Monday, January 31, 2011

गुन्जने छ तालि

दिउ दिउ लाग्छ नेतालाई कुसुमको थालि
बदनाम भई हाले न दिउ यसपाली

गर्न बाकि धेरै नै छ यिनले अझ के के
बेच्ने दाउ हेर्दैछन कि बिदेशमा आफ्नै शालि


यौटा हात उठिहाल्यो अनायास रोक्दा रोक्दै
फेरी पनि चड्कन खाए गुन्जने छ तालि


जस्तो रोप्यो त्यस्तै फल्छ बिउ असल न छानेमा
दोष पाउने को पो होला बिउ पो हो कि माली


सट्टा पट्टा गर्न मिल्ने कुरो देश हैन
नेता असल छान्नै पर्छ उचित कदम चाली


सय बर्ष लाग्छ भन्छन असल नेता जन्माउन
छिचिमिरा जस्तै अझै भेट्टीइन्छन् सबै जाली


आफ्नो देश बचाउने सबैको छ जिम्मेवारी
सबै अब लागि परौ आफ्नै ज्यु ज्यान् फाली !
लौ न अब लागि परौ आफ्नै ज्यु ज्यान् फाली !

No comments:

Post a Comment