Friday, December 25, 2009

merry christmas!!!

यीशु बुद्ध र कृष्ण, राम, महमूद अल्लाह जप्नेहरू !
हामि एक भएर त्यागि दुबिधा यौटै सबै हु बरु !!
भन्ने भाव लिएर उत्थित भई कुरा न काटिकन !
यो सन्सार बिशाल तर्न असहज सुगम थियो कि भन !!
रातो रक्त र सन्तति ति प्रभुका संसार भरमा सब !
यौटै हुन् म बिचार गर्छु नभको बस्छन मुनि ति जब !!
बेग्लै आवहबा र देश छ पृथक प्राणि त एकै जन !
यो सन्सार बिशाल तर्न असहज सुगम थियो कि भन !!
सीमा पारि र वारि बन्दुक लिइ छेकेर यौटाकन !
दोस्रो लाई सुगम बनाइ कहिले भेद भाव गर्दा झन !!
उठ्ने क्रोध इबी हटाइ समता बाडेर इज्जत दिन !
पाए लोक जुटेर एक ति हु*दा सन्सार कस्तो भन !!
मेरी क्रिसमस यो उठाई अहिले रामले गरि चुम्बन !
जिससको पनि त्यो ललाट पटलै रातो टिकाले छुन !!
लाए छाती मिलाई गदगद भई यो लोक थाल्ने रुन !
मेरो क्रिसमसको बधाई यहि हो कस्तो भयो लौ भन !!

Thursday, December 24, 2009

Snow!!!

आर्याबर्त भनि हिमालमुनिको चिनिन्छ त्यो देशको !
बासि भैकन आजसम्म हिउको देखीन आश्चर्य यो !!
केटा केटि छँदा म भेट्न हिउको थुप्रो गइ दामन !
फन्को मारी मकालु पर्बत चडी धवलागिरी आँगन !!
नाची नाची घुमेर उच्च शिखरै कुल्चेर हिड्दा पनि !
पैताला र हिउ पृथक हुन गयो पहाडमात्रै बनि !!
यी आँखा दुइका अगाडी यसरी उडेर कण कण झरी !
भुइमा थुप्रिन गै कपाससरिको थुप्रो अचम्मै गरि !!
छाना आँगन बारी पालि र सडक सर्बत्र त्यो डेकमा !
साक्षात्कार गरि परेली डिलमा बस्दै कफी केकमा !!
तिम्रो त्यो हलुका चिसो तर सफा सेतो अति कन्चन !
खाउ खाउ लिउं लिउं तिमीसंगै लाग्ने गरूँ गन्थन !!
लोभले एक भरि उठाई अंजुली काख्मा लिई चुम्बन !
खोज्दा गर्न बगेर सल्सल बगी भाग्यौ दुख्यो यो मन !!
तिम्रोबानी लजालु रेछ अति नै मन हर्छ सबको यहा !
बाटो मात्र न छेकी जीवित रहू क्रिसमस भरि नै त्यहा !!

Friday, December 18, 2009

could'nt find a soul mate?Share

could'nt find a soul mate?Share
Sunday, November 8, 2009 at 11:27am | Edit Note | Delete

I tell you one thing is so great !
now's the time to open the gate,
welcome to my heart be my mate!

you'ld find me as, white as snow,
look into my eyes shining glow!
you'll feel in them spirit flow,

my hands are as, strong as stormy blow,
can hold mountain high,but not low!
still my legs are stout and slow,

imagine! my thoughts high in the sky,
come argue with me, don't go shy!
make up your mind, don't ask why?

i seem not wealthy as you are,
stay from riches little bit far!
still can join me there's no bar,

you look me down,i wo'nt hate,
i take in your bright fate!
waiting answer with bated breath

thus i opened my closed gate,
ready to jump now if you are set,
welcome to my heart be my mate!

If you made up your mind !Share

If you made up your mind !Share
Friday, November 13, 2009 at 8:05pm | Edit Note | Delete
you can hold up time 'n tide,

if you made up mind..

de-ter-mi-na-tion is so strong,

you won't lag behind..


work hard, hard work, they go to-gether,

put them in your aim...

you do'nt have to play for,

but will win the game...


plan 'n practice set them side by side,

dif-fi-cul-ty dis-ap-pears...

rivers mountains whatsoever,

you can have them tame..


es-sen-tial is ob-ser-va-tion,

put down for records...

re-produce it when needed,

you wo'nt be called a lame..


obey elders,parents,teachers,

there is nothing wrong..

wake up, make up, build up your mind,

you can sing my song...
la..la...laaa....

Thursday, December 10, 2009

The apes and two travellers

साँचो कि झुठो - कुन्चाई मिठो

यौटा प्रान्त रहेछ बादरहरु समुहमा थे सब !
राजा बादरको भएछ "कपिले" प्रख्यात नामले तब !!
बस्दो रेछ चलाई राज्य ति प्रजा बादर्हरुकै जहाँ !
देखे यो रमिता मनुष्य दुइले भेट्नै पुगेछ्न त्यहा !!

यौटा त्यो नर जो रहेछ अति नै राजा हरिश्चन्द्र झैँ !
बोल्ने सत्य कदापी झूट न भनि राजाको सामु उ गै !!
अर्को जो नर हो सदैब मुखमा साचो कुरा साचदै !
झुटो मात्र बकेर जीवनभरी कुन सत्य हो ? जाचदै !!

दुइटैको जब भेट् भयो नि कपिले त्यो बादरैको शिर !
प्रस्नै गर्छ कि हेर फर्की नरमा हेरेर यौटा तिर !!
कस्तो छु म यहा सुशोभित प्रजा यी बादरैले सरि !
राजा धन्य म छू कि छैन यिनमा बिचार यस्तो गरी !!

राजा बादरको सुनेर यी बचन अगाडी सर्दै फटा !
भन्दै जान्छ कि हे प्रभो यति बिधि के चन्द्रमाको छटा !!
हुने गर्छ हजुर सुशोभित यहा सामु प्रजाका लहर !
चारै तर्फ बसेर टन्न प्रभुको रक्षा गरेरै प्रहर !!

