Saturday, April 30, 2011

मनुस्य चोला

जन्मियो कि फस्यो चक्र ब्युहमा जीवानान्तर
भुबरितुल्य सागरमा डुंगा झैँ घुम्छ यो नर


मलमुत्रादिले ब्याप्त भोक तिर्खा सहिष्णुता
तातो चिसो र ब्याधिको घर नै बन्छ देह ता


लम्पसार छ पृथ्वीमा बाल्यकाल बिताउदै
प्रतिकूल सहि बस्नु नियतिले सताउदै


चल्दैनन् अङ्ग प्रत्यंग आफ्नो काम समाउन
देखेका बस्तु ति के हुन् उ सक्दैन ठम्याउन


आशामा अरुकै खालि भर पर्नु छ केवल
शिशु भै बाच्नु पर्दाको दुख भोगाई पल्पल


बिताई कति दिन यस्तो बल्ल टेकी घुडा जब
उठेर दौडु कि भन्दा बामे सर्ने भयो अब


हेर्छ देख्छ सबैलाई उफ्री उफ्री खडा हुँदै
दौडेका अनि त्यो घरमा भरेंग पनि उक्लंदै


मनले भन्छ झम्टेर अगाडी उसको बढौं
तर के मान्छ खुट्टाले उठ्न खोज्दै कति लडौं


बल्ल बल्ल बिताएर यस्तो यो नर शैशब
प्रवेश गर्छ केटा बा केटीमा हुर्कैदै जब


खेल्न खानु अनि सुत्नु निद्रा भोक हटाउनु
साथीको संगमा बस्नु मन लाग्छ रमाउनु


तर त्यो स्कूल भन्नेले दुख दिन्छ निरन्तर
किताब भारि त्यो बोकी हिड्नाले हुन्छ अन्तर


गुरुको धम्कि त्यो ठुलो बाउ आमा रिसाउने
स्वन्त्रन्त्रता कहा पाउ मन्को बोझ बिसाउने


रिति नै सबको यस्तै थाल्छु मन बुझाउन
बुझ्न थालें सबैको यो मनस्थिति कजाउन


यस्तै गर्दै पढी बढ्दै बल्ल हुर्कें बिते दिन
अब ता मन यो थाल्छ युबतिमा रुची लिन


मन यो गर्छ कोहि होस् माया गर्ने कि मै गरूँ
घरमा अरु कोहिले थाहा पाए म नै मरुँ


लुक्दै चोर्दै जवानी यो हुत्तिन्छ खै भबिष्य के
कसरि हुन्छ निर्बाह खुट्टा चिप्लिन जान्छ हे


दिशा निर्देश को दिन्छ बाबु आमा म मान्दिन
मनमा बस्छ जो मेरो अरु कोहि म जान्दिन


शिक्ष्याले दिनुपर्थ्यो जे सबै गर्छन् कहाँ पुरा
म मेरो भाग्यलाई नै थोपिरिदिन्छु त्यो कुरा


यसरि नै बिताएर जवानी भरको रिन
बोझ संसारको बोकी सहन्छु दुखको दिन


यहि हो नियति भन्दै मन मेरो कराउछ
पश्चाताप कति गर्नु होश मेरो हराउछ


बटुलीन्छ यहा नेर जिन्दगीको अनुभब
बेलैमा सबले थाहा पाई राख ल है अब


संसारभरमा कत्ति आउदै जादै चराचर
घुम्छन् यै रीतले हेर तिम्रै छ दृस्टी गोचर

गजल

राजनीति बिबेचना गालि नै गालि देख्छु
मन्त्रीपद सभासद जाली नै जाली देख्छु

देशको भाग्य लम्कियो कता कहाँ छ प्रसासन
वरिपरि भरौटेको तालि नै तालि देख्छु


को छर हेर्ने जन्ताको गास बास र कपास
समाई कुर्सि बस्नेको लागि छाली नै छाली देख्छु


पर्यटकलाई घुमाइ कतै देशको कथा सुनाउ भने
फोहोर थुप्रो वरि र परि नाली नै नाली देख्छु


