Wednesday, October 24, 2012

चक्षु

यो पक्कै छ भनेर बेद र पुराण भन्छन जुनी फेरिनु

चौरासी नर, कीट यावत पतंग आदि भई जेलिनु

मुक्क्तिको पनि ता उपाय जसरी पाइन्छ बाटो चिने

खोज्दा मिल्दछ मोक्ष फेरी त्यसले पर्दैन जन्मी लिने

आत्म ग्यान मिले तरिन्छ सहजै संसार सागर पनि

पारि स्वर्ग छ त्यो कठिन छ मिलनु भेटेर बाटो खनि

ब्रह्मज्ञानी हरु गए जति सबै थिए ति विस्वासम
त्यागि भोग यी बासना विषयका घरबार निस्वासमा

बग्छिन त्यो हिमशैलबाट जसरी नदी कठिन मार्गमा

पत्थर काटी जमिन फोरी गतिले पुरेर त्यो गर्तमा

पानीको कण त्यो पुगेर सहजै मिल्नेछ सागरमहा

सागर भेट्न कठिन हुदा गति नभै रोकिन्न रोकी त्यहा

पानीको कण त्यो बिलिन हुन गै नदी पनि मुक्त भो

त्यस्तै यो भब बाट मुक्ति मिलने सागर सरि स्वर्ग हो

मानौ देह नदि समान छ भनि आत्मा बुझौ नीरवत्

आत्मा जान्छ उडेर मिल्न नभमा त्यो देह ता मूढबत्

अर्को यो उपमा म भन्छु कसरी आकाश यो बाँडियो

छुट्टै सानु खडा अकाश हुन गो घैटो रुपी देहको

घैटोको अबसान निश्चित हुदा आकाश भयो सम्म लौ

आत्मा ब्रह्म समान एक हुन गै अलग रह्यो देह लौ

जसले यो गृह बासनादी सुखभोग त्यागेर चित्तै धरि

लाग्ला चक्षु उघारी मोक्ष्य पथमा तर्नेछ त्यो त्यस घरि

चिन्ता यो मनमा तसर्थ न लिनु हुनु थियो जे भयो

जसको सम्पति हो उसै संग रही साथ्मा संगै मिल्न गो

म्याँ म्याँ गर्दै उसले भन्यो !

जन्मिएँ घरको पिंढी ढिकी संगै जाँतो र टाटनो त्यहाँ
आमा बूढी थिइन् र नत्र त भने मिल्थ्यो र खोले कहाँ

पाठो हुन्छ कि पाठी हुन्छ भन लौ,लौ बाजी राखौ भनि
दिदि संग उ भाई कचकच गरि थापे नि बाजी पनि

दिदि भंदथिइन् म लिन्छु अहिले पेवा सरि पाठी नै
जन्मिन्छे यसपाली भाइ किन हो तँ जिद्दी गर्छस् न गै

भाइ त्यो बिचरा कुरिकन बस्यो पाठो भएमा कहिँ
मेरो इसकुलको छ बाँकी जति फि तिर्नेछु ऐले यहीँ

यस्तो बाद विवाद को बिच महा जन्मे म हु के कता
मेरो लक्ष्य भबिष्य के छ ? उनमा, पाठै भएछु म ता

त्यो घरमा जति मान पुत्रनरको खुशी भई गर्दथे
मेरो जन्म हुदा उसै गरि सबै खुशी भए हर्षले

आमाको दुध शायदै अरु म झैँ के खान पाउथे कठै
इस्कूल्को फिस तिर्नु पर्दछ भनि न दोई छाड्थे सबै

आमालाई पनि भरेंग मुनि लगी लाग्ला कि चिसो भनि
मेरो बास त झन अंगेनु डिलमा हुर्के म थांगना गनी

काखैमा म त हुर्किए कति मिठो तातो र न्यानो लिई
पोशे बाबु सगै सुतें कति कति आनन्दले मन दिई

बार्तालाप गरे दशैं भनि दशैं मुखमा सबैको कुरा
सुन्छु देख्छु अति मुहार हसिलो घरमा सबैको पुरा

बाबु भन्छ उ हाउ भाउ गरदै कापी कलम चाहिने
फेरी हेर्छ मलाइ दृस्टी रसिलो माया अझै पाइने

त्यो को हो घरमा नया छ अनुहार बोक्दै उचाल्दै गरि
सर्को तान्छ उतै धुवाँ फुकी फुकी चुरोट को स्वाद भरि

यस्तैमा उसले गन्यो कति कति कागत फुकाई बिटो
डोरी छाडिदिए समाउन पुग्यो गर्धन मलाइ छिटो

आमा ति ढिकीमा म फर्किन भनि बाटो कुरी बस्दछिन
अश्रुपूर्ण छ नेत्र पीर मनमा बोकेर गूंड पस्दछिन्

म्याँ म्याँ शब्द गरेर घिच्चिन पुगें घरको पछाडी जुट
हे हे दैब उडे सबै ति सपना सर्वस्व मेरो लुटे

पानी भक भक उम्लदो छ खुकुरी देख्छु चमाचम त्यहाँ
मनमा खुल्दुली चल्छ सोच्छु मनमा दाज्यै हरायो कहाँ

ताउलो किन हो म बुझ्दिन त्यहा हासी रहेका सबै
पानी छ्यापी सिदूर फूल हरुले सिगार्न थाले नि है

आँखा चिम्म गरेँ चिसो जिउ भयो खुट्टा पनि अल्झियो
डरले कामिरहें म लुगलुग गरि मुटु पनि हल्लियो

मैं जस्तो गरि जन्मिए शरीर त्यो आफ्नो भने दुख्छ रे
मेरो गर्धनमा बजारी तरबार भन्छन कलिलै छ रे

हे मनुष्य ! भन्दै उ भन्छ कि :-

मृत्यु दण्ड दियौ आज न साधि अपराध यो !
बनायौ छागको साग छदैछ भोग पाप त्यो !!



