Friday, September 23, 2011

कसैले बिर्सनु हुन्न आमाबाबु सदा सदा !!

by Chacha Bihangam on Friday, September 23, 2011 at 12:56pm
स्वर्ग स्वर्ग भनि भन्दै मरिमेट्नु छ के तर

भोगेका सबले हुन्छन् बुझ्दैनन् सब ति नर

त्यो स्वर्ग तुच्छ नै होला दाजौ म कसरी यहाँ

आमाको काख त्यो न्यानो स्वर्गमा पाउनु कहा

प्राप्त हुन्छ सबैलाई एकपल्ट प्रिथिबिमा

दीर्घकाल कसैलाई लघु बन्छ गरिबीमा

आमाको होस् बुबाको होस् तिथि यो चाड पर्वको

काखको त्यो अनुभूति गरौ सम्झेर गर्वको

हुर्काए तर के कत्रो महा भारत ले गरि

उपदेश अघि सारौ गीतापाठ गरेसरि

अगाडी चित्र त्यो राखी सास्टांग गरि स्पर्शले

धन्य धन्य भनि ब्यक्त गरौ आभार हर्षले

दान पुण्य गरि गर्ने बिचार मनमा भए

पर्दैन तिथि यो कुर्न असहाय भनुन् जय

बर्षमा तिथि यो चक्र घुमे झैँ घुम्छ सर्बदा

कसैले बिर्सनु हुन्न आमाबाबु सदा सदा

कविहरु हाम्रो !

by Chacha Bihangam on Tuesday, September 20, 2011 at 6:35am
कुराहरु माला जस्तै कवितामा उनि

छन्द लय मिलाएर लेखनाथको सुनि



भाब रस भर्नु पर्छ तल माथि मुनि

लय हाली बाचन गर्नु पैले आफै चुनि



थाहा हुन्छ कसो गरि चाचा विहंगम

लेख्ने गर्छ कबिता त्यो भनि पर्ला भ्रम



गार्हो साह्रो मान्नु हुन्न थप्नु परे श्रम

यसै गरि मिलाउनु कविताको क्रम



नब रस अलिकति जानी राखे राम्रो

पिङ त उसै मच्ची हाल्छ न भएनी काम्रो



पैले होला न उर्सेको सेल जस्तो दाम्रो

यस्तै गरि लेख्दा होलान् कविहरु हाम्रो !

Monday, September 19, 2011

पख्नुस त, नेपाल जान लाग्या भए !

सुन्छु आज म के यहा खुश खबर स्वदेशमा भित्रिन

जानुहुन्छ अरे कतिदिन उतै उद्देस्य के हो किन ?

