Friday, September 23, 2011

कसैले बिर्सनु हुन्न आमाबाबु सदा सदा !!

by Chacha Bihangam on Friday, September 23, 2011 at 12:56pm
स्वर्ग स्वर्ग भनि भन्दै मरिमेट्नु छ के तर

भोगेका सबले हुन्छन् बुझ्दैनन् सब ति नर

त्यो स्वर्ग तुच्छ नै होला दाजौ म कसरी यहाँ

आमाको काख त्यो न्यानो स्वर्गमा पाउनु कहा

प्राप्त हुन्छ सबैलाई एकपल्ट प्रिथिबिमा

दीर्घकाल कसैलाई लघु बन्छ गरिबीमा

आमाको होस् बुबाको होस् तिथि यो चाड पर्वको

काखको त्यो अनुभूति गरौ सम्झेर गर्वको

हुर्काए तर के कत्रो महा भारत ले गरि

उपदेश अघि सारौ गीतापाठ गरेसरि

अगाडी चित्र त्यो राखी सास्टांग गरि स्पर्शले

धन्य धन्य भनि ब्यक्त गरौ आभार हर्षले

दान पुण्य गरि गर्ने बिचार मनमा भए

पर्दैन तिथि यो कुर्न असहाय भनुन् जय

बर्षमा तिथि यो चक्र घुमे झैँ घुम्छ सर्बदा

कसैले बिर्सनु हुन्न आमाबाबु सदा सदा

No comments:

Post a Comment