गाउ र बेशी डुलेर कति पसिना बगाएको
सम्झना आज फर्काउँ भने बालि नै बालि देख्छु


कस्ता दिन गए यस्ता दिन आए भन्छ यो ''चाचा विहंगम''
गाउका भेना लाहुरे सबै शालि नै शालि देख्छु

रामनवमी

भारत्बर्ष भनेर भारत महा नामले थियो ''कोसल''
कोसल को पनि राजधानी उहिले उत्तर प्रदेशको बल
राजा एक थिए रजाइ गरने पुरी अयोध्या महा
नाम उनको दशरथ दिशा दस तिरै प्रख्यात हुन्थे जहा
राज्यै उन्नतिको पुग्यो शिखरमा राजा प्रजाबत्सल
प्राणि देखि लिएर राज्यभरिमा कोइ हुन्नथे दुर्बल
यस्तो चैन अंगाली आफु र प्रजा बस्थे बिताई दिन
यौटा पीर थियो तनाब मनमा होला र साचै किन
रानी तीन थिए तथापि उनमा आफ्नो पहुच बाहिर
मनमा ताप सधै बसिरहन गो घोची रहन्थ्यो तिर
सारा राज्य सुखी प्रजा पनि सुखी सबै चराचर सुखी
के होला त्यसतो भयंकर कुनै राजा रहन्थे दुखि
त्यो सुख् के सुख हो नि सन्तति बिना रानी तिनौटी हुदा
बस्थे ब्याकुल शोक विह्वल बनि पुंसत्व लोक्ले छुंदा
बारम्बार सधै उनिकन निकै ठानेर एक्लो भनि
रावण दक्षिण बाट छल् कपटले खोज्थ्यो नि मौका पनि
लंकाको गरि राज्य दानव हरु रिझाई बस्थ्यो उ ता
मौका हेरी ऋषि मुनिहरुकनै खुब दुख्ख दिन्थ्यो यता
यस्तो चाल गरि भएन ब्यबहार कस्तो सुखी भाग्यमा
भन्दै ति गुरु जो बशिष्ठ एकदिन आउँदा भए राज्यमा
राजा सुन्नु हवस् उपाय त कुनै गर्ने पर्यो आज है
सन्तान को सुख भोग मिल्छ कि कहि भलो कुरा स्वर्गमै
अर्थ्याए ऋषिले छ यज्ञ कि कुनै ति अग्निहोत्री संगै
जान्छु गर्छु बिचार सन्तति हुने आज्ञा म पाउ अबै
भन्दै छलफल भो दुइ बिचमहा निष्कर्ष भो यज्ञको
बिष्णु ले पनि ध्यान दि प्रिथिबिमा हालत बुझे विज्ञको
त्यो यग्यै ऋषिको बचाउन पनि कर्तब्य उनको मनै
प्रादुर्भाव भए लिएर बटुकी खिरले भरेको कुनै
भन्छन कि खिर यो ति रानी तिनमा बाँडी बराबर दिनु
सन्तानको बरदान यो भई गयो उपाय जानी लिनु
राजाले पनि त्यो खुशी अति भई बाडी दिए पायस
कौसल्या तीन रानीमा प्रथमले जन्माई पाइन् यश
ति हुन् राम पछी गएर बनबास् लिला अनेकौ गरे
रावण मारी बिनासी दैत्यकन सब सन्ताप लोकको हरे
जसको जन्म दिवस छ आज नवमी श्री रामका नामले
जानी राख्नु भविष्यका पिढी हरु सम्झिरनु ज्ञानले

अठसाठ्ठीको शुभकाम ना !!!

बसन्तले सधैभरी हरियाली बेरे जस्तै
शिर ठाडो संधै रहोस सगरमाथा हेरे जस्तै
बर्षे भरि अठसाठ्ठीमा चिताएको कुरा
कामना त्यो पुगीरहोस् पाउमा पोस फेरे जस्तै !


सिरी सिरी चिसो हावा बहोस् जिन्दगीमा
कर्म क्षेत्र अघि बढोस् उच्चताको तयारीमा
आउदै जादै गर्ने दुख-सुखको त बानि नै
सधै फूल फुलिरहोस मनरुपी फूल्बारिमा !