होलान ति मनमा असह्य परदेश बस्दा गडेका पिडा

एकैसाथ उकुस मुकुस भई अघि बढ्लान् बिथोल्लान् क्रिडा

मनमा धैर्य लिनु सबैसंग चिनु बाँडेर यो भन्दिनु

पक्कै आउँछ त्यो विहंगम पनि बाटो बरु खन्दिनु

यौटा सानु चुटुक्क पायक महा डेरा किनी बस्छ रे

उत्तर पन्थ पनि बितोस यहि भनि विभूति नै घस्छ रे

हातखुट्टा बलिया थिए र उसका बिदेशका धर्तिमा

बिस घण्टा हरदम खडा भइ उठी असि तिर्यो जर्तिमा

के पायो उसले त्यहाँ भनु कठै बाहेक बास् रात्रिको

लूला ति अब सब भए अबयबै स्मरण गर्यो मात्रिको

केहि काम अझै निकाय सरकार भन्ने हरुमा गई

गर्नु सम्भब छैन कि छ कि चुसी हाल्छन नजिकै भइ

मन्मा बोकी रहेछ त्रास बिजुली चंकी अगुल्टे कुकुर

तर्से झैँ अझ मालमा छ कि उडुस् डस्ने भुसुना ढुकुर

छाडातन्त्र अनि कमिशन पनि ग्याँसको लहर पम्पमा

खल्तीबाट झिके असम्भब पनि बन्दैछ कि जम्पमा

यो संदेश लगी सुनाउनु हवस फिर्ती सबारी हुंदा

इच्छा तीब्र छ यो सुनौ सब कुरा यथार्थका ती बुंदा

Wednesday, September 14, 2011

आफ्नो कथा

by Chacha Bihangam on Saturday, April 16, 2011 at 12:26pm
घरको अघि करेसा बारी पछाडी बगैंचा
फल र फुल छ लटरम्म पिंडी मा फलैंचा
ढिकी र जाँतो कुनामा घान पर्खेर बसेको
एक पाखे पालि भित्तामा टाँसी थाकल्ले कसेको


पूर्वको ढोका आँगन ठुलो, खरले छाएको
दुइ तले घर दक्षिण पट्टि बार्दली पाएको
चारौटा खम्बा उठाई खडा गरेको माचमा
पराल टन्न पाकेका फर्सि रहन्थे खांचमा


बिशिमा खेत डिहीको गोठ गाईगोरु टन्न छन्
घरैमा भने दुहुनो भैंसी लैनो गाइ शोभा झन्
कामको भाग- बण्डा र खटन् पटन आमाको
को जान्छ मेला गोठालो को हो कुन् काम धामाको


बुहारी जेठी जाउ घाँस आज मेलामा माइली
माइलो छोरो बाउसेमा गा'छ घट्ट जाउ साहिली
साइलो छैन घरमा हेर पढ्छु म भनेर
बिचार उसको आएछ पढ्ने पुजारी बनेर


काइलोको बिहे गर्नु छ बाकि शहर डुलदै छ
के मालुम् मन लागेन घरमा के मा उ भुल्दै छ
तिनौटी छोरी टुप्लुक्क माइत घरैमा रमाए
जहान सबले घरमा आफ्नो एक लग समाए

गाइ र बाख्रा मिल्दैनन् चर्न भिर पाखा दगुर्छन्
आमालाइ कान्छो हलुका काम नत्र रोइ हाल्छ झन्
गोठालो संधै जेठो नै जान्छ, बुबालाई सघाउन
कहिले काही सराध्दे जुध्दा कि पुजा लगाउन


कोइरालथोक चौरासी घर यजमान् बुबाको
पुराण कथा पन्डित पेशा पांच बर्ष हुदाको
बाबाको पछी लागेर हिड्दा छलिए एकदिन म
पैसठ्ठी वर्ष पछाडी फर्की भन्छ यो ''विहंगम'

मनुस्य चोला

by Chacha Bihangam on Sunday, April 24, 2011 at 10:42pm
जन्मियो कि फस्यो चक्र ब्युहमा जीवानान्तर
भुबरितुल्य सागरमा डुंगा झैँ घुम्छ यो नर


मलमुत्रादिले ब्याप्त भोक तिर्खा सहिष्णुता
तातो चिसो र ब्याधिको घर नै बन्छ देह ता


लम्पसार छ पृथ्वीमा बाल्यकाल बिताउदै
प्रतिकूल सहि बस्नु नियतिले सताउदै


चल्दैनन् अङ्ग प्रत्यंग आफ्नो काम समाउन
देखेका बस्तु ति के हुन् उ सक्दैन ठम्याउन


आशामा अरुकै खालि भर पर्नु छ केवल
शिशु भै बाच्नु पर्दाको दुख भोगाई पल्पल


बिताई कति दिन यस्तो बल्ल टेकी घुडा जब
उठेर दौडु कि भन्दा बामे सर्ने भयो अब


हेर्छ देख्छ सबैलाई उफ्री उफ्री खडा हुँदै
दौडेका अनि त्यो घरमा भरेंग पनि उक्लंदै


मनले भन्छ झम्टेर अगाडी उसको बढौं
तर के मान्छ खुट्टाले उठ्न खोज्दै कति लडौं


बल्ल बल्ल बिताएर यस्तो यो नर शैशब
प्रवेश गर्छ केटा बा केटीमा हुर्कैदै जब


खेल्न खानु अनि सुत्नु निद्रा भोक हटाउनु
साथीको संगमा बस्नु मन लाग्छ रमाउनु


तर त्यो स्कूल भन्नेले दुख दिन्छ निरन्तर
किताब भारि त्यो बोकी हिड्नाले हुन्छ अन्तर


