset to nation,
a burden to family!
a hate to neighbor,
saddened friends !
a gloomy home,
deserted garden!
lonely issues,
tears in the eyes,
unhappy pets !
screws and nuts jammed,
quirking doors !
no, i don't any more,
happy birthdays to hear !
repeatedly came and,
took my youth !
that's true everybody,
it took my look !
grey hair, eyebrows,
growing grey beards !
frightened grandchild,
scarred ,running away !
celebrating gladly,
happy new year to-day !
would you like to see your face,
in the mirror to-morrow !
looking back to two o eleven,
would you like to see your face !
in the mirror again and again,
next year in two o twelve !
dreadful, fearful , wrinkled own face,
celebrating new year how can you face ?
again new year how can you dare ?
i do have hope,
still i dare!
New year's Eve,
2010.
Virginia

शुभ कामना !!!

बसन्तले संधैभरी हरियाली फेरे जस्तै
बसन्तीले मोहनीको छड्के आँखा हेरे जस्तै
बर्षे भरि एघारमा चिताएको कुरा
कामना त्यो पुगीरहोस् पाउमा पोस फेरे जस्तै !


सिरी सिरी चिसो हावा बहोस् जिन्दगीमा
कर्म क्षेत्र अघि बढोस् उच्चताको तयारीमा
आउदै जादै गर्ने दुख-सुखको त बानि नै हो
फुलाउन छाड्नु हुन्न गुलाब त्यो फूलबारीमा !


नव बर्ष फुलोस फलोस पूर्ण चन्द्र उदाए झैँ
सुख शान्ति बनि रहोस मन्दिरमा जुटाए झैँ
मिलि जुली सबै बसुन प्रति दाना अनारमा
फोरी हेर्दा बसेका छन् सबै भित्र अटाए झैँ

शान्तिक्षेत्र खै ?

कुन हो बिस्वमा स्थान नेपाल देशको अब !
बुझाउँ मित्रको चित्त कसरी बुझ्दछन सब
अब त्यो छैन रे हेर देशमा बुद्धको गति !
अहिंसा शान्तिको मार्ग हुने नै भो त ? दुर्गति !
के सुन्दछु कुरा तीतो बुद्ध भारतमा पसे !
सत्तामा बुद्धको आसन् पलेटी बाँधी को ? बसे !
स्वयंभू बुद्धको मन्दिर बौद्ध मा छैन ? के भयो !
सुनिन्छ लुम्बिनी तीर्थ बसाई सर्नुमा गयो !
देहमा दुस्टको दृस्टी बलात्कार भए सरि !
नेपालीहरुको आस्था चुंडीयेछ त के गरि !
भन्दथे बिस्वले यौटा शान्तिक्षेत्र छ है त्यहा !
अन्त्य भो बंश नै आज राजकाज गयो कहा !
बिस्वभर देशको चर्चा कति हुन्छ निरन्तर !
नेपालीहरुको मन्मा शान्ति खै दृस्टीगोचर !
राजनीति प्रजानीति न्यायनीति छ अस्थिर !
पलपल्मा परिवर्तन मन के हुन्छ ढुक्क र !
ठाडो शिर सगरमाथा मान्दैन झुक्न यो कहिँ !
फेदैबाट भनौ ढाल्न प्रयत्नरत छन् यहिँ !
कुन हो बिस्वमा स्थान नेपाल देशको सुन !
बुझाउँ मित्रको चित्त कसरी बुझ्दछन भन