Wednesday, August 17, 2011

बिदाई !


by Chacha Bihangam on Wednesday, August 10, 2011 at 5:33am
पक्कै एकदिन छोरी छाडी घर यो जानेछिन आफ्नै घर
भन्ने तथ्य बुझेर साँची मनमा आस्वस्त हुन्थेँ तर
केभोआज झसंग हुन्छु मनमा बिग्र्यो कि लोक्को स्थिति
छोरीको भरमा थियो घर संधै यस्तै हो सबको रिति
थाक्दै बाहिरबाट भित्र घरमा पस्नेछु भोलि पनि
बाबालाई चिया कि पानि पहिले को सोद्छ कुन हो भनि
पूजाको सरजाम श्रीखंड र अबिर ,टिपेर राम्रा फुल
थालिभित्र सजाई शुद्ध जलले ध्वजा पताका तुल
बत्ति धुप र अक्षता तिल जऊ नैवेद्य नानाथरी
पारि ठीक बुबा ! भयो अब सबै तयार कोठाभरि
भन्थ्यौ दिनदिन धोति फेरी म संधै गर्थे पुजा अर्चना
यो घरका परिवार संधै खुशी रहुन भन्दै गरि प्रार्थना
घरको काम सबै निखारी पहिले गरि सफा सुग्घर
आमालाई सघाउदै वरिपरि हेर्थ्यौ नि भान्साघर
को गर्ला अब यो सबै जतनले बिर्सी न सक्नु यहा
नासो कै रुपमा थियौ तर पनि बुझ्ला र मन यो कहा
बिरामी असहाय सेवन पनि जिम्मामा तिम्रै थियो
चारैतर्फ सम्हाली काम घरको को बाल्छ साँझको दियो
जाउ थाम सम्हाली काम घरको सेवा पतिको गर
यो जस्तै घरमा गरेजति सबै गरेर किर्ति छर

No comments:

Post a Comment