दिनको रात बिताई धन्य छ भनी सेवा हजुरको गरी !
आज्ञा पालन जो गरेर न्रिपको ज्यु ज्यान दिन्छन मरी !!
उत्तर यो उसको सुनेर खुसि भै सुन चांदी दौलत धन !
सारा धेर इनाम बक्सिस दिई फर्केर दोस्रोकन !!

यस्तै प्रस्न गरेर सोधनी गर्यो जो सत्यवादी थियो !
उसको स्वार्थ थिएन बोल्नकन झूट साचो कुरा भन्दियो !!
बादर होस् तँ रहेर बादर सरि, बादर हरुकै जहा !
तेरो जीवन बाँची रेछ तँ पशु हुन्छ्स पसु नै त्यहा !!

साँचो जे छ म भन्छु बिस्व भरमा देखिन्छ तथ्यैपरक !
झूटो बोल्नु म ठान्छु पाप अहिले मेरो र उसको फरक !!
सुन्दा यो मनमा उठेछ अति रिस त्यो बादरैको बृहत !
सारा बादरसाथ झंटि उसलाई मर्मत गरे मृत्युवत !!

त्यसकारण कि भनिन्छ सत्य पनि जो बोल्ने तितो मर्दछ !
झुटो भैकन त्यो मिठो पनि भए उसको भलो गर्दछ !!

Sunday, December 6, 2009

The ass and shasow

धोबी र गधा

एउटा धोबी थियो कमाइ उसको पालेर बेच्नु गधा !
बेच्नुमात्र थिएन मन्द दिनमा भाडा लगाउथ्यो सदा !!

बिस्वास्को भरमा न छाडी उ गधा डोर्याई भाडे संगै !
बाटो लागि हिंडेर गर्मि दिनमा झन् दुख पाउथ्यो अझै !!

गर्मि तिब्र थियो असह्य एकदिन धोबी र भाड़े दुवै !
बाटोमा पनि खोजि बृक्ष तलको छाया न पाई खुबै !!

धोबी त्यो कसरी म सेवन गरु छाया गधाको पनि !
धक्का भाडेकनै दिएर खुद त्यो छाया त मेरो भनि !!

बस्नासाथ अति भएर रिसले मुक्का र मुक्की गरी !
लागे बाझ्न दुवै प्रचण्ड धुपमा छायाको लागि हरि !!

धोबी भन्छ असूल मात्र पशुको गर्छु म छाया कहा !
दिन्छु, ताप्छु म नै तँ फोकटमहा हटेर गइ जा जहा !!

भाडामा यो गधा भएपछी मलाई छाया नि मेरो हुने !
मुक्का हान्छु तलाई दिन्न म शितल भनेर भाडे रुने !!

दुइटैमा यसरी भएछ झगडा चल्यो नि संग्राम ता !
मौका पाई छ्क्याई भाग्ने सुरले गधा भयो बेपता !!

देख्यौ नानि त सानु सानु चिजमा फालेर व्यर्थै श्रम !
ठूलो चीज गुमाई लोभी मनमा पाल्नु हुँदैन भ्रम !!

Wednesday, December 2, 2009

kakudrum

ककुद्रुम

यौटा जंगलमा ककुद्रुम भनि नामले प्रतिष्ठित बिर !

भोकले आतुर भै घुमेर दिनभर खोजेर हिड्थ्यो खिर !!

जाऊ कुन घरमा कि भेट्छु बनमै बिर्सेर आफ्नो सुर !

सुध्दी बुध्दी हराई गाउतिर नै लागेछ त्यो खुर्खुर !!



गाउका चारदिवारी गर्न दरिला जमात जागा बसी !

रक्षा गर्न खपिस थिए ति बबुरा बाँधेर कम्मर कसी !!

बस्ने कुक्कुरका बथान हरुले देखेर जम्बुबिर !

सीमा नाघी अतिक्रमण हुन गयो भन्दै उठाए शिर !!



हे बाबा म फसें नि गाउबिचमा जंगल भयो दूर त्यो !

मेरो ज्यान बचेन भागु कसरि भोकै बरु हुन्थियो !!

सोची यो मनमा पसेछ घरमा धुने लुगा धोबिको !

रंगमा डुब्न पुग्यो ल हेर नतिजा कस्तो भयो लोभीको !!



झुक्याएं अबता इ कुक्कुरहरु फर्किगयेछ्न बरु !

झुक्क्याउछु अरुलाई जंगलमहा को टिक्न सक्ला अरु !!

स्यालको रुप लुकाई निर्भिक उ भै बाघ भालुको भिडमा !

भाषण गर्न भनेर तम्सिकन त्यो बस्यो परै गीडमा !!



आए जंगलका समग्र पलुवा देखेर नौलो जिव !

गर्दै भाषण भन्छ हेर म प्रति खुसि भएछन शिव !!

राजा जंगलको बनाइ मकनै पठाइएको हुँ म !

मान्नै पर्छ म गर्छु शासन सबै नामको छु ककुद्रुम !!



यस्तो जारि गरेर सर्बसुचना गठन गर्यो मन्त्रीको !

मण्डल, कार्य र भार सुम्पी सबको दांत भाची द्यो हन्त्रिको !!

मन्त्रि भो सिंह त्यो र बाघ पछुवा ब्वाँसो बन्यो "ग्रीटर" !

सब्को मान लिएर जम्बुबिर त्यो मालिक बन्यो "चीटर" !!



दाना पानि सबै दुरुस्त घरमै तयार हुन्थ्यो सधै !

खाइ मस्त सुतेर बाँकी उपहार भनेर बाडथ्यो अझै !!

भोजनको बिचमा सुनेर एकदिन श्याल्हुंया त्यो जातिको !

आफ्नो सक्कली रुप देखिन गयो फुस्केर स्वर छातीको !!



