by Chacha Bihangam on Sunday, August 7, 2011 at 10:06am
नेता भन्नु गुरु भन्नु बाबु -आमा बराबर
म नेता मात्र हुँ भन्नु कसरि ठीक हुन्छ र
देशको हितमा नेता छात्रका हितमा गुरु
बाबु-आमा पनि गर्छन् जसरी घरमा शुरु
गोठमा जसरि गाइ, भैंसी, बाख्रा, खसिहरु
आफ्नै आफ्नै थलो बारी मिलि बस्छन् उनीहरु
नेताको स्थानमा मान कामले मात्र पाउँछ
जनताको भलाइमा बुद्धि जसले चलाउँछ
सृजना गर्न नेताको प्रेरणादायी को थिए
इतिहास, परिपाटी सद्बुद्धि कसले दिए
भ्रस्टाचार ,अहंकार लुटपाट सबै छुट
देखेर मनमा आँट आयो कि भिर्न त्यो सुट
लालची मनमा लोभ नाता मात्र रिझाउने
स्वार्थ पुरा गरि आफ्नो अरुलाई बिझाउने
आस्वासन दिदै झुटो म गरिदिन्छु लौ भनि
न हुने काममा बाचा कबुल गर्दछौ पनि
स्वार्थ पुरा भए मात्र अघि बढ्छौ तिमि यहा
नत्र काम झुलाएर भोलि भन्छौ तिमि त्यहा
बधु हैनौ बधु शिक्षा किताप खोजि पढ्नलाई
सेवाको भावले मात्र चेतिन्छ अघि बढ्नलाई
बढाई योग्यता आफ्नो आदर्श र असल बन
नेतृत्व अनि पो तिम्रो मान्य हुन्छ नि लौ भन
No comments:
Post a Comment