.



बिना दोष अकारणमा भत्कायौ नवजीवन !



तिम्रो स्थान कहा होला स्वर्ग वा नर्क लौ भन !!

यसपालिको दशैं र ''झ्यामोलोंग्मा'' !

दशैं आयो दशैं आयो शुभ शन्देस प्राप्त भो




नेपालीहरुको चाड पर्बले हर्ष व्याप्त भो



`



दाजु भाइ दिदी बैनी नेपालि सब एक हो



तर यो राज्यमा हल्ला फूट पो यत्र तत्र गो



`



इतिहास जता बाट जसरी गर बर्णन



नेपालि एकता शान देखा पर्दछ है भन



`



जाति जात बिषे बाधी भाचेर एक संस्कृति



शुरुआत गर्यो कस्ले गणतन्त्रे मनोवृति



`



सफा सुग्घर माटोले पोतेर पिंढी आँगन



पखालि मनको मैलो थाल्छन आशिष माँगन



`



सम्मान वृद्धको गर्नु भाइचारा बढाउनु



सदभाब एक आपसमा वैमनस्य हटाउनु



`



ध्येय हो चाडको हेर किन उत्तर क्षेत्रमा



तहल्का मच्चियो आज फुट ल्याउन मित्रमा



`



म ठुलो छु तँ सानो होस् भन्न के ढाल हो र यो



मुहानबाट झर्दाको कति शुद्ध छ पानि त्यो



`



विभाजन् भेदले हुन्छ मतैक्य पुस्ठी हो त्यहाँ



साझा चाड सबैको हो मतभिन्न भयो कहा ?



`



गरौ बिरोध हिंसाको प्राणीमा प्राण त्यो बसोस्



समता ममता भाब मनभित्र दया पसोस



`



पुर्खाको पिंढी ले कत्रो सम्मान दिई फूल त्यो



साँचेर जन आस्थामा भिजाए मनभित्र यो



`



फालौ म कसरी आज लान्छना जातमा दिई



बरु राख्छु हनुमान ढोकाको द्वारमा लिई



`



धार्मिक असहिष्णु भै जमरा न पचाउने



षड्यन्त्र यो म गर्दिन सार्बभौम डगाउने



`



भन्न छाडौ दशैं यसको ल्होसार उसको भनि



"झ्यामोलोंग्मा" सगरमाथा नाम हो बिस्वको पनि

Sunday, September 9, 2012

यिनी हरु ?

गाडी चद्छ्न टोयोटा अल्टिमा




यौटा पैसो हुँदैन खल्तीमा



शिर सँधै निउरिन्छ गल्तीमा



उनकै धाक जमाउछ्न चल्तीमा



=



छिद्र पाए प्वाल पारि खोतल्छन



कोठाभरी मिल्केका बोतल छन्



गोप्य कुरा पैसामा ओकल्छन



मुखले मात्र ठिक पारि टोपल्छन



=



आफ्नो स्वार्थ सबभन्दा माथि छ



चाचुचा नै हितकों साथि छ



सेक्रेटरी मित्बाउको नाति छ



जनता भन्दा आफ्नैलाई जाति छ



=



कमिशन भेटेमा ठुल्ठुलो



पानी बिना खनाउछन् कुलो



देशको हित पैतालकों धुलो



यिनकै घरमा चौरासी छन् चुलो

Thursday, August 23, 2012

तारे माम् श्रीकृष्ण !!




कलकल सलल सतह गामिनी



सलिल अनुरुप तरल बाहिनी



नजर अनुकुल ह्रिदय मोहिनी



भ्रबर मधुसुत सरस दोहिनी



(1)



लबण प्रतिरुप सागर यामिनी



चकोर बुभुक्षित प्रेयसी कामिनी



मधुर आलापित संगीत संगिनी



मालती सहचर सहज अंगिनी



(2)



बृहत धनुर्धर सुराघब शालिनी



जनक दुहितरी करुण भाषीणी



अजर अमर सुबैभब धारिणी



चरण शिरोपर पादुक तारिणी



(3)



जमुना तट पर साथ सुदामा



किशनचरित्तर कह्लायो नाना



असुर बिनाश गर्यो सब केतु



कृष्ण चरण मात्र विहंगम हेतु



(4)



शोडश शत गोपिनी पदयौबना



मदभोग लोलुप बंशिधर शोभना



जनम जनम कलुषनिवारण सेतु



कृष्ण चरण एक विहंगम हेतु

लौ है पर्यो!!







असंगति विसंगति हटाउनु पर्यो


न चाहिदो गर्नेलाई ठटाउनु पर्यो



(१)



उद्योगीको हातमा छ नानाथरी सिप



वाहियात फाल्तु खर्च घटाउनु पर्यो



(२)



जांच बुझ गर्ने पर्छ दोषी पत्ता लाउन



न्यायप्रेमी स्वाभिमानी खटाउनु पर्यो



(३)



कामचोर कुर्शिप्रेमी घुषखोरी लाइ



न फर्किने गरि डाडा कटाउनु पर्यो



(४)



गन्तब्य को दिशा बोध प्रस्ट हुने गरि



चाचाको यो मन्त्र पनि रटाउनु पर्यो



(५)

Thursday, August 2, 2012

डोरो बाधौ !