मन्त्रि त्यो सिंहको चस्सक्क मनमा शंका पस्यो स्वर सुनी !

धोकामा म परेछु दैब! गरु के भन्दै धिक्कार्यो जुनी !!

राता नेत्र गरेर चूर रिसले बाघलाई हकार्यो पर !

ब्वाँसोलाई खवर पठाई उसले झम्टेर पर्दै भर !!



घांटी च्यापी गिदी झिकेर बलले छाती फुटाइ रगत !

प्यूदै स्वाद लिएर फेरी बदला थर्काई छाड्यो जगत !!

आफ्नो जात लुकाई छद्म रुपमा बाचेर केहि छिन !

जातिबाट अलग हुँदा अति कठोर भोग्नु पर्यो दुर्दिन !!

Wednesday, November 25, 2009

kharaayo

खरायो

खरबारी बनमा लिएर मनमा दूबो र झार पातको !
उफ्री हिंड्छ कतै म भेट्छु कि भनि भोकले मिठो जातको !!

चार खुट्टा दुइ कान गरेर पट पट उँधो र उँभो गरि !
खुड़े ओठ चलाई नाक रसिलो चाट्दै ति खुट्टा घरि !!

कोहि छन् भरिला दगुर्न दरिला जिउमा असर खान्किको !
उसको रुप बयान के गरु म खै सेतो सफा बान्कीको !!

कालो केहि कतै छरेर छिरबीर रागे र पाटे अनि !
ढाडमा बेरिन गै पटूकी बहुरंग देखिन्छ खैरे पनि !!

बनको खोंच कतै छ झाडी र गुफा बास बस्न लाएक भए !
घुस्री बस्छ निदाई मस्त दिनभर हुदैन त्यसको जय !!

राति साँझ पर्यो भयानक टर्यो शिकारीको लक्ष्यको !
खोजि गर्न भनेर हिड्छ उ कतै ताकेर त्यो भक्ष्यको !!

यस्तो जीवन साँची बाच्छ बनमा खरायो हो नामको !
घरघरमा पलुवा भएर रतिने भोजन र उन कामको !!

केटाकेटी भुलाई नाच्छ संगमा कैले बनि व्यंजन !
उत्पादन त्यसबाट हुन्छ गतिलो गर्दै मनोरंजन !!

सूधो निर्भयको छ बानि त्यसको गर्दैन हानि कतै !
काखमा बस्छ ,सहन्न दुख तर पी.. गर्दिन्छ जताततै !!

हुस्सुमा पनि त्यो गनिन्छ नि कहिँ दौडमा बन्यो शालिक !
बाठोमा पनि त्यो दरिन्छ कहिले झुक्याई बन्मालिक !!

अँगोरा रसियन र जर्मन अनि अस्ट्रेलियन जातिका !
उत्पादन उन गर्नमा ति पहिला चलाई नाम ख्यातिका !!

दिन्छन मालिकलाई गर्न उपयोग आफ्नो शरीरको भुवा !
जसले पाल्छ र स्यार्छ बर्ष दिनमा भेट्नेछ उसले खुवा !!

Wednesday, November 18, 2009

जिन्दगी - एक नौलो द्रिसटिकोण

जिन्दगि यो शुरु हुँदा सार्है स्वच्छ सरल
आस्पतालको प्रांगणमा नुहाएर खल खल
सोझो बाटो हिडाउन पाउडर घसी घसी
नर्सरी र किण्डरगार्डेन हातमा कलम मसि

भिडाएर बाटै बाटो हिडाउने दाउ
गर्दै मेट्न सिकाउन्छन् जिन्दगीका घाउ
पन्छाएर हिंड्नु पर्ने काँडा कोर्ने बाटाहरु
न हिंडने त जाकिने छन् भंडखारामा लाटाहरू

बाठामात्र हैन साथि धेरै होलान बांगा अरु
गाड्नु पर्छ सोझ्याएर तुलसीका लिंगाहरु
जिन्दगीलाई पाको पार्ने बिस्वलिद्यालय
शिक्षणसंस्था ढोकाखोलि गाउन्छंन यौटै लय

न सोचेको भोग्दामात्र संगालिंछ्न अनुभव
मनपरी त गर्नै हुन्न न्याय कानुन सब
दण्ड दिन्छन मान्छे मार्दा बाटो मोडि मोडी
पाप लाग्दैन फूल टिप्दा बगैंचालाई गोडी

जिन्दगि यो मलाइ लाग्छ सार्है स्वच्छ सरल
लगाएर दाग किन बनाउनु त तरल
अनौठो यो छैन साथि बाटो चिन्नेलाई
सार्है कठिन हुने गर्छ सोझो न हिड्नेलाई

यस्तै नै छन जिन्दगीका बांगा सिधा बाटाहरु
जिन्दगीका मलाई लाग्छन बराबरी पाटाहरु
सार्है कठिन हुने गर्छ बाङ्गो बाटो रोज्नेलाई
अनौठो यो छैन साथि सोझो बाटो हिड्नेलाई

Tuesday, November 10, 2009

हाईकु‏

कुहाई-हाईकु
--------

परिवर्तीत नेपाल.
गरिब भो गोपाल.
चैन गर्दैछ यशपाल.
ooo
नेपालीले छाडे देश.
विदेशीले रंगाये केश.
मात्रिभूलाई लाग्यो ठेस.
ooo
कान्डै काण्डको क्रान्ति.
मनमा सबको भ्रान्ति.
पाइने छैन शान्ति .
ooo
देशको भलो कुभलो.
राज्निति नाच्ने थलो.
जोत्न छाडे हलो.
ooo
स्कूल मन्दिर लथालिङ्ग.
मास्टर पुजारी ठिङ्ग.
देशको टालो बिनाहिङ्ग.
ooo
सार्ब भौम अलपत्र.
उडिहाल्यो राजाको छत्र.
नेतालाई पारेर सत्र.
ooo
जनता भन्छन कताजाउँ.
परिवर्तनको गीता गाउँ.
अवसर्बादिले पाए ठाउँ.
ooo
कुराकानी जानी जानी.
बुझ पचाएको ठानी.
गरिरहेछन मनोमानि.
ooo
देशको सम्पदा सब्कोतारो.
देस्बासिको आँखामा छारो.
हराभरा मुहान थारो.
ooo
कलासंस्कृति बचाउन गाह्रो.
आँगकन्याई ऊडाउ छारो.
बिदेशीको नीति साह्रो.
ooo
न्याय कानून डाडापारि.
सर्बोच्चमा बाँडे सारी.
बिद्वत्बर्ग देशलाई भारि.
ooo
*नपचेकोले दिई दुहाइ.
यो परिवर्तन कुहाई.
आउला आर्को हाई-हाई.

