Monday, March 19, 2012

श्मसान !

·

हेर्दामा अति उग्र रुप छ सदा कालो कलूटे भुइँ

सन्नाटा छ वरिपरि तर भने उ खान्छ लाश्मा मुइ

दिनको रात शिकार कुर्छ नशिलो दाह्रा उज्याइकन

बस्ने गर्छ नजीक नद्द्य तटमा श्मसान नामको ''डन''

//१//

साथि छन् उसका कुकुर र शिवा कौवा खरानी ठुटा

आँशु प्यूंछ बसेर पर्खी अतिथि संसार भन्दै झुटा

हाड़ मासु नङ्गदेखि रोम शिरको बाकि न राखिकन

खाने गर्छ बसेर नद्द्य तटमा श्मसान नामको ''डन''

//२//

दाउराको खलियो सजाउन जति सक्यो खुशी पार्छ मन्

छातीबाट सबै पचाउछु भनि मुस्लो धुवाँ फयाक्छ झन्

घ्यूको आहुति देउ खान्छु सजिलै गार्हो न मानिकन

भन्दै तत्पर हुन्छ निल्न शब त्यो श्मसान नामको ''डन''

//३//

कालो भस्म निशान माझ मुटुमा व्हार्व्हार डढाई सब

छिन्मा स्वात्त निलेर उग्र उ बनि पर्खन्छ अर्को शब

साथि छैन भए अघोरी उसको बाँडेर खाने तन

कैयौ खाइसक्यो र तैपनि सधै श्मसान भोको ''डन''

//४//

हो प्रेमी पनि लुब्ध संगीत विधा हा हा हु हु क्रन्दन

सुन्