बाधौ चार दिशा र स्तम्भ सुद्रीढी- करण गरौ साधको
आफ्नो पानि थुनेर राखी तटमा रेखा लगाउ बाँधको

नेताका मन तन्त्र स्वार्थ पनि सब बाँधौ मनोडोरिले
गाँठो त्यो बलियो बनाउन सके फुक्दैन त्यो चोरीले

बाधिदेऊ गुरु ! प्रचण्ड बिरको नाडी नशा हातको
डोरो देश बचाउने तिर बढोस भनि जनै साथको

बाचा मन्त्र गराई फोर्दीन भनि यो देश टुक्रा गरी
मंत्रेको उपबीत फेरी दिनुहोस अकाट्य मंत्रै गरि

बाँकी देश निबासी भाइ बहिनि साझा सबैको छ नै
प्रतिज्ञा प्रतिबद्ध गर्न मनमा लागोस पुरानो जनै

मनमा सुत्र सम्हाली राखनु हवस जो देहमा छैनता
आस्था बाची रहोस संस्कृति प्रति अकाट्य सौहार्द्रता

आस्था मन्त्र र संस्कृति अनि अरु जनै र डोरोहरु
पाकोस् देश रुपी कसौडी बिचमा व्यंजन थपियोस अरु

मेरो मात्र भनेर भन्न न मिलोस यो चाड हो देशको
बाडिदैन चुडेर जातिहरुमा श्री सम्पति येसको !!

फेसबुकमा भानुभक्त समझदा !




.एकदिन फेसबुके विहंगम पनि बालाजु हेरनै पुग्याँ



ब्रह्माले कसरि रचेछन भनि मनमा खुशी झन् भयाँ







क्या देख्याँ त्यसको बयान म गरु ति भानुले क्या लिख्या



तिन्का कान्तिपुरी रहेन अहिल्या किताबमा जे पढ्या







बाटोका छेउछाउ थिया ईंट हरु थुप्रा थिया बालुवा



गाडीबाट धुवा निकाली रुखका छोपी दिया पालुवा







बसको भिड र ताती यात्रुहरुको उठाई हात् रोकन्या



पांग्रा चालु छ तैपनि क्लिनरले चढाउनै खोजन्या







बाटोमा ति पसल सबै छरी बस्या सामानहरु बेचन्या



भानुको चपलाहरु हरु पनि त्यहा पुरुष हरु खेदन्या







जाडो गर्मि समान एक ऋतु झैँ दुधे मकै पोलन्या



भाषा भाषी अनेक थरि भिड गर्या छुट्टै बचन बोलन्या







येक्सुरे अबला हरु पनि कता बिना सखी क्या गर्या



शिरमाथि तिनका सुबास गुन केसरि नि वैली झर्या







तिम्रा कान्तिपुरी बिलाई नदीमा सुखा भया बाग्मति



हाडिगाउ र त्यो प्रचण्ड पुरमा सर्या अमराबति







बाँकी केछ भनेर तत्व बुझदा तिम्रा संगी बाकि छन्



लामखुट्टे उपिया उडुस र अरु छाडी गएछौ नि झन्







यो चाचा बसी छेउमा सडकको हेर्दै रमीता बस्या



बसकामाथि थिया असिजति जना झन्डै भुइमा खस्या

Thursday, July 5, 2012

Happy father's day !!!( Guess who?)

Happy father's day !!!( Guess who?)



चुच्चो नाक सफा निधार छ ठुलो चिउड़ो छ गोलकाक्री झैँ !
रेखा तीन निधारमा त्रिपुट का दौडीन्छ तेर्सिकनै        ! !          

गाला पुष्ठ अलि अलि तर उमेर पाको भएको भनक् !
आँखा खाडल भित्र छन चहकिला छन द्रिस्टिका ति जनक   !!

मन्मा लिन्छ दया र श्रिस्टीहरुमा साख्खै सहोदर सरि !
आस्था कर्मप्रति सुकर्म छ जता बिस्वास त्यसमा धरि   !!      

सादा भेषभुषा छ सात्विक रहन सहन सदाचारिकै !
कर्मठ उच्च विचारयुक्त सबको हितमा बचनधारि भै    !!       

पुजा पाठ र कर्म काण्ड जति छन हवन् र बेदाध्ययन् !
गर्दै पाठ पढेर शैशब बित्यो युवा भयो स्कूल झन्   !!

ऐले उ पति हो पिता पनि उहि सम्धी ससुरो पनि !
आशिर्बाद लिएर झुक्छ सबमा कल्याण होस् लौ भनि !!

छोरा नाति भकारी टन्न भरि छन् धन्सार सम्पत्ति है !
ठ्याक्कै चिन्नु र राख्नु साँची मनमा पर्दैन कान् फुक्न गै !!





ढाडे बिरालो




.
जात, नाम बिरालै हो साथि संगत छोड्दछ
मिलेर बस्न मान्दैन तर त्यो बंश जोड्दछ
 (1)

डुल्छ, खान्छ घुमी मस्त घरमा हुन्न साथमा
श्रिस्ठीको कामना गर्छ देखा पर्दछ रातमा
(2)

दूध चोर्न सिपालु त्यो खुलै झ्याल हुदा खति
भेटमा हमला गर्छ निमोठी मार्छ सन्तति
(3)

झुल्किन्छ कहिले काही स्वर म्याउ ठुलो गरि
कलिला गुडका बच्चा खोसेर खान्छ पेटभरि
(4)

छुट्टयाउन उ जान्दैन न्याय के हो छ के उचित
नेता नेपालका यस्तै दर्जामा छन् अनुसुचित
(5)

कुनै ढाडे बिरालो झैँ ढ्यांग्रो ठोक्ला स्वभावमा
साबधान सबै होउँ भोट माग्लान चुनाबमा !
(6)
फेरी हुन्छ अरे भन्छन यही उनकै दबाबमा
उल्टो लोप्पा ठिकै पर्ला भोट मागे चुनाबमा !
(7)

Wednesday, June 6, 2012

अब पालो हाम्रो !