Sunday, November 1, 2009

naseeb

अण्डा ट्वाक्क फुटाइ खुर्र दगुरी माउको पछाडी गयो!
चारो टिप्न भनेर तालिम लिदै अभ्यास गर्दैछ छ यो!
पेटमा बोकी रहेछ 'योक ' उसको डल्लो पहेलो खुराक!
पच्दैजान्छ उ बाच्छ भोजनबिना जन्मेकोदिन र त्योरात!
जीवनको क्रम त्यो शुरु अब भयो हुर्केर बढ्नु पनि !
दाना पानि र वाह्य शत्रुसगको मुकाविला झन अनि !
जुठाल्नु र बढार कुढारजतिको ठ्याम्मै उ राजा भयो!
चिलको दाउ र वाज श्याल जतिको छायाले सातो गयो!
माउको चाल सुनेर बुझ्नु छ कति अर्ति र निर्देशन !
आफ्नो सीमित छेत्र बाहिर न गइ बाच्नु छ दिन्कादिन!
हुर्क्यो पुष्ट भयो शरीर उसको ढाकेर बोसो भरि !
फेर्यो मालिकले कुद्रिस्टि उ प्रति जानु छ उसले मरि!
पाउने छैन उ भन्न मर्दिन भनि ईच्छा अरुकै ठुलो !
घर घरमा त कुरेर धार उजिलो राख्या छ स्यांगी चुलो!
एकदिनको सपना अनिस्ट हुन गै खुट्टामा डोरी कस्यो !
ईतिहास मिटाउन ग्राहक ठूलो पिंढिमा आइ बस्यो !
सुत्केरी घरमा बसेकी छ कुरी भन्दै लखेट्यो हरे!
घांटी रेटी रगत बगाई छिनमा भुटन बनायो अरे!
यस्तो कर्म र भाग्यको मिलनले संसार बढने अघि!
आफ्नो आफ्नो नसीव चल्छ सबमा चल्दैन ठगको ठगि!

Wednesday, October 28, 2009

patrottar bhag 2

पत्रोत्तर भाग २
मलाई मित्रले फेरी धकाली अति मानमा!
मेरो मनको तरानामा उठेको न्यून भावना!!
कोट्याएर अति सूक्ष्म गर्दै आलोचना पनि!
झटारो हानि सोध्नुभो गास बासको कुरा पनि!!
के त अझै कमाएर कमाउदैछस कि खानलाई!
के तेरो छैन पृथ्वीमा आवास खुम्चि बस्नलाई!!
प्रत्युत्तर एसको पाउन पर्दैन दूर धाउन !!
एकपल्ट बिदेशैमा गएको घर आउन !!
दिएर सोध्नुहोस, भन्नुस,गरिनस फोन नै किन!
घरमा आमा पिरैपिरले न पाई चाडको दिन !
स्वरमात्र पनि सुन्न धौ धौ भो यसरी किन !!
गइस कि गइनस आउदा बाटोमा ड्युटी फ्री लिन!!
बिदेसमा त सुनेको थे फ़ल्छ रे रुखमा डलर !
किन यस्तो हबिगत भो खल्ती र अनुहार तरल!!
न सोध्नुस यसरि उसलाई गरेर मर्म भेदन !
गास बासले न छाडेको कुराले आउला रोदन !!
बिस्वको कुन दाजोमा देश नेपाल पर्दछ !
सोझो श्रम र कमाईले के गरि पेट भर्दछ!!
देसका बहु संख्यक यी विदेशवासी वीरलाई !
नाता कुटुम्ब यै सोध्छन बिर्सेर उसको पीर भाई!!
भ्रम त्यो मनमा पालि धनाड्य भैसक्यो भनि!
राग गाएको ठानेर न झार्नुस गफमा पनि !!
जिग्यांसा राजनीति र साथीभाईको घरायसी !!
इति वृत्तान्त राखेर सोध्नुभो देसमा बसी !
देसबाहिर बस्दाको पीडाको त्यो अनुभव !
जान्न बाँकी भए भन्नुस म छु तैयार लोउ अब !

Sunday, October 25, 2009

patrottar bhag 1

पत्रोत्तर (भाग १)
मित्रको पत्र पाएर लामो त्यो अन्तरालमा!
खुशी भो मन यो सार्है जेटको गतिचालमा!!
धन्यबादोक्ति स्वीकार गरियोस साधुबाद नै!
टक्र्याउन म चाहन्छु न छुटोस पछी सम्झनै!!
जिज्ञासा पूर्ण त्यो पत्र को कौतुहल मेटन!
पत्रबाटै पुरा गर्छु पाइन्न दिन भेटन!!

आशा ठुलो दिलाएर देशमा परिवर्तन!
ल्यायेछन,अनि झुक्क्याई नेताको कपटी मन!!
स्वार्थ पुरा गरि अइले जनतालाई होमिन!
धकेली क्रान्तिमा पैले,आफ्नो भाग ठुलो लिन!!
सत्तामा उक्लिए चाडै हत्पत भो भाग लाउन !
तानातान लुछाचुडी असन्तोस मिलाउन !!