गुरुको धम्कि त्यो ठुलो बाउ आमा रिसाउने
स्वन्त्रन्त्रता कहा पाउ मन्को बोझ बिसाउने


रिति नै सबको यस्तै थाल्छु मन बुझाउन
बुझ्न थालें सबैको यो मनस्थिति कजाउन


यस्तै गर्दै पढी बढ्दै बल्ल हुर्कें बिते दिन
अब ता मन यो थाल्छ युबतिमा रुची लिन


मन यो गर्छ कोहि होस् माया गर्ने कि मै गरूँ
घरमा अरु कोहिले थाहा पाए म नै मरुँ


लुक्दै चोर्दै जवानी यो हुत्तिन्छ खै भबिष्य के
कसरि हुन्छ निर्बाह खुट्टा चिप्लिन जान्छ हे


दिशा निर्देश को दिन्छ बाबु आमा म मान्दिन
मनमा बस्छ जो मेरो अरु कोहि म जान्दिन


शिक्ष्याले दिनुपर्थ्यो जे सबै गर्छन् कहाँ पुरा
म मेरो भाग्यलाई नै थोपिरिदिन्छु त्यो कुरा


यसरि नै बिताएर जवानी भरको रिन
बोझ संसारको बोकी सहन्छु दुखको दिन


यहि हो नियति भन्दै मन मेरो कराउछ
पश्चाताप कति गर्नु होश मेरो हराउछ


बटुलीन्छ यहा नेर जिन्दगीको अनुभब
बेलैमा सबले थाहा पाई राख ल है अब


संसारभरमा कत्ति आउदै जादै चराचर
घुम्छन् यै रीतले हेर तिम्रै छ दृस्टी गोचर

दृस्टी भन्छ:-
बाटो लाग्न कठिन छ हेर पहिले बिताई यो शैशब
इच्छा धेर पुरा हुदैन कहिल्यै पाइन्न त्यो बैभब

कान्छा भाइको कबिता पढेपछि

by Chacha Bihangam on Friday, May 27, 2011 at 9:40pm
याद आयो मलाई कान्छा भाई,
देबकोटाको चर्चित कविता !
तिमीले पढ्यौ कि पढ़ेनौ,
छक्क पर्छु म ता !


थाहा भएन मलाइ तिमि के हौ
बालक, युवा वा बृध्द ?
बृध्द भए ठिकै छ म जस्तै,
नत्र हुन्छ मेरो कण्ठ अबरुद्ध !


चन्द्रलाई छुने तिम्रो इरादा
झस्कंछौ देख्दा औशिको रात्रि ?
कथा कहानीमा मात्र भेटिन्छ
लक्ष्य बिहिन यात्री,


मन मस्तिस्क को डुंगा चड्दै
अनबरत जाउ बिन्दुमा छुन
अस्थी पन्जर टेवा दिन्छन
मार्ग दर्शक हुन् ति तारा जुन


सुइ घडीका निर्जीव हैनन्
हात र खुट्टा साथमा साथि
धड्कन, वियोग, बिछोड जीव
जिबन्त रहेछन झन् त्यसमाथि


अझ लम्क ,अघि बढ
बढ्दै जाउ कान्छा भाई,
बुकी पनि बैंशमा फुल्छ
शिशिर आको बसन्तलाई !


