Friday, December 25, 2009

merry christmas!!!

यीशु बुद्ध र कृष्ण, राम, महमूद अल्लाह जप्नेहरू !
हामि एक भएर त्यागि दुबिधा यौटै सबै हु बरु !!
भन्ने भाव लिएर उत्थित भई कुरा न काटिकन !
यो सन्सार बिशाल तर्न असहज सुगम थियो कि भन !!
रातो रक्त र सन्तति ति प्रभुका संसार भरमा सब !
यौटै हुन् म बिचार गर्छु नभको बस्छन मुनि ति जब !!
बेग्लै आवहबा र देश छ पृथक प्राणि त एकै जन !
यो सन्सार बिशाल तर्न असहज सुगम थियो कि भन !!
सीमा पारि र वारि बन्दुक लिइ छेकेर यौटाकन !
दोस्रो लाई सुगम बनाइ कहिले भेद भाव गर्दा झन !!
उठ्ने क्रोध इबी हटाइ समता बाडेर इज्जत दिन !
पाए लोक जुटेर एक ति हु*दा सन्सार कस्तो भन !!
मेरी क्रिसमस यो उठाई अहिले रामले गरि चुम्बन !
जिससको पनि त्यो ललाट पटलै रातो टिकाले छुन !!
लाए छाती मिलाई गदगद भई यो लोक थाल्ने रुन !
मेरो क्रिसमसको बधाई यहि हो कस्तो भयो लौ भन !!

Thursday, December 24, 2009

Snow!!!

आर्याबर्त भनि हिमालमुनिको चिनिन्छ त्यो देशको !
बासि भैकन आजसम्म हिउको देखीन आश्चर्य यो !!
केटा केटि छँदा म भेट्न हिउको थुप्रो गइ दामन !
फन्को मारी मकालु पर्बत चडी धवलागिरी आँगन !!
नाची नाची घुमेर उच्च शिखरै कुल्चेर हिड्दा पनि !
पैताला र हिउ पृथक हुन गयो पहाडमात्रै बनि !!
यी आँखा दुइका अगाडी यसरी उडेर कण कण झरी !
भुइमा थुप्रिन गै कपाससरिको थुप्रो अचम्मै गरि !!
छाना आँगन बारी पालि र सडक सर्बत्र त्यो डेकमा !
साक्षात्कार गरि परेली डिलमा बस्दै कफी केकमा !!
तिम्रो त्यो हलुका चिसो तर सफा सेतो अति कन्चन !
खाउ खाउ लिउं लिउं तिमीसंगै लाग्ने गरूँ गन्थन !!
लोभले एक भरि उठाई अंजुली काख्मा लिई चुम्बन !
खोज्दा गर्न बगेर सल्सल बगी भाग्यौ दुख्यो यो मन !!
तिम्रोबानी लजालु रेछ अति नै मन हर्छ सबको यहा !
बाटो मात्र न छेकी जीवित रहू क्रिसमस भरि नै त्यहा !!

Friday, December 18, 2009

could'nt find a soul mate?Share

could'nt find a soul mate?Share
Sunday, November 8, 2009 at 11:27am | Edit Note | Delete

I tell you one thing is so great !
now's the time to open the gate,
welcome to my heart be my mate!

you'ld find me as, white as snow,
look into my eyes shining glow!
you'll feel in them spirit flow,

my hands are as, strong as stormy blow,
can hold mountain high,but not low!
still my legs are stout and slow,

imagine! my thoughts high in the sky,
come argue with me, don't go shy!
make up your mind, don't ask why?

i seem not wealthy as you are,
stay from riches little bit far!
still can join me there's no bar,

you look me down,i wo'nt hate,
i take in your bright fate!
waiting answer with bated breath

thus i opened my closed gate,
ready to jump now if you are set,
welcome to my heart be my mate!

If you made up your mind !Share

If you made up your mind !Share
Friday, November 13, 2009 at 8:05pm | Edit Note | Delete
you can hold up time 'n tide,

if you made up mind..

de-ter-mi-na-tion is so strong,

you won't lag behind..


work hard, hard work, they go to-gether,

put them in your aim...

you do'nt have to play for,

but will win the game...


plan 'n practice set them side by side,

dif-fi-cul-ty dis-ap-pears...

rivers mountains whatsoever,

you can have them tame..


es-sen-tial is ob-ser-va-tion,

put down for records...

re-produce it when needed,

you wo'nt be called a lame..


obey elders,parents,teachers,

there is nothing wrong..

wake up, make up, build up your mind,

you can sing my song...
la..la...laaa....