चर्काएर कतिपल्ट मन्त्रीमंडल भंग झैँ!
गरि,अइले बसी देसमा देसको नागरिक भै!!
भाषा त्यो देसको सर्ब प्रिय हुन्छ हुदाहुदै!
सत्ताको उच्चकोटीको पद्मा बसी कलम छुदै !!
भाषा विवाद चर्काइ बिर्सेछन देसको भलो!
थिएन र उनीलाई योग्य अन्त कतै थलो!!

यदि योग्य थिएनन त सफल ति कसरि भए!
पदमा पुग्न त्यो देसको सर्बोच्च मानमा गए!!
ऐले ढाटेर जान्दिन भाषा बोल्न भनिकन!
देशैमा छन् लुकाएर योग्यता ढाट्न त्यो मन!!
गरेका हुन् कि होइनन पाइन्छ कि कतै सुराक!
मित्र मेरो कति उज्ज्वल खोजेको हो कि यै खुराक!!

Friday, October 23, 2009

Yek chhoto bilauna

एक छोटो बिलौना
तिर्खा भोक हराई छैन निदरी मरौ कि बाचौ भयो! एक्लै स्वामी मलाइ छाडी घरमा परदेश लाग्नुभयो !
घर कोठा धनसार मन्दिर शहर खोजेर पाउदिन म!मनको भित्र जलन अति हुन गयो शृंगार गर्दिन म !
गरथ्यौ हामि टुलुक्क हेरी एकले अर्को मुसुक्कै पनि!हुन्थ्यो खेल कति न बोलि ति कुरा एक्लो भयो जीवनी !
कस्ता हात नरम घुमाई शिरमा फेरेर मुस्काउदै!आखाले इ कुरा समेटी मनमा ल्याएर डोर्याउदै!
बाहुपास उठाई छाती रसिलो छामेर आलिंगन !भर्दै चुम्बन ओठमा घरि घरि टास्दा नि मेरो तन!
लज्जाले म झुकी छुटाउन भनि दाउ हेरी गर्दै बल!बाहुबाट छुटेर फुत्कन पुगे गर्नुभो फेरी छल!
भन्नु हुन्छ कि केहि गर्दिन प्रिये साथमा बसाऊ नगै! तिम्रो सुन्दर रुप स्नेहभरिलो गर्छु म सेवन सगै!
निद्रामा पनि झस्की बाहु बलले तानेर झन्झन् नजिक!न्यानो सासजुधाई प्रेमरसमा डुब्दा म हुन्थेफजित!
सपनामा बिउझी म खोज्छु मनको देउता हरायो कता! देख्ने कोहि भएन रुन्छ मन यो छ शुन्य हेर्यो जता!
मेरोकर्म रहेछ भाग्यबिपरित धिक्कार जिउनु कति!सम्झन्छु यी कुरा फुटेर मनमा शोकास्रुबग्छन अति !

Thursday, October 22, 2009

Regret

Whether the root cause lied on me or other's
looking at once on my past..
how was the cradle swung by mothers
now is the time to look on brothers...
how well they have not done, uncovers...
my life and their's past whosoever compares
i am to regret not to blame others!
i am to regret not to blame others!

Tihaar

गोठैबाट म जान्छु ल्याउन दिदि भनेर माइलो हिड्यो !!जेठी माइली दुवै बुहारी पनि लौ भुटेर छाडी पिडो !!लाग्यो पंचक हामि माइत तिरै लाग्यौ नि बाबै भनि !!सासूलाई टसक्क ढोग भरदै हिडे ति ठालु बनि !!जेठो बाठो पनि उ छैन घरमा परदेशवासी भयो !!लाहुर जान्छु बुवा भनेर उ धरान रिक्रुट क्याम्पमा गयो !!साइलो क्याम्पस छुट्टी भो अब भनि पढाई छोडी घर !!आइ गाउतिरै गयो अब जुवा फुक्यो नि के को डर !!दिब्यानन्द असि पुगे ति बिचरा गैभैसी गोठै भरि !!माइलोको भरमा छ खेति व्यवहार धानोस वरा! के गरि!!कस्तो हेर चहल पहल छ भखरै बिदा दसैंले लियो !!जिन तिन पार लगाई बोकी रिनको भारि शिरैमा छ यो !!आयो फेरी तिहार वर्ष दिनको हो चाड लौ यो भनि !!गाउले र समाजको समुहमा मिल्नु छ हामि पनि !!गोरु किन्न भनि जुगाड गरिदै राखेर थैली भरि !!साचेको सब खर्ची चाड बितिगो के गर्नु ऋणमा परि!!जुवाबाट पनि धकेली ऋणमा साइलोले फोर्यो घर !!झर्को लाग्छ मलाइ देउसी भइलो मनमा छ साउको डर !!आउदो बर्ष हुदैन खेति ब्यबहार गोरु बिना के गरु !!छोडी जाउ बसै कि भागु म कतै कस्तो हिसाबले मरु!!फ़ालौ चाड सबै मिलेर महगा छोडेर आडम्बर !!फाल्तु खर्च बचाई संस्कृति पनि जोडेर थामौ घर !!

Tuesday, October 13, 2009

मुला (gaijatra 2066)

जापानिज मुला र फर्पिङे मुला, रातो मुलाको मुला !!दामन्को नि मुला अघोरको मुला त्यो भक्तपुर्को मुला!! साना साना मुला सलाद खाने मुला र सेतो टाउके मुला!! किर्तिपुर्को मुला र गाण्टेको मुला भट्टे डाडाको मुला!! चित्लाङमा उहिले प्रशिध्द थ्यो मुला प्युठानमा झन अरे !!ढाक्ने छोप्ने मुला र नक्कली मुला सब देखिएकै छरे !!चाना काट्ने मुला सुकाउने मुला सब देखिराकै हुंला !! छक्कै पर्छु म ता कतातिर लुकी बसेछ ज्याङगो मुला !!

