Friday, February 18, 2011

कठै !!

लुरु लुरु आफै आउथ्यो साझ पनि टर्यो कठै
आउदा आउदै बीच बाटोमा कसले के पो गर्यो कठै
मेलो तुरी फुकाउदा अलि कति ढिलै भा 'थ्यो
भोकाएको पनि थियो चर्न सम्म चर्यो कठै
उठाएको गाँस प्यारो हुन्छ टन्न न हुन्जेली
चन्द्रमाको उज्यालोमा आफ्नो पेट भर्यो कठै
बास सधै लेकमै बस्छ रागे पाटे छ रे जिउ
अजंगैको छ है भन्थे मनमा पिर पर्यो कठै
भेटेमात्र पाउँछ खान शिकार खोजि भौतारिदै
हिजो पनि हुँकारेर बेशितिर झर्यो कठै
धेरै दिनको भोको उ थ्यो देख्नासाथ झम्टि हाल्यो
पैले गर्धन चुसी मार्छ घाँटीमा नै धर्यो कठै
कति छट पट गर्यो होला बाच्ने दाउ हेर्दा हेर्दै
केहि शिप न लागेर आखिरमा मर्यो कठै
लछार पछार पार्दै तानी घिसारेर अझै पर
किलो मेरो रित्तो पारि आन्द्रा भुँडी छर्यो कठै
यौटा छुट्टै एक्लै पालि हलजोडी बनाएर
चलाएको छिमेकीको मेलो पछि सर्यो कठै
बिहानीमै पाइला गन्दै " विहंगम" बेशी झर्दा
शंका मनमा हुदा हुदै भाग्य उसकै हर्यो कठै
चाचा विहंगम
फेव' १७
भर्जिनिया

No comments:

Post a Comment