आउ बन्द गरौ मिलेर सबले जातीय संकीर्णता
आउ बन्द गरौ भिडेर मनले कुरूप अज्ञानता
                                   (1)

लौ है बन्द गरौ खुलेर दिनदिन रिति कुरीति प्रथा
पन्था बन्द गरेर खप्न न हुने चर्काउनु के ब्यथा
                                    (2)
जाऔ बन्द गरौँ घमण्ड शिरको नेताहरुको त्यहाँ
ढोका बन्द गरौ बिदेशी हरुको दलाल घुस्ने यहा
                                    (3)

नाका बन्द गरौ छिमेकीहरुको मुलूकको क्षेपता
यात्रा बन्द गरेर मात्र कसरि हट्नेछ बेमेलता
                                     (4)

बन्दै बन्द गरौ मुटाव मनको भाइहरुको मिलि
लौ है बन्द गरौ विद्वेष रिसको आफुस्वयम् ले खुली
                                      (5)

रोकौ साथ मिलेर जात छुतको भेदभाव गर्ने कथा
यातायात गरेर बन्द सबको चर्काउनु के ब्यथा
                                       (6)
बन्दै गर्नु छ अन्धकार गर लौ देशको अशिक्ष्या मुल
रोक्नै पर्छ बे-रोजगार एकदिन रोपेर ज्योति फुल
                                       (7)

आउ बन्द गरौ न फर्क न पछी बढ्नेछ त्यो एकता
देशै बन्द गरेर मात्र कसरि हट्नेछ नैराश्यता
                                        (8)

Monday, April 16, 2012

शुभ शकुन होस

आउदै जादै ऋतुहरु घुमी कोइली डाक्छे बसन्त

पारि पारि गहन क्षितिजमा बज्न खोज्दैछ घन्ट

बेला आयो नब बरसको कामनायुक्त कण्ठ

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ

1

लालाबाला सहित तनया बन्धु बांधब सखादी

राख्दै ईच्छा नबनित सदा बर्ष हर्नेछ ब्याधि

शान्ति छावोस वरिपरी सबमा बर्ष होस् साधु सन्त

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ

2

साच्चै यौटा गहन छ कुरा बर्षको स्वाभिमान

के हो के हो कसरी यसले दिन्छ रे संबिधान ?

जे होस् देवोस जनहित हुने राज्यको मूलग्रंथ

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ !

3

Happy New Sambtsr.2069.

संबिधान ?

·

छिप्पियो नभमा घाम गृष्मको राज्य फैलियो

आधा काम अझै बाकि छ जाँगर किन वैलियो

पिठो पानि पिठो पानी झन् झन् हुन्छ गीलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/१/



ठेक्का अशान्ति बिद्रोह बाट डिग्री लिदा पनि

कुकर्मी हरुकै हात सत्ता आसीन यो छ नि

बिश्वास गर्न हुन्थेन मुटुमा थ्यो कीलो जब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/२/



आशै आश दिलाउछन् प्याला बिष पिलाउछन्

भित्र भित्रै रची खेल धारे हात मिलाउछन्

लौ न जातिबिषे देश टुक्रा बन्ला जिलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/३/



शान यो देशको माटो विश्वमा मग्मगाउथ्यो

गोर्खाली नाम सुन्दैमा संसार डगमगाउथ्यो

हेर पानि कति फेर्छन् मात्र हुन्छ हिलो तब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/४/



मुटुमा घाउ चर्काई मलम नाटक गर्दछन्

भकारी देशको भाँची नातामा लगि भर्दछन्

घाँडो मात्र भएनन् यी अप्ठ्यारोका पिलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/५/



के हामीमा नया नीति नया देश बनाउन

छैन तागत कोहीमा ? घोक्रे ठ्याक लगाउन

बेतको लठ्ठीले मात्रै हुन्छन् थिल थिलो अब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/६/



न दिएको पनि हैन देशले भक्त नायक

न्यूनता सम्म खोसेर धपाए सब लायक

खोजौ सब मिलि हामी पाइन्छ कि सिलो अब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/७/

बिद्रोह

के भो आज असह्य यो मन भयो बिद्रोह पैदा भयो

शान्ति चैन हराई कस्ठ हुन गो चिन्ता बढी नै रह्यो



राजाकी म थिए कति प्रिय म छु मेरो तिरस्कारले

दिन्छन राज्य ति रामलाई कसरी मेरो बहिस्कारले



यो सक्दैन पुरा हुनेछ कसरी भरत छ लायक अति

मेरो हुन्छ कदर यो राज्य भरिमा सेबा म गर्छु कति



भन्दै छटपटिइन सुनी खवर त्यो कु-मन्थरा दासीको

ठुलो आंधी शुरु भयो मनमनै ति गद्दीका प्यासीको



खोपीभित्र पसिन र आसन कसिन त्यो उग्र चण्डी रुप

खलबल पारी सिंगार,केश पहिले टिका बिगारिन खुब



गाजल लत्पतियो चुरा पनि फुट्यो पर्दा पनि च्यातियो

पोखिन पानि भिजाई खोल तकिया त्यो मन अझै मातियो



बौलाही सरि भै ति कैकयी बसिन् थुन्दै चुकुल द्वारको

भन्छिन लौ ठिक भो तँ जा खवर लि हे मन्थरा प्यारको



राजा छेउ गएर बिन्ति गरिदे यो हाल मेरो अब

फर्की आउनु एकलै तँ पहिले उत्तर म सुन्छु सब



भन्दै कैकयिले बुझाई यी कुरा ति मन्थराको मन

आफ्नो मत्लब सिद्द्ध गर्न प्रतिरोध् पठाईन् राजाकन

Happy Ramnabami !!!

लामखुट्टे !

·

ख्याती राम्रो छ सबको जन समुहमा 'लामखुट्टे'' भनेर
छोटा खुट्टा भएमा पनि तिनीहरु कुर्सि तान्छन गनेर

लामा छोटा र दुब्ला कमर मसिना ढाड बांगे कति छन्
चेप्टे नेप्टे र घ्याम्पे सब गरि सदनमा छसये येक ति छन्

सबको यौटै छ ताना रगत अमनले पेट भर्नु चुसेर
उड्नु गुड्नु थुपार्नु दुध चुसी भुईमा भात फ्याक्नु मुछेर

जम्मा हुन्छन तलाउ वरिपरी घुसको बंश कोरल्न भाबि
हुर्कन्छन् प्रौढ बन्छन सिजन पछि तिनै गर्दछन चुस्न दाबि

''मौका'' भन्ने छ दाउ हरघडी मनमा याद गर्दै यी हिडछन्
चाहे होस् घूस बा त्यो कमिशन जिउ बाजी थापेर भिडछन्

पक्कै यो काम राम्रो जनहित हुने हैन राम्रो मुलुकमा
औलो ज्वरका यी श्रस्टा बिकसित न हुन् ''लामखुट्टे'' फजुलमा

घोडे जात्रा रे ?