Oo Ke Bhanchha (gaijatra 2066)

थाङ्नामा म थिए दिगम्बर पहिले बिस्टामा लत्पत भुइं !
आठ मैना बिती गो सुरम्य अती भो देख्नेले खान्थ्यो मुइ !
डाइपर कट्टु गनेर बर्ष दुई तीन ढाकेर राखें झुकाइ !
जिस्क्याउदा कतिले ढुकुर ढुकुर भनी लाज्मानी बस्थें लुकाइ !
पाँच बर्शे जतिमा त मन्द गतिमा उठ्ने जमर्को गरी !
उठ्बस्को क्रम त्यो चल्यो पछी ठुलो हुदैंछ इन्दु सरी !
आस्चर्यै म भएं दसक जती हुंदा कस्तो अनौठो रवाफ !
जिउमा देखिन गो अली अली कतै झुस्ले भरेको स्वभाव !
पन्ढ्रै बर्ष जती पुगेपछी म ता जुंगाको रेखी संगै !
देखासिखी गरी बढ्यो कती भुवा जारी छ बढ्नु अझै !
बिसौ बर्ष बिति गयो नि अब ता सब्ले बिचारै गरी !
राम्रो नाम दिएर इज्जत गरी हेर्छन नि पाले सरी !
गैजात्रा भनी नाम लिएर अहिले "ज्याङगो मुला" मा लगी !
मेरो नाम बिगारी हेप्न तिमीले सक्यौ कसोरी हगी ? !

Krishna Bandana

vहे! कृष्ण तिमीमा मेरो दुई हात्को छ बन्दना !सकिन भव सागर यो पार मैले लगाउन !राती राती अंध्यारोमा पाप गर्छन् ति दुर्जन! बुझ्दैनन सबको योउटै आत्माको परिचालन !खोसेर अरुको आर्जन् आफ्नो भोक हटाउन !हत्या हिंसा र बन्दूक लिएर दु:ख पाउन !तम्सेका ति कुकर्मिको क्रित क्रित्य भगाउन !मलाई ज्ञानले धोइ उपदेश सजाउन! तिम्रो र बुध्धको ज्ञान फैलियोस भवमा सब! म तिम्रो पाउमा पर्छु खुशी होउं हरे ! अब !!

Monday, October 12, 2009

माया लाउने तरिका

आंखा जुधाइे माया लाउने पुरानो हो थिती !अंखाबाट सर्दै जान्छ मन्मा ल्याउंछ बिक्रिती !!शिकारी त मन पो रेछ मन्मा तीर चलाऊने !प्रेमरुपी बाण हानेर जिउ ज्यान गलाउने !!टुना मुना लगाएर घिच्याउने दाउ !हेरदै लाउथे मोहनी रे बस्मा पार्न माउ !!सडक वारी सडक पारी सुसेलेर पनि !शहरतिर माया लाउंथे ट्याक्सी गनी गनी !!बासनाको धोको मेट्न चलाएको रिती !घरमा बसी रोज्नुपर्ने वासना कि प्रिती !!आज भोली ईन्टरनेटमा जाल हान्न पाइेन्छ !डटकम हेरी हेरी माल छान्न लाइेन्छ !!अड्डा अफिस स्कूल्मा भने खुलेआम छैन !मन्को ढोका खोलिदिये काम रोकिदैन !!क्लब्को कुरा पुरानो भो डिनर महंगो छ !देटिङ जाने भन्छन तर वालेट हलुङो छ !!सबैतिर रिसेसनको असर परे जस्तो छ !सोची सम्झी अघी बढी अम्रिका यस्तै छ !!

-----------परिवर्तन --------------

प- इराको थुप्रोले पुरी पुरी कनै गाउं बिध्वंस पार्यो !रि- त्ता भित्ता गरिकन घरका झ्याल ढोका लछार्यो !!ब- नको सुन्दर रुप र अनुहार मासी भासेर , गुहा- र्त- र्साएरै जन जीवनको त्रासले पानी कुवा !!न- स्टै पारी प्रक्रिती पथमा हेर! के दृष्टि ल्यायो !हो- है साथी किन ? यसरी परिवर्तनै आज आयो !!----------- लोक तन्त्र -----------लो- भले सब नेताको खांडो जागेर देसमा !क- ल्याण जनको लागि मात्र रे छद्म भेशमा !!त- राजु हातमा आफ्नो लिइ ढांटेर लोकत- न्त्र - नै हो यो भनी बस्छन लुकाइ योग्य ल्याकत !!paribartan tyasari pani aauchha, ke paribartan aayeko napal yehi ho ta?

gatishilata

गतिशिलता --------------------म किनारामा उभिएर सतह बगेको हेरिरहन्छु ...योउटा छाल उर्लेर आउंछ ...त्यो जान्छ ,बिलौंउछ , तर सतह बगिरहन्छ,अबिरल गतिले ...के यो छाल गतिशिल हो कि ,सतह ?कल्पनामा बगिरहने आकान्छाहरु आउंछन ,जान्छन मेटिदै ...फर्केर आउन्छन ,बिच्बिच्मा भेटिदै ...तर म ठ्म्याउन सक्तिन ...कल्पना गतिशिल हो कि आकांछा ?भावनामा ठडिन्छन कती भव्य महल्हरु ...त्यसइगरी ओइरो लाग्छन कती मोटर कार,म जुटेको हुन्छु दुई सांझ्को गांस र बास जुटाउन ...भावनासंग के सरोकार! कुन हो गतिशिल भावना कि मोटर कार ?मन्मा त्यसइगरी उठछन आशाका लहर्हरु ...छाल र तरङग जस्तै आउंछन ,जान्छन ,बिलाउंछन ..तर किनारामा उभिएर म हेरिरहेको हुन्छु ,सतह बगेको बग्यै हुन्छ, ..म उभिएको उभियै ,ठम्याउन सक्तिन के हो गतिशिल ?म हुंकी आशा हो गतिशिल ?तर, म सतहभित्र दुबुल्की मारेर जब पिंधमा पुग्छु , भेट्दै जान्छु ..एक्पछी आर्को अपार अपार हिरा मोती र नाना सुबर्णको भण्डार ,अनी मलाई बोध हुन्छ के रहेछ गतिशिल !कल्पना कि भावना ,आशा कि आकान्छा , मन्को तरङग कुन हो गतिशिल ?अब बल्ल भेटे जस्तो लाग्छ मलाई गतिशिल ..,कृया ,कार्य ,कर्म र बर्तमान पो रहेछ गतिशिल ! गतिशील, गतिशिल, गतिशिल ।।कर्म भन्नु नै कार्य हो ,कार्यमा भेटें मैले गतीशिल! अब भेटें मेल गतिशिल !कार्य भनेको बर्तमान हो ,एसैमा रहेछ गतिशिल