नव बर्ष फुलोस फलोस पूर्ण चन्द्र उदाए झैँ
सुख शान्ति बनि रहोस मन्दिरमा जुटाए झैँ
मिलि जुली सबै बसुन प्रति दाना अनारमा
फोरी हेर्दा मिलि जुली सबै भित्र अटाए झैँ !

गजल

प्रिथ्बिमै बास बसेर पनि के जोड्न सकें र
स्वर्गको आश गरेर मैले के छोड्न सकें र


खोरिया खन्दै बिरुवा रोपें फल टिप्ने आशाले
न पाई कुटो सप्रेन बालि के गोड्न सकें र


टारेर छाक सहँदै लात जोडेको हिरालाई
छोपेर मौका यहि हो भनि के फोड्न सकें र

Friday, April 8, 2011

यात्रा

बैशाखी हुनु पर्दथ्यो मदतको भारि भयो लौ यहा
डुंगा तैरन छाडी बोझ हुन गै ढुंगा सरि भो त्यहा
इन्द्रियै हरु को त के गरु कुरा यसो मनोरंजन
भागीदार बनि मजा लिउ भने नोकर सरि गन्छन


यात्रा हेर जटिल बन्यो भुबरिमा नाउ फसे झैँ गरि
गार्हो उक्लन हुन्छ त्यो शिखरमा दमको बिरामी सरि
लामो रात बिहिन-बास बटुवा चिसो पसि कम्पन
गर्दै ड़ग् डग कांपि भेट्न ति उषा गर्दै बलात् सम्झन


यात्रा यो मनको हुनेछ कसरी गर्दैन तनले पुरा
देख्ने नेत्र भने बढी बढी अघि सोच्दोछ भित्रि कुरा
आत्मालाई र देहलाई बटुली अनन्त भेट्टाउन
तन देखि मनसम्मको कठिन यो सकिन्न टुंग्याउन


खोजुं खोजि पसेर छाम्न गहिरो कि मार्गको हो भ्रम
कि त्यो शुभ्र सफा सुनिस्चित दिशा पैल्याउनै भो श्रम
के मा दोष छ मार्ग हो कि त यिनै षडेंन्द्रियै खेल्दछन
जे होस् ब्यापक त्यो असक्ष्यम बनी यात्रा दुखी झेल्दछन्


तन यो नश्वर रेछ ब्याधिहरुले गाँजेर बस्ने संधै
जिबन मृत्यु अंगाली आखिर पछि भेटिन्न त्यो मृत्यु भै
आत्मा को त भयो सुनिस्चित दिशा अजर अमर त्यो हुने
यात्रा मुस्किल रेछ पुग्नु कसरी त्यो बस्तु स्वर्गै छुने


जो कोहि हुन जान्छ काग -कुहिरो अलमल छ बाटोभरि
आत्मालाई चिनेंर हिड्न न सके पुगिन्छ काहा मरि
त्यसकारण बुझनु, बुझेर पुजनु आत्मा ठुलो हो भनि
तनको भोग बिलाश छाडी मनले यात्रा त पक्कै छनि

किन ?

बैगुनीको पराकाष्ठा मर्माहत पार्छ किन
मित्रताको अडेसामा गुनको किरा मार्छ किन


डु डु ल्नो नै निल्न खोज्ने यौटा औलो दिदा भने
आफैलाई अग्यानले नीचतामा झार्छ किन


बारी बोट उसको आफ्नै मीठो फल्छ लटरम्म
आरिसे भै मेरो फुल्दो बगैचामा चार्छ किन


आफ्नो भाग पुड़ो सारी अरुलाई लुटाऊंन
मेरो भाग्य उधिनेर दाह्रा गाडी दार्छ किन


लोभी हिड्छ बढी ताक्दै हैसियत गुमाएर
रेखाभित्र मेरो पारि आफ्नो बारी बार्छ किन


पुस्तौ पुस्ता कुकर्मले झनै तल धसिएर
जादापनि चेतनाले ऊँधै बाटो खार्छ किन


कंसल बस्तु असल हुन्न संस्कारैले गिरेपछी
माथि माथि तान्न खोज्दा बिमुख भै हार्छ किन