घोडे जात्रा रे ?
·

थामेकै छु स्वधर्म टाप खुरमा किला र घन् निल्दछु

टाँगामा रथमा र बग्गीहरुमा राजासंगै मिल्दछु /१/



हेर्छौ त्यो इतिहास बेद हरुमा ब्रम्हाण्डको सृस्ठीमा

बाल्मिकिहरुको त यज्ञ विधिमा ती सूर्यको दृष्टिमा /२/



बायु पंखी भएर त्यो गगनमा उडाई तान्दै रथ

आज्ञा पालन गर्छु तत्पर रही गोलि पियाउ कि मथ /३/



चल्ने छैन ती चक्रबर्तिहरुमा यज्ञादी घोडा बिना

यो मेरो पुरुषार्थको प्रतिक हो यै भन्छ मेरो चिना /४/



जात्रा गर्न पनि मनुष्य हरु यी कति थरि जान्दछन्

चारखुट्टे हरुकै गरेर उपहास आनन्द ति मान्दछन् /५/



सोझी छिन ल भनु ती गाई हरु ता जात्रै गरे ता पनि

मेरो लात्ती जवर छ छोड्छु म कहा मेरो छ ईज्जत अनि /६/



लिन्छन् काम म बोक्छु भारि तर के सम्मान पाइन्छ कि

मुखमा कोची लगाम छाती बिचमा काठी पिठ्युमै छ छि: /७/



घोडा रेश भनेर हेर्न रमिता जम्मा भई घेर्दछन्

लाखौ बाजी लगाई निर्बल भए कुद्रीष्टिले हेर्दछन् /८/



भैगो लौ म सहुँ चना एक मुठी परालको के भर

मेरो हुर्मत बग्छ पानी जसरि गधामा फेर्दा थर /९/



हे मानिसहरु हो प्रदत्तप्रकृति घोडा हो तिम्रो धन

घोडाको रिस गर्दछौ किन यहा गरि मनोरंजन /१०/

घोडे जात्रा २०१२ ,

फुपू-श्राद्ध

फुपू-श्राद्ध
·

ताक न परे वारि नत्र सगरमाथा पारि

हात पार्ने मौका छ यो दुइ करोडको झारी

****************************

ऐले आफ्नै प्रधान हो यो देश को मन्त्रि

कति आए कति गए को छ प्रजातन्त्रि

**************************

अरबको कसौडिमा डाडु पन्यु गाड़छन्

एक दुइ करोडको सिता त्यसै बाड़छन्

**************************

बुध्द जस्तो त्यागी बाट हात हालेको ऐले

शान्तियात्रा जस्तो उच्च बिचारमा मैले

***************************

चौका हान्ने मौका थियो पाखा बाट च्याँखे

आफ्नै दल साथि लिदा बिबादमा फ्याँके

****************************

आए मोज गए के भो चिन्ता छैन धेर

हात परे फुपू पाउलिन श्राद्ध गर्छु हेर

****************************

पानीमाथि ओभानो छः दान पुण्य गर्छु

धर्म कर्म कमाएर चोखो भई मर्छु

**************************

थुके पछी सरकारले फेरी चाट्न हुन्न

शाहजादा उसै छु म दाह्रा किटी रुन्न

***************************

बिचार ता उच्च थियो सगरमाथा जस्तो

कसको कसको सरापले ऐले भयो यस्तो

Monday, March 19, 2012

श्मसान !

·

हेर्दामा अति उग्र रुप छ सदा कालो कलूटे भुइँ

सन्नाटा छ वरिपरि तर भने उ खान्छ लाश्मा मुइ

दिनको रात शिकार कुर्छ नशिलो दाह्रा उज्याइकन

बस्ने गर्छ नजीक नद्द्य तटमा श्मसान नामको ''डन''

//१//

साथि छन् उसका कुकुर र शिवा कौवा खरानी ठुटा

आँशु प्यूंछ बसेर पर्खी अतिथि संसार भन्दै झुटा

हाड़ मासु नङ्गदेखि रोम शिरको बाकि न राखिकन

खाने गर्छ बसेर नद्द्य तटमा श्मसान नामको ''डन''

//२//

दाउराको खलियो सजाउन जति सक्यो खुशी पार्छ मन्

छातीबाट सबै पचाउछु भनि मुस्लो धुवाँ फयाक्छ झन्

घ्यूको आहुति देउ खान्छु सजिलै गार्हो न मानिकन

भन्दै तत्पर हुन्छ निल्न शब त्यो श्मसान नामको ''डन''

//३//

कालो भस्म निशान माझ मुटुमा व्हार्व्हार डढाई सब

छिन्मा स्वात्त निलेर उग्र उ बनि पर्खन्छ अर्को शब

साथि छैन भए अघोरी उसको बाँडेर खाने तन

कैयौ खाइसक्यो र तैपनि सधै श्मसान भोको ''डन''

//४//

हो प्रेमी पनि लुब्ध संगीत विधा हा हा हु हु क्रन्दन

सुन्ने गर्छ लिएर चाख सबको तानी मुटु स्पन्दन

शुन्यैमा उ रमाई बस्छ निशिमा उजाड उसको धन

खुबी राख्छ पचाउने म छु भनि श्मसान भन्ने ''डन''

//५//

यस्तो क्रुर छ बानि निर्दयी सधै नामले डराउने सबै

देख्दा त्यो छ तथापि भित्र मनमा बेत्ता छ त्यो ज्ञानकै

ज्यादा मोह अहम् श्रीसम्पति सबै हे मूर्ख लोभी नबन्

भन्दै बुद्ध बनेर लोकहितको बाटो समा भन्छ ''डन्''