loktaantrik dasainko shubhakaamana

हाय एभ्रीबडी ,यहाँको दसैंको चहल पहल हरी आएर खसी किन्न जाउं न भने सम्म खासै केही हुंदैन शुभकामना अरु सबैलाई यथावत नै छ नेताहरुलाई बाहेक, यस्पाली नेपाल गएर आएदेखी नेताहरुलाई भने अली फरक शुभकामना टक्र्याउन मन लागेको छ त्यो यस्प्रकार छ :-++++++++++++++++लोकतान्त्रिक दसैंको शुभकामना++++++++++++++++नेतालाई शुभकामना यदी दिये उल्टो ति गर्छन् संधै ! बाटोमा कसरी हिंडाउनु भनी चिन्ता म लिन्छु खुवै !!योउटा यो "नामका भशु "एक पटक दिएर हेरुं कि त ! झुक्किन्छन कि कतै गरेर पहिले जस्तै नि उल्टो हित!! देशको खातिर जे कसम र किरिया चाइनीज भाषामहा! खाइदे उल्टिन गै सुकर्म हुनी भो फर्केर नेपालमा !!देशको लागि भनी न बांचुन तिनी अैस्वर्य,जन्ता चुसी !खोजुन राख्न संधै अरास्ट्रिय हित रोजेर लोक बेखुसी !!दुर्गाले यिनलाई भक्षण गरुन देशमा फलिफाप भए! जनतालाई न चुसेर जोगिन भनी भागदै न भारत गए!! यस्पाली यती नै भनेर म परै बसेर हेर्छु दसैं ! सारा बान्धव बन्धु लाई बिधिवत सुल्टै छ ईच्छा संधै !!

Naam

नामएुटा गाउ थियो बिशालपुरमा बस्थे कमैयाहरु! खेतिपातिबिहिन थे ति बिचरा गर्थे नि ज्याला बरू!!गाउको बिचमहा धनन्जय गिरी नाम्को थियो बालक! सात मैना न हुँदै भएछ परलोक पिता ति मृत्युन्जय!! आमा ति बिधवा दुखी अती थीइन निमेक ज्याला गरी!पाल्थिन पेट डुलेर घर घर ग ई छोरो टुहुरो धरी!!तिन्को आश थियो धनन्जय ठुलो होला र गर्ला कमाइ!छाप्रो छोडि कतै गएर सुखले बसेर खाउला रमाई!!भन्ने यो मनमा लिएर दिनदिन गर्थिन ति सेवा सधैं!छोरो बड्न गयो ठुलो पनि भयो आमा रमाइन अझै!!के गर्नु बिधिको बिचित्र रचना टाल्नै न सक्ने जवर!छोराको त चरित्र भ्रस्ट हुन गैइ सुन्नु परेको खवर!!गाउको मुखियाकी छोरी सबिता आमा र छोरी स हित!घरमा ल्याइ तिरेर दणड उु भयो धन सम्पत्तिले रहित!!आमा हुन "सुख्नन्दिनी" ति बिचरा दुख्मा डुबेरै बसिन!लोग्नेको शुभ नाम मृत्यु जितने सुनेर पिर्मा फसिन!!नाम्मा के छ र मा त्र काम जतिको मिल्दैन टाक्टुक कतै!कर्मैमा सबको भलो र कुभलो भेटिन्छ जता ततै!!त्यसकारण तिमी रोज कर्म शुभ है छाडेर नाम्को मित!नाम तिम्रो पहिचान मात्रा बुझ लोउ गर्नेछ काम्ले हित!!

आरोग्य कामना--------

योउटा यस्तो छतरिमुनिको सोच ब्रम्हाण्डलाई !घुम्ने तारा ग्रहहरु मिली सूर्यको हुन्छ दांइे !!सारा तारा अती गहन छन गन्न सक्दैन कोही! साथ्मा तिन्का नवग्रह समाबेश छुट्टै न छोइ !! त्यस्मा सानो प्रिथिवी ग्रह भो आक्रिती बेल जस्तो! बेल्को सानो परिधी बिचमा सालको paat tyasto!! छुट्टाछुट्टै अवतरित छन ढाकने बेललाई ! छाने मैले मुखरित गरी देश "नेपाल" दाई !!गुन्द्रिजस्तो मनमा ठडिदा वस्तु ओछ्याइ ठान !बिच्मा त्यस्को अलिकती उता रे छ "काठ्मान्डो" जान !!पश्चिम उत्तर न गनिकन अरु पूर्वलाई छोडिदेउ !पूण्यात्माको स्थल यदी मिले मात्र दक्षिण छ छेउ !!अञ्चल नारायणी बिच कुटी जिल्ला सर्लाही पर्छ !मन्मा सम्झे घरी घरी तनको पाप सम्पूर्ण हर्छ !!यात्रा गर्छन् जनहरु संधै पुर्व पश्चिम भएर !बग्छिन जस्मा कलकल गरी बागमती फैलिएर !!गांउको त्यो मिलन र नयाँ बाटोको चोकमाहा !आवत जावत गरी गरी पुरा हुन्छ दैनिकी त्याहा छोरा नातिहरु दलबलको कर्म कर्तब्य भारी ! आफ्नो युगको बिधी अनुरुपको कार्य सम्पूर्ण पारी जिम्मा दिन्छन निब्रीत्त हुनलाई कर्मयोगिहरुले !बस्छन ध्यानी दिन ब्यतित गरी होम्न तत्पर चरुले!गर्दै दिन्का दिन हवन पूजा पाठ पाठादी योग !ध्यानामग्न मधुसुदन रुपाखेतिको हर्न रोग !!गर्छोउ हामी प्रभु चरणमा याचना बिन्ती भाव! आइे माग्छोउ अटूट बरदान हुन्छ है स्वास्थ्य लाभ!!