छाती तिम्रो उर्बर बाँझो
मनबाट हट्छ कि अब त त्रास
बाकि अझै छ धुकधुकी ता
सास छउन्जेल्को आश

मुनि छ संधै अँधेरो !

by Chacha Bihangam on Monday, June 6, 2011 at 11:15am
मायाको खेति रोपेको मैले फेद काट्यो किराले
हिराको औठी प्रियाको चासो मन काट्यो हिराले
झरेका पात,ति नांगा रुख बसन्त सुत्यो घुरेर
यौबन आयो बसेन पर्खि कोइलीको भाका कुरेर
न हुने यौटै धन र मन मन जित्ने धनै हो
धनले पेल्दा मन फाटी हाल्ने बिगार्ने मनै हो
कसैलाई धन कसैलाई माया तल र माथि को लेख्छ ?
मिल्दैन रेछ ताल र मेल कर्मको खेल को देख्छ ?
बाटो र घाटो ओडारमुनी सबैको साझा पँधेरो
के गर्नु भाइ बत्तिको मुनि छ संधै अँधेरो

देब - स्तुति

by Chacha Bihangam on Sunday, August 21, 2011 at 6:04pm
हे देव ! तिम्रो चरणाम्बुजैले
उठाई शिरमा दुइ यी भुजैले
म धुन्छु अज्ञान निखारी कल्मष
यी बाहु जोडी कन लौ अहर्निश


अदृश्य डुंगा भब सागरैको
दुर्लंघ्य सीमा छ अति परैको
म तर्न सक्दिन बिना सहारा
तिम्रै छ पाउरुपी त्यो बिहार


अस्पस्ट बाटो छ दिशा बिहिन
म प्राणि एक्लै छु अतीव दीन
फिजाउ ज्योति प्रभु नेत्र खोलि
हटाउ बाधा पनि पाप पोली


कृपा गरि देउ म माथि दृस्टी
खुलाई चक्षु गरि ग्यान ब्रिस्टी
जलिरहेछ मनभित्र घाउ
म पाउ पर्छु शिरमा समाउ


यो भक्त टेकेर घुडा अगाडी
बसिरहेको छ चलेन गाडी
कृपा गरि हेर्नु हवोस नाथ
म हात जोड्छु अति भक्ति साथ

गाइजात्रा (Perody)

गाइजात्रा
by Chacha Bihangam on Monday, August 15, 2011 at 8:37am
गाई जस्ती सोझिलाई खोजि रोजी किन
जात्रा भन्ने मात्रा जोडी काउ कुति लिन
मानिसले चलाएको रिति रिबाजले
मख्खै पार्छ गाउबाट, हेर्न आउछ घले


बिग्रिएर भत्किएको जति सबै कुरा
राम्रै भएपनि त्यहि न हुदामा पुरा
मात्रा थप्दा मात्र हैन झिकी लिदा पनि
जात्रा भनि भन्दारेछ्न उठ्छ हाँसो अनि


गाइजात्रा त्यो हुने गर्छ के के गरि भन
गनी साध्ये छैन हेर बिचार गर्दा झन
जे बिग्रन्छ त्यहि जात्रा न भएर त्याहा
सधैभरी गाइजात्रा किन भाको याहा


भीरबाट भैंसी लड्यो गिदी छताछुल्ल
दौडी दौडी हेर्न गयो रणे रनभुल्ल
फर्की आइ घरमा भन्छ गाईजात्रुई भा'छ
गाइजात्रा नै हुनुपर्ने भैंसी जात्रा काँ' छ


श्रीमतीले छानी छानी सारी चोली लाइन
दिदि कस्ती भइन भन्दै बैनी हेर्न आइन
कुर्कुच्चा त छोपेनछ सारी माथि गा'छ
गाइजात्रा नै भयो भन्छिन सारिजात्रा काँ' छ


आविस्कार नया नया खोज थरि थरि
नौलो फेसन निस्क्यो हेर जात्रै हुने गरि
अनिता र विनिताले कट्टु लाको हेरे
अचम्म भै जिभ्रो टोक्छन् गाइजात्रा नै भो'रे


गाउबाट भिड लाग्न आए सभासद
कोहि होचा कोहि अग्ला थिए पुड्का कद
देश प्रेम झल्काउने तीव्र इच्छा उनको
कालो चस्मा लगाएर घडी लाए सुनको


मायामोह टाई माथि लाउछु भन्दै लाए
दौरा माथि टाई भिर्दै गित गुन्गुनाए
यसलाई पनि भनु अब गाइजात्रा नै है'त
सुट बाट बसै सर्दा टाई जात्रा खै 'त