Thursday, December 10, 2009

The apes and two travellers

साँचो कि झुठो - कुन्चाई मिठो

यौटा प्रान्त रहेछ बादरहरु समुहमा थे सब !
राजा बादरको भएछ "कपिले" प्रख्यात नामले तब !!
बस्दो रेछ चलाई राज्य ति प्रजा बादर्हरुकै जहाँ !
देखे यो रमिता मनुष्य दुइले भेट्नै पुगेछ्न त्यहा !!

यौटा त्यो नर जो रहेछ अति नै राजा हरिश्चन्द्र झैँ !
बोल्ने सत्य कदापी झूट न भनि राजाको सामु उ गै !!
अर्को जो नर हो सदैब मुखमा साचो कुरा साचदै !
झुटो मात्र बकेर जीवनभरी कुन सत्य हो ? जाचदै !!

दुइटैको जब भेट् भयो नि कपिले त्यो बादरैको शिर !
प्रस्नै गर्छ कि हेर फर्की नरमा हेरेर यौटा तिर !!
कस्तो छु म यहा सुशोभित प्रजा यी बादरैले सरि !
राजा धन्य म छू कि छैन यिनमा बिचार यस्तो गरी !!

राजा बादरको सुनेर यी बचन अगाडी सर्दै फटा !
भन्दै जान्छ कि हे प्रभो यति बिधि के चन्द्रमाको छटा !!
हुने गर्छ हजुर सुशोभित यहा सामु प्रजाका लहर !
चारै तर्फ बसेर टन्न प्रभुको रक्षा गरेरै प्रहर !!

दिनको रात बिताई धन्य छ भनी सेवा हजुरको गरी !
आज्ञा पालन जो गरेर न्रिपको ज्यु ज्यान दिन्छन मरी !!
उत्तर यो उसको सुनेर खुसि भै सुन चांदी दौलत धन !
सारा धेर इनाम बक्सिस दिई फर्केर दोस्रोकन !!

यस्तै प्रस्न गरेर सोधनी गर्यो जो सत्यवादी थियो !
उसको स्वार्थ थिएन बोल्नकन झूट साचो कुरा भन्दियो !!
बादर होस् तँ रहेर बादर सरि, बादर हरुकै जहा !
तेरो जीवन बाँची रेछ तँ पशु हुन्छ्स पसु नै त्यहा !!

साँचो जे छ म भन्छु बिस्व भरमा देखिन्छ तथ्यैपरक !
झूटो बोल्नु म ठान्छु पाप अहिले मेरो र उसको फरक !!
सुन्दा यो मनमा उठेछ अति रिस त्यो बादरैको बृहत !
सारा बादरसाथ झंटि उसलाई मर्मत गरे मृत्युवत !!

त्यसकारण कि भनिन्छ सत्य पनि जो बोल्ने तितो मर्दछ !
झुटो भैकन त्यो मिठो पनि भए उसको भलो गर्दछ !!

Sunday, December 6, 2009

The ass and shasow

धोबी र गधा

एउटा धोबी थियो कमाइ उसको पालेर बेच्नु गधा !
बेच्नुमात्र थिएन मन्द दिनमा भाडा लगाउथ्यो सदा !!

बिस्वास्को भरमा न छाडी उ गधा डोर्याई भाडे संगै !
बाटो लागि हिंडेर गर्मि दिनमा झन् दुख पाउथ्यो अझै !!

गर्मि तिब्र थियो असह्य एकदिन धोबी र भाड़े दुवै !
बाटोमा पनि खोजि बृक्ष तलको छाया न पाई खुबै !!

धोबी त्यो कसरी म सेवन गरु छाया गधाको पनि !
धक्का भाडेकनै दिएर खुद त्यो छाया त मेरो भनि !!

बस्नासाथ अति भएर रिसले मुक्का र मुक्की गरी !
लागे बाझ्न दुवै प्रचण्ड धुपमा छायाको लागि हरि !!