यथार्थबोध

जन्मियो भवमा मनुष्य किन यो उद्देश्य के खातिर! कुन हो मार्ग कता छ जानु उसले लैजान्छ के आखिर!! चिन्ताछाडी कति उपक्रम अघि बढेर दिन्कादिन! गर्दै मक्खछ केर मृत्यु एकदिन आउनेछ पक्कै लिन !!नश्वर यो नरको शरीर उसले पाएर जन्मिकन !आशालिन्छ कि स्रिस्टिदृस्टी भरको प्राणि उ सर्बोत्तम !! ठान्दै गर्छ कति उपक्रम अघि बढेर दिन्कादिन! मक्खै पर्नुछ के र मृत्यु एकदिन आउनेछ पक्कै लिन !!आफैंलाइ उ गर्छ घोषितस्वयम योध्दाबिजेता पनि! बसमापारि निखारी श्रोतकृतिको बिज्ञान होयो भनी !! भन्दै गर्छकति उपक्रम अघि बढेर दिन्कादिन! मक्खै पर्नुछ के र मृत्यु एकदिन आउनेछ पक्कै लिन !!आफ्नैलागि महल र गाडी महंगा सडक र बाटो खनी!वायुयान चलाई भेदन गरी ब्रम्हाण्ड भेट्छु भनि !! भन्दै गर्छ कति उपक्रम अघि बढेर दिन्कादिन! मक्खै पर्नुछ केर मृत्यु एकदिन आउनेछ पक्कै लिन !! संसारको सुखभोगको र रसिलो आनन्द भोग्ने मन! गर्दै इच्छितवस्तु जोडी कतिको हडपेर लुट्दै धन!! अझै गर्छ कति उपक्रम अघि बढेर दिन्कादिन! मक्खै पर्नुछ केर मृत्युएकदिन आउनेछ पक्कैलिन !! यस्तो यो भवको बिचित्रअनुहार देख्दा न चेतिकन!! बढ्दो त्रास र रोग आदि भयको छाडेर चिन्ता लिन!! अझै गर्छ कती उपक्रम अघी बढेर दिन्कादिन !मक्खै पर्नु छ के र म्रुत्यु एकदिन आउनेछ पक्कै लिन!!आयूले उपहास गर्दछ कती धम्क्याइ यो जीवन! बारम्बार भनिरहन्छ मनुवा तं पाप गर्छस किन!! सुन्दै गर्छ कती उपक्रम अघी बढेर दिन्कादिन !मक्खै पर्नु छ के र म्रुत्यु एकदिन आउनेछ पक्कै लिन!!मौसम्को रितुको स्वभाव दरिलो ल्याउछन परिवर्तन!त्रीस्णा झुक्न भने कदापी नरको मान्दै न manne mana !!झुक्याइ मनभित्र पाली गहिरो जोडेर भ्रम्को दिन !राख्दै मक्ख छ केर मृत्यु एक दिन आउनेछ पक्कै लिन!!झन्झट यो सब फाली मोक्ष प्रतिको उपाय भेट्टाउन !सोच्दै गर्नु छ कर्मकान्ड तिमीले संसार पार लाउन !!स्वार्थइ त्यागी अघी बढेर दुखिको सेवा गरी जीवन ! अर्पण गर्नु अती झुकाइ नियती बुझ्नेछ तिम्रो मन !!

लज्जावती

बस्थिन एक कुटी अ*गालि बनमा निस्केर लज्जावती! तिनको भाग्य कठिन रहेछ बिचरी घरमा सहेनन अति !!जुवाडे पतिको र नन्द जतिको आमाजुको सासुको !खप्नु खानु भएन शोसक थिए भोका थिए आसुको !!कुलकी उच्च थिइन बिचार उनको सिधा र साधा बनि!गर्थिन तैपनि रोइ रोइ पतिको विचार सेवा पनि !!घास दाउरा र चुलो सकेर घरको थान्को र मुनको गरि!मेलापात गइ परिश्रम पनि भागमा उनैको परि !!जाड रक्सि र जुवादी को कुलतमा चुर्लुम्म डुब्थ्यो पति!घरमा आइ कुटेर निस्की त* भनि दुखमा धकेल्थ्यो अति !!सक्नुसम्म सहेर आसु पिउथिन बोल्दिन थिन क्यै कुरा!घरका पछ्य जति बिपक्षी हुन गइ दोष मात्र लाउथे पुरा !!कोहि साथ दिने भएन उनको, मुद्दा परिवारको !भन्दै पंच पनि त पन्छिन गए दुर्भाग्य भो हारको !!एक दिनको घटना सुनेर तिनको मनमा अति ताप भयो ! ऋनको भार बढी भयेछ,घरबार कब्जामा साउको गयो !!घरका प्राणि सबै बिचल्ली हुन गो बास छैन जाउन कहा!निस्के रोइ कराई पाउन शरण लज्जावती थिन जहा !!भाग्दै बास उनीकहा ति भडुवा गएर माग्दै कुटी! माफी मागी झुकेर आश्रित भए बिछोड मनका जुटी !!जसले दिन्छ शरण निखारी रिस राग ठुलो छ उसको धन!फुटेका परिवारको हित गरिन जोडेर आफ्नो मन !!