//६//

उसको ब्यङ्ग बुझेर भित्र मनमा सम्झी बुझी ल्याउदा

व्यर्थै यो बिषयादी मोह भ्रमको डुंगा सधै ख्याउदा

कसको चित्त अघाउला र जहिले झसङ्ग पार्नेछ मन्

आउदा हुन्छ बिलम्ब घाट-पथमा चेताबनी दिन्छ ''डन्''

//७//

सिजन

·

छैन श्रीस्टि रचना परिहार्य

सन्तति जिबनमा अनिबार्य

दृस्टीभेद नरमा कति लज्जा

बोध छैन मधुरात्रिक सज्जा

1

चुर्र चुर्र क्षणिक कामुक इच्छा

न्यून न्यून छ निमेषभर पृच्छा

दोष छैन सब दर्शक हाबी

रच्नु पर्छ गुँडमा फुल भाबी

2

भोग्ययंत्र जननी छ अस्पृश्य

सुक्ष्म सुक्ष्म अति नै छ अदृश्य

सूचना प्रकृतिजन्य छ हेर

भावना स्फुरित न्यून न धेर

3

वृक्षबाहु कि त बार्दली पालि

तार पोल बिजुली रही खालि

दिन्छ आश्रय कतै दुइलाई

काम बन्छ त्यसमै बुइ आइ

4

नाच गान खुसिले गरि क्रीडा

दूर भाग्छन सबै गृहपीडा

पूर्व पश्चिम कि त पश्चिम पूर्व

चिर्र चिर्र प्रिय स्पर्श अपूर्व

5

काम आतुर बने सब प्राणी

पंक्षीमा प्रणयको मृदु बाणी

बर्षमा सिजन यो ऋतुराज

पोखिदिन्छ मनमा हरि लाज

6

के हेर्दछौ ईश्वर !

·

हे साथी! प्रियको सुदर्शन गरौ भन्ने मनैमा रह्यो

सेवाको अबसर मिल्यो तरपनि दुर्भाग्य भोग्नु पर्यो

निस्ठुरी हुनुको पनि अलिकति सिमा त हुन्थ्यो हरे !

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

1

के भोगें ? कसरि बयान म गरु मुटु छिया झैं भयो

आफ्ना ति प्रियको वियोग यसरि आँखा अगाडी रह्यो

लामो जिर्ण शरीरको वरिपरी बसेर सेवा गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

2

आँखाले जति देख्छ कस्ठ र ब्यथा मन्मा अटाउथ्यो किन

पोखिन्छन् यसरि खपुन् ति कसरि आयो सरासर लिन

मेरा ति प्रियले र आफ्नु हितले सम्बन्ध साँच्दै गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

3

सेवा गर्न कति तयार ति थिए सम्पूर्ण बन्धुहरु

रोगि भैकन बाच्न छैन सजिलो सुगम बनाए अरु

पाँचै भौतिक देहको वरिपरी घेरेर न्यानो गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

4

स्थायी छन् जगमा ति चन्द्र सबिता धर्ति छ यो नस्वर

राजा रङक सबै गए दिन पुगी के हेर्दछौ ईश्वर

नाइँ नास्ती थिएन जान्न म भनि छडी घुमायो हरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

5

आत्मा यो अविनाशी हुन्छ तर त्यो यो देह फेरिन्छ है

पुण्यात्मा हरु हेर ध्यानगतिले छानेर फेर्छन कठै

रोज्नै बाकि थियो जुनी पछि हुने को को कहा गै सरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

6

जानु नै छ मलाइ एकदिन भनि ठानी बसें मन् मन

पालो मिच्न भनेर मन्द बिषले हानि ढलायो किन

बस्त्रै जीर्ण हुदा नराsदिकहरु साटेर लाउछन् भरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

7

लीला बुझ्न कठिन तथापि ग्रहको लेखान्तरै हो भनि

पुजा पाठ गरेर शान्त मनले अध्यात्म चिन्तन गरि

गर्दैथें म झुकी जराग्नी शरले मस्तिष्क मेरो चरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

8

आफ्नो भाग जति थियो बदनमा त्यो भिष्मशैया सहें

काया मात्र न भै छिर्यौ मगजमा पुरा अपांगै भएँ

आँशुका भल रित्तिए तर कति दिदैछ शास्ती हरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

9

आज्ञा पालन गर्छु जोडी कर यी भोगी सकें बास्तव

मेरो बास नजीक ईश पदमा इच्छा छ यो मत्लब

पूरा गर्न म पांउ सेवक बनि कृपा म माथि छरे

भन्दै देह बिसाई फर्कनु भयो शोकाश्रुमा सब परे

10

लौ आज हे बीर हो !

·

राणा शासनको शताब्दि दुइको असह्य त्यो क्रूरता

सीमा नाघ्न गइ शुरु अनि भयो अघि बढ्यो बीरता





गंगालाल र धर्म भक्त बीरका साथमा रहेका अरु

ताती बाधि तयार जुध्न ति थिए निस्की सडकमा बरु





चौडा छाती फुकाई खोलि दुइ हात लौहान गोलि भने

निस्केको स्वर त्यो घुम्यो गगनमा संसार सबले सुने





नारा घन्कन गै बिरोध गुंजियो जुलुस बढ्यो क्रान्तिमा

सारा देश उचालियो तर पनि केहि थिए भ्रान्तिमा





ढ्यांग ढ्यांग गोलि चल्यो चराहरु सबै अनिष्ट सम्झी उडे

त्यो कोलाहल मच्चियो जुलुसमा शोकाश्रुमा सब डुबे





आमा ढुक्क भइन उतातिर ठुलो छाती फुकाई बसिन्

देशको खातिर ज्यान अर्पण गर्यौ सपूत मेरो भनिन्





दिन्छन आहुति कर्मबीर हरु यी ज्यु ज्यान देश खातिर

यो संसारिक भोग तुच्छ छ सबै नाम मात्र हो आखिर





यीनै बीर सपूतका हबनले देशको गरीमा बढ्यो

अर्को एकपछि चढेर शुलिमा जुलुसको दम चढ्यो





माला पुष्प अबीरका सगुनले रंगीन भो भीड त्यो

अत्याचार र क्रूर शासन निभ्यो राणाहरुको दियो





बिजारोपण त्यो भयो शहिदको रुक्दैन क्रान्ति अब

भन्दै ढुक्क सबै भए मनमनै प्रजा रमाए तब





हेरी रक्त प्रपात त्यो नगरको झार्दै नयन नीर यो

गर्छौ अर्पण फूल औंजुली भरि लौ आज हे बीर हो !