देश भयो भताभुंग लाखा पाखा सबै
सुर्खेतबाट डोको बोकी तर्न लाग्यो बबै
झिटी झाम्टा डोको भरि कुखुराको कोक्रो
बिचमा खुट्टा धर्मरायो पेट थियो खोक्रो


थाप्लोबाट डोको फुस्क्यो बबै खोला भित्र
दाया बाया सबै थिए डोको बोक्ने मित्र
कठै बरा ! सबै भन्थे भयो गाइजात्रा
रमिता भो वरिपरी खै'त देशजात्रा

बधु - प्रवेश

by Chacha Bihangam on Wednesday, August 17, 2011 at 2:53pm
Your changes have been saved.
त्यो बादल पछिको र उग्र हुरीको कम्पन टर्यो क्रान्तिको
जान्छु आज बिदा भईकन जहा डेरा छ मन शान्तिको
छाती भित्र मुटु छ कैद जसरि त्यो यानको भित्र म
थाल्छु खोज्न बसुँ कहा गई त्यहा निर्दिस्ठ त्यो आसन
यौटा आसन त्यो सुरक्षित छ नै जीबन भरिको फल
साँची सोची किला उखेली मनले रोजिसकेको स्थल
यात्रा पुग्न त्यहा शुरु अब भयो अभ्यास यात्राभरी
गर्छु मिल्न म जान्छु यात्रु संग यी जस्तै छ यो घर्सरी
बायु यान छ यो छ किन्तु घरकै आभाष पाउँछु म
मिल्नु पर्छ यिनै सदस्य सरि यो यात्राभरी ठान्छु म
यस्तै यो मनमा छ उठ्छ हरदम मिठो छ है तर्कना
भेट्नै आतुर हुन्छ मात्र मन यो त्यो गुद्गुदी सम्झना
गर्दै तर्क बितर्क सोची म बसें गन्तव्यको खातिर
बाटो छोटिन गै बितेछ दिन त्यो यात्राभरी आखिर
पत्तै पाईन लम्कदै अघि अघि बढ्दा खुल्यो द्वार त्यो
निस्कें बाहिर त्यो पटांगिनी महा आँखा जुधी चार भो
देंखे हात दुवै समाती फुलको गुच्छा र मुस्कानले
गर्दै आफूतिरै यहा म छु भनि डाक्नुभयो शानले
त्यो कौतुहल मेटियेछ सहसा बाहु अगाडी बढ्यो
आलिंगन हुनगो मिलन दुइ हुँदा त्यो पुष्प शिरमा चढ्यो
हो संग्राम ठुलै थियो पृथक को भेटि जितें यो रण
सबले आँशु बदल्नु पर्छ खुशीले बिर्सी बिछोड तत्क्षण
न्यानो काख यंहा म पाउछु पतिको हातको तकिया पनि
बाबा बिर्सिदिनोस् म छैन संगमा भन्ने न सोच्दै अनि
संसारको रित हो बिछोड र मिलन आउनु र जानु कति
गर्दै गर्छ यो चक्र घुम्छ सबमा फुक्नेछ बाधा जति
भाद्र १ गते
भर्जिनिया

