Wednesday, June 6, 2012
अब पालो हाम्रो !
आउ बन्द गरौ मिलेर सबले जातीय संकीर्णता
आउ बन्द गरौ भिडेर मनले कुरूप अज्ञानता
(1)
लौ है बन्द गरौ खुलेर दिनदिन रिति कुरीति प्रथा
पन्था बन्द गरेर खप्न न हुने चर्काउनु के ब्यथा
(2)
जाऔ बन्द गरौँ घमण्ड शिरको नेताहरुको त्यहाँ
ढोका बन्द गरौ बिदेशी हरुको दलाल घुस्ने यहा
(3)
नाका बन्द गरौ छिमेकीहरुको मुलूकको क्षेपता
यात्रा बन्द गरेर मात्र कसरि हट्नेछ बेमेलता
(4)
बन्दै बन्द गरौ मुटाव मनको भाइहरुको मिलि
लौ है बन्द गरौ विद्वेष रिसको आफुस्वयम् ले खुली
(5)
रोकौ साथ मिलेर जात छुतको भेदभाव गर्ने कथा
यातायात गरेर बन्द सबको चर्काउनु के ब्यथा
(6)
बन्दै गर्नु छ अन्धकार गर लौ देशको अशिक्ष्या मुल
रोक्नै पर्छ बे-रोजगार एकदिन रोपेर ज्योति फुल
(7)
आउ बन्द गरौ न फर्क न पछी बढ्नेछ त्यो एकता
देशै बन्द गरेर मात्र कसरि हट्नेछ नैराश्यता
(8)
Subscribe to:
Posts (Atom)