01/27/2012

आमाको प्रतिक्ष्या:शहिद ढलेपछि !

आमाको प्रतिक्ष्या:शहिद ढलेपछि !


हिमालमा घाम टिलिक्क टल्कियो

बितेछ दिन यो भनि रात ढल्कियो

चराहरु बास्छ्न पात पातमा

कति कुरौ म घर फर्क रातमा



फुलेर गोदावरी ढकमकियो

ढलेर सन्ध्या जुन टकटकियो

क्षितिजमा गोधुली खातखातमा

कति कुरौ म घर फर्क रातमा



मुस्कान भर्छन मुरली मनोहर

सुगन्ध बत्ति धुप घंटको स्वर

बजाई तालि जय बात बातमा

कति कुरौ म घर फर्क रातमा



थकानले चुर छ कर्म जीव

प्रपन्न निद्रा भयले हरे शिब

पर्खिरहेछन शिशु हात हातमा

कति कुरौ म घर फर्क रातमा



ढले कति जायज माग पाउन

ति क्रूर शोषक हरु नै भगाउन

आफु मिटाइ जब साल सातमा

कति कुरौ म घर फर्क रातमा



स्वदेशको लागि सदैब तत्पर

यी सन्तति हुन् भगवानको बर

उत्सर्ग ईच्छा प्रति जात जातमा

कति कुरौ म घर फर्क रातमा



छ देशको आहुति सौम्य सौरभ

ठुलो भयो छाती म गर्छु गौरब

फलोस फुलोस मातृभू घात घातमा

कति कुरौ म घर फर्क रातमा

विकासे गीत

विकासे गीत


हातमा हात मिलाई देश बिकाश गर्नुछ

पसिनारुपी मल र जल जागरले भर्नु छ

******************************

अरुको भर न परी हामि अगाडी बढ्नु छ

न मानि गार्हो दुखमा सार्हो शिखर चढनु छ

*******************************

गरेर अल्छी पुग्दैनौ हामी बिस्वको दाजोमा

स्रोतको धनी नेपाललाई न चिर धाँजोमा

*******************************

निर्माण नया नेपाल गरौ बदलौ कुरीति

चन्द्र र सुर्य झण्डानै रहोस राम्रोछ त्यै थिति

********************************

बिजुली कल कारखाना पुल कुलो र सिचाई

बन्जर बाँझो खनेर मरुभूमिमा भिजाई

********************************

खेति र पाती अन्न का दाना फलफुल फलाउ

खोस्रेर खानी फलाम धातु हामी नै गलाऊ

*******************************

पहाड भरी मोटर बाटो खनेर भिरमा

हामी छौ बिर भनेर टोपी चिनाउ शिरमा

*******************************

संसार भरि चलेको नाम गोर्खाली बनेर

सगरमाथा सरि नै रहोस नेपाली भनेर !!

भरिया

कुन मरुभूमिमा जान्छौ भरिया कुन खाडीमा जाने हो

कति आर्थिक लाभ हुनेहो कति जीवन स्तर उठ्ने हो





बिस्वको अति सुन्दर मुलुकमा जन्मनु तिम्रो भाग्य अहो

स्रोत प्रकृतिका सारा यसमै छन् बाहिर किन जानु थियो





आमा नेपाल हसिली रसिली प्राकृतिक यौबनले भरपूर

सन्तति उनकै हौ कति बीर गर पालन उनकै मजबूर





जुन माटोमा जन्म लिएर बिस्वमा शान्तिको दूत बन्यौ

सगरमाथाको उच्च शिखरमा लडिबुडी खेल्ने मै हुँ भन्यौ





बुद्धको भूमि शान्तिको भूमि उच्चता बोक्ने शिखर प्रतीक

नदि र नाला मेची काली कार्यमा तिम्रै हुन्छन सरीक





बन जंगल झरना फाट कर्मभूमिको यो पुण्य थलो

आशमा तिम्रै बाची रहेछन जाउ समाउ जोत हलो





सेबा गर अब जन्मभूमिको कर्म भूमिमा पसिना छर्दै

दुधको भारा तिर्न सजिलो छ यै माटोमा पौरख गर्दै





आश अरुको गर्नु परेन आफ्नै साधन पहिल्याएमा

स्वर्ग भन्दा पनि ठुलो हुन्छ मातृभूमिको गित गाएमा





फर्क न जाउ खाडी प्रदेश सुख सन्ततिको हेर्नुपर्छ

तिम्रै आशमा बस्छिन आमा उनकै पोषण गर्नु पर्छ





अब न जाउ हेर विदेश घरमा दुखि छन् कैयौ हजार

दुखीको सेवा गर्दै बस तिमि मात्री भूमिको हुन्छ उद्धार !

