Wednesday, December 21, 2011

नगरबधुको आव्हान !

टाढा भो मन माधुरी सखी सखा यी बस्त्र जन्जाल छन् /
ढाक्यो वृक्ष सुस्वादु उष्ण फलले ढिला भयो चाख्न झन् //
आऊ आउन हातमा लिई छिटै जगाउ बालि धुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

आँखामा घसी गाजलु नजरले खोजि रहन्छन् क्षुधा /
लालियुक्त अधर चुमु चुमु भनि मागी रहन्छन् सुधा //
धड्कनले दिलको कुना पसि बसी छाम्दै छ तिम्रो चुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

मेरा अंग अति सुकोमल अहा देउ न ! दृस्टी यता /
आफै हेर्छु रमाउछु लुकी छिपी तिम्रो जवानी उता //
नाङ्गो हेर हिमाल प्राकृतिक ति सजाई बस्छन् रुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

श्रीस्टिका नमुना हरु प्रकृतिका बिहिन पर्दा बसी /
आफ्नो रूप र शानमा मिलनको सुगन्ध अत्तर घसी //
बास्नाले रसले कि रूप बशले आकृस्ठ गर्छन् खुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

No comments:

Post a Comment