धोबी भन्छ असूल मात्र पशुको गर्छु म छाया कहा !
दिन्छु, ताप्छु म नै तँ फोकटमहा हटेर गइ जा जहा !!

भाडामा यो गधा भएपछी मलाई छाया नि मेरो हुने !
मुक्का हान्छु तलाई दिन्न म शितल भनेर भाडे रुने !!

दुइटैमा यसरी भएछ झगडा चल्यो नि संग्राम ता !
मौका पाई छ्क्याई भाग्ने सुरले गधा भयो बेपता !!

देख्यौ नानि त सानु सानु चिजमा फालेर व्यर्थै श्रम !
ठूलो चीज गुमाई लोभी मनमा पाल्नु हुँदैन भ्रम !!

Wednesday, December 2, 2009

kakudrum

ककुद्रुम

यौटा जंगलमा ककुद्रुम भनि नामले प्रतिष्ठित बिर !

भोकले आतुर भै घुमेर दिनभर खोजेर हिड्थ्यो खिर !!

जाऊ कुन घरमा कि भेट्छु बनमै बिर्सेर आफ्नो सुर !

सुध्दी बुध्दी हराई गाउतिर नै लागेछ त्यो खुर्खुर !!



गाउका चारदिवारी गर्न दरिला जमात जागा बसी !

रक्षा गर्न खपिस थिए ति बबुरा बाँधेर कम्मर कसी !!

बस्ने कुक्कुरका बथान हरुले देखेर जम्बुबिर !

सीमा नाघी अतिक्रमण हुन गयो भन्दै उठाए शिर !!



हे बाबा म फसें नि गाउबिचमा जंगल भयो दूर त्यो !

मेरो ज्यान बचेन भागु कसरि भोकै बरु हुन्थियो !!

सोची यो मनमा पसेछ घरमा धुने लुगा धोबिको !

रंगमा डुब्न पुग्यो ल हेर नतिजा कस्तो भयो लोभीको !!



झुक्याएं अबता इ कुक्कुरहरु फर्किगयेछ्न बरु !

झुक्क्याउछु अरुलाई जंगलमहा को टिक्न सक्ला अरु !!

स्यालको रुप लुकाई निर्भिक उ भै बाघ भालुको भिडमा !

भाषण गर्न भनेर तम्सिकन त्यो बस्यो परै गीडमा !!



आए जंगलका समग्र पलुवा देखेर नौलो जिव !

गर्दै भाषण भन्छ हेर म प्रति खुसि भएछन शिव !!

राजा जंगलको बनाइ मकनै पठाइएको हुँ म !

मान्नै पर्छ म गर्छु शासन सबै नामको छु ककुद्रुम !!



यस्तो जारि गरेर सर्बसुचना गठन गर्यो मन्त्रीको !

मण्डल, कार्य र भार सुम्पी सबको दांत भाची द्यो हन्त्रिको !!

मन्त्रि भो सिंह त्यो र बाघ पछुवा ब्वाँसो बन्यो "ग्रीटर" !

सब्को मान लिएर जम्बुबिर त्यो मालिक बन्यो "चीटर" !!



दाना पानि सबै दुरुस्त घरमै तयार हुन्थ्यो सधै !

खाइ मस्त सुतेर बाँकी उपहार भनेर बाडथ्यो अझै !!

भोजनको बिचमा सुनेर एकदिन श्याल्हुंया त्यो जातिको !

आफ्नो सक्कली रुप देखिन गयो फुस्केर स्वर छातीको !!



मन्त्रि त्यो सिंहको चस्सक्क मनमा शंका पस्यो स्वर सुनी !

धोकामा म परेछु दैब! गरु के भन्दै धिक्कार्यो जुनी !!

राता नेत्र गरेर चूर रिसले बाघलाई हकार्यो पर !

ब्वाँसोलाई खवर पठाई उसले झम्टेर पर्दै भर !!



घांटी च्यापी गिदी झिकेर बलले छाती फुटाइ रगत !

प्यूदै स्वाद लिएर फेरी बदला थर्काई छाड्यो जगत !!

आफ्नो जात लुकाई छद्म रुपमा बाचेर केहि छिन !

जातिबाट अलग हुँदा अति कठोर भोग्नु पर्यो दुर्दिन !!