Saturday, January 14, 2012

भिखारि

सहज थियो गर्भ पिता उनै थिए
गरेर बाचा जननी बुझी लिए
चराचरैको अनुराग हो सब
भुल्यौ कि बाटो भन के गरि अब


बित्यो दसै मास झुकेर गर्भमा
पुरा भयो कर्म ढुकेर मार्गमा
सफा थियो देह रसादिको द्रब
भुल्यौ कि बाटो भन के गरि अब


हुनु थियो लालन पालनादिक
भयो बढे अङ्ग जुटाई तात्विक
खै अक्षरारम्भ र पाठनादिक
भुल्यौ कि बाटो भन के गरि अब


अमूल्य बालापन बाल्यकाल
बितेछ सप्नासरी स्वर्ण थाल
गन्तब्य को मार्ग छुट्यो झकाझक
भुल्यौ कि बाटो भन के गरि अब


यो हाल तिम्रो किन भो कसोगरि
गुरु हराए कि सबै गए मरि
कि भाबि लेखान्तर क्रुर थे सब
भुल्यौ कि बाटो भन के गरि अब


कि भाग्य नै हाबी भएछ कर्ममा
कि कर्मको ख्याल घुमेन मर्ममा
सहि दिशाबोध छुटी गयो जब
भुल्यौ कि बाटो भन के गरि अब


यो भेष तिम्रो घर ब्रह्मचारी
लिएर आशा मनमा बिचारी
माग्दै छहारी घरघर घुम्यौ सब
भुल्यौ कि बाटो भन के गरि अब


मुठी उठाई एक छाक टार्ने
शरीरका सब अरु भोग बार्ने
मस्तिष्कको चिन्तनशील बैभव
भुल्यौ कि बाटो भन के गरि अब


त्यो झुल्कने घाम बिहान पूर्वमा
भरेर उत्साह सच्याउ कर्ममा
बन्नेछ औद्योगिक छात्र गौरब
भुल्यौ कि बाटो भन के गरि अब


समाउ फर्की हतियार यौटा
कुटो कलम कि बनि हेर श्रस्टा
शुरु गरि खेल कहा छ शैशब
भुल्यौ कि बाटो भन के गरि अब

गजेन्द्र मोक्ष

खाँदै मस्त हुँदै घुमी सुख सयल गर्दै तपोबन डुली
बस्थ्यो साथि समेटी मालिक बनि रोज्थे सबैले मुली

बलमा निर्भयको अजङ्ग बलियो शरीर धारी सुंड
शक्ति संचयको छ खानि उसमा गजेन्द्रको हो गुण

मत्ता हात्ती भनेर भन्छन सबै देख्दा बलियो उ नै
निर्धक्कै विचरण गर्यो जलधिमा सोचेन क्यै मनमनै

तिर्खा मेट्नु र उष्णता शरीरको हटाउने मन्तर
गर्मि गृष्म ऋतु जमीन जलमा संधै हुने अन्तर

गर्छु हस्तिनी भोग आज जलमा क्रिडा छ आनन्दको
भन्दै साथ करेणुकासंग गयो चिसो छ जल मंदको

डिलमाथि उभिई उठाई सुंड त्यो आव्हान चित्कारले
बोलायो गजनंदिनी पनि त्यहा हाजिर भईन प्यारले

आलिंगन सुंड ले गरेर तनमा कानमा गर्यो चुम्बन
सारा देह फुकाई तन्तुहरुको जालो हट्यो बन्धन

थामिन भार ठुलो थियो बजनको हल्का भयो पानीले
पाईन प्यार जसै द्रबिभुत भईन सम्भोगमा रानीले

राम्रो फूल गुलाब टिप्न भनि जो इच्छा लिई मनभरी
कांडाको बिपना भुलेर तरुमा झम्टन्छ तृष्णा गरि

त्यस्तै त्यो गजराज लाइ अहिले जलबाट निस्की चर
भोकले आतुर मुख उघारी दुइको मुखमा धर्यो पुच्छर

तान्यो यद्यपि भीमकाय गज त्यो टेवा दिईन रानीले
खुट्टामा अरु आइ चार सुरमा डसे हठी बानीले

छोडेनन् जब ग्राह सब मिलि त्यहा हात्ती भयो निर्बल
ठुलो शान र शक्तिको पतन भो प्रयास त्यो निस्फल

मनमा भन्छ अहो ! म आज जलमा कति भएँ निर्बल
यो मेरो अपमान हो यदि कुनै सोचला जमिनमा बल

मेरो हुन्न कदापि हार जगमा अन्यत्र यस्तो गरि
देउ दर्शन भीमकाय अब यो पर्यो शरणमा हरि !

रोई अश्रु निकाली याचन गर्यो कबुल गर्दै भुल
सुंडले तानी टिप्यो चढाउन भनि असल कमलको फुल

मेरो बिन्ति छ हे बचाउ भगबन यो देह दुखमा फस्यो
भन्दै पुर्ब तरफ उठाई फुल त्यो दुइ हात जोडी बस्यो

यौटा रिति छ देबलोक भरिमा झुकी शरण पर्छ जो
उद्धारण उसको अबश्य छ हुनु कानुन नै भन्छ त्यो

विष्णुले जब यो पुकार सहसा सुने हुँदै तत्पर
कम्प्युटर मनको खिचेर नजिकै ''गुगल'' गरे सत्वर

हात्तिको त रहेन दोष छ कुनै त्यो ग्राह्को पंक्तिमा
पाउनु मोक्ष थियो पुग्यो मिति भने गजेन्द्रको भक्तिमा

प्रादुर्भाव भएर चक्रधरले हातमा सुदर्शन लिए
पानि भित्र डुबेर घांटी चरको च्वाट्टै छिनाली दिए

यौटा काम गजेन्द्र मोक्ष हुन गो आपद हटाए त्यहाँ
अर्को ग्राह जुनी मिटाइ चरको श्राप मुक्त पारे त्यहा

यात्रा स्वर्ग र प्रिथ्बिको घरि घरि गर्नु महंगो छ यो
यौटै मार्ग हिंडेर काम दुइटा गर्नु भनि भन्छ त्यो

हे नेताहरु हो! तसर्थ बुझनु भ्रमण विदेशको हुँदा
लाखौ खर्च बचाउ है भ्रमणमा सोच्दै यहि हो बुँदा