Monday, January 31, 2011

जुन

जुन ? जुलाई पछिको ?
हैन हैन , महिना हैन
कुन त ? आकाशको
टल्कने जुनतारा भनेको ?
त्यो पनि हैन
के त ?
उ ,जे ,जो, कुन ,जुन त्यस्तो हो ?
त्यो नि हैन
अनि के त ?
सुन त !
नाम उनको जुन हो ति बस्छिन मनमा सिंगार रुपको गरि
देख्दैमा छ लठ्याउने मदसरि निर्दोष मनकि परी
चुल्ठो बाटी कपाल कोरी शिरमा उनेकि छिन चादनी
हिड़छिन दृष्टि घुमाइ चाल छरितो करेणुका झैँ बनि
बाहु ति दुइमा चुरा सुनचुरी पोते गलामा छरि
आँखा गाजलुले बुनेर रंगको टिका निधारमा धरि
जिउको डोल सुड़ोल स्तम्भ कदली उँचा ति बक्ष्यस्थल
चंद्रै पूर्ण बनेर बस्छ हसिलो निधारको त्यो तल
उज्ज्वल झलमल पारि ओठ दुइमा झुल्किन्छ हासो छटा
शिरमा केश लुकाई बस्छिन निशा गहन छ जंगल घटा
त्यस्ती ति जुन हुन् लजालु छ नजर बस्छिन ति नेपालमा
मनमनमा सब ति कुमार जति छन जुन खोजि बस्छन यहा !!

No comments:

Post a Comment