Wednesday, September 14, 2011

आफ्नो कथा

by Chacha Bihangam on Saturday, April 16, 2011 at 12:26pm
घरको अघि करेसा बारी पछाडी बगैंचा
फल र फुल छ लटरम्म पिंडी मा फलैंचा
ढिकी र जाँतो कुनामा घान पर्खेर बसेको
एक पाखे पालि भित्तामा टाँसी थाकल्ले कसेको


पूर्वको ढोका आँगन ठुलो, खरले छाएको
दुइ तले घर दक्षिण पट्टि बार्दली पाएको
चारौटा खम्बा उठाई खडा गरेको माचमा
पराल टन्न पाकेका फर्सि रहन्थे खांचमा


बिशिमा खेत डिहीको गोठ गाईगोरु टन्न छन्
घरैमा भने दुहुनो भैंसी लैनो गाइ शोभा झन्
कामको भाग- बण्डा र खटन् पटन आमाको
को जान्छ मेला गोठालो को हो कुन् काम धामाको


बुहारी जेठी जाउ घाँस आज मेलामा माइली
माइलो छोरो बाउसेमा गा'छ घट्ट जाउ साहिली
साइलो छैन घरमा हेर पढ्छु म भनेर
बिचार उसको आएछ पढ्ने पुजारी बनेर


काइलोको बिहे गर्नु छ बाकि शहर डुलदै छ
के मालुम् मन लागेन घरमा के मा उ भुल्दै छ
तिनौटी छोरी टुप्लुक्क माइत घरैमा रमाए
जहान सबले घरमा आफ्नो एक लग समाए

गाइ र बाख्रा मिल्दैनन् चर्न भिर पाखा दगुर्छन्
आमालाइ कान्छो हलुका काम नत्र रोइ हाल्छ झन्
गोठालो संधै जेठो नै जान्छ, बुबालाई सघाउन
कहिले काही सराध्दे जुध्दा कि पुजा लगाउन


कोइरालथोक चौरासी घर यजमान् बुबाको
पुराण कथा पन्डित पेशा पांच बर्ष हुदाको
बाबाको पछी लागेर हिड्दा छलिए एकदिन म
पैसठ्ठी वर्ष पछाडी फर्की भन्छ यो ''विहंगम'

No comments:

Post a Comment