सन्दर्भ - कुशे औंशीको

by Chacha Bihangam on Monday, August 29, 2011 at 10:02pm
एक दिन फर्कि विदेश छाडी घरमा नेपाल जाने छु म
नेपालि पहिचान बाकि छ गई झनै उजिल्याउ छु म
छटके टोपी लगाई चट्ट शिरमा कछाड भोटो धरि
भोटोमा पटुका कसी कमरमा खुर्पाको ट्याक ट्याक भिरी
बाबा पुस्तक फोई टांड पिंडी मा काम्लो बिछाई बसि
भाका फेरी ति भानुभक्त लयको रामायण भित्रै पसि
कैले दृस्टी फिराइ आगन महा बिस्कुन रुंगे झैँ गरि
बस्नुहुन्छ म भेट्छु पुग्छु घरमा जंघार छेउको तरी
मेरा हात दुइ अगाडी बढदै पाउमा ति खोज्छन छुन
शिर झुक्दै भुइमा ति पाउ दुइमा चड्ने छन् सम्झी गुन
चिरन्जीव ! भनि फिराइ दुइ हात् कैले तँ आइस् भनि
सोध्नु हुन्छ म भन्छु खै त घरमा आमा कता हो त नि
डोकोमा जलको घडा भरि लिई टुप्लुक्क आमा पनि
थाप्लोबाट झिकेर डोरी पिंडी मा डोको समाइदे भनि
भन्नुहुन्छ म सुन्छु बोलि सहसा लम्कंछु गाग्रितिर
भुइमा राखी कठै कति दुख भनि निउरिन्छ मेरो शिर
आँशु झारी तँ फर्किइस् अब न जा भन्दै खुशीले गइ
बाबा नेर तिनै जना गई कुरा गर्नेछौ जम्मा भई
तेरो हाल बिदेशमा कति असल् थियो, बित्यो के गरि
पाइस् दुख कि सुख् भयो कसरी दिन् बिते ल भन हे हरि
सुन्दै प्रस्न म आँट गर्छु मनमा के के बताउ अब
भन्दै सुन्नु हवस् म भन्छु मनको ब्यथा उकेली सब
पाखा गाउ पंधेरी शुध्द जलको भण्डार फलफूलको
साटोमा त त्यहा सबै पसलमा थुप्रि रहेका रुखो
जैले जाउ उही सबै चिज संधै त्यै ठाउमा पाइने
बासि हो कि त हैन जान्नु कसरी पढेर छान्दा हुने
गाडीमै अनि देख्छु मानिस सबै सडक भरि मोटर
कोसौ दूर बसेर धान्नु कसरि टाढा हुने त्यो घर
काम भन्दै घर छाडी भर दिन त्यहा भेटिन्नन् घरमा जन
कामले काँध संधै थिचेर रंहदा भरंग भो यो मन
आफ्नो देस र गाउ बेशी म संधै सम्झी रहन्थे बुबा
चाडबाडमा म कति मिठाइ गुलियो छानेर खान्थें खुवा
आउने छैन त्यहा तिहार र दशैं नया लुगा लाइने
जुत्ता फेरु भने कमाइ जति सब् पेट्रोलमा चाइने
साइलीमाईली को त्यो रोदी घरको मादल बिरानो भयो
बन पाखा खहरे कठैबरी त्यहा सबै सिमंटि रह्यो
मेरो त्यो हँसिया र डाली रुखको नाम्लो र दाम्लो पनि
बर्सौ बर्ष बित्यो म भेट्दिन त्यहा प्रयोग ल्याउ भनि
न्यास्रो लाग्छ सबै यी दौतरी हरु कस्तो बिछोडमा परे
डण्डीब्यो र कपर्दी सब भुलिन गै खेलमा बिचल्ली हरे
जान्छन् सब हुलमा त्यो पर्ब दिनमा जात्रा र मेला भनि
कुण्ड स्नान र लाख बत्ति, नदीमा औंशी र पुर्ने गनि
खै मेरी दिदीलाई तीज र तिहार ल्याउनु पुर्याउनु घर
दरको भाग भनेर डाली भरदै दियो नि कसले भर
दिदीको घरको छ याद मनमा खोपी म खेल्थे गई
ति भान्जा पनि लाहुरे सरि भए भेटै न पाउने भई
देउडा नाच भजन हुने बखतमा खैजेडी मेरो फुट्यो
साउन माघ शुरु हुँदा पनि तरुल् चाकु पिंडालु छुट्यो
धन्यै आज बुबा यी ब्राह्मण यहा बोकेर कुशको बिटा
आएछन् म पनि परें चरणमा टक्र्याउछु यो बर्नभिटा
भन्दै झोली उघारी गफ गरि सकी बट्टा निकाल्दै गएँ
औशिको सपना रहेछ तर त्यो ब्युझी झल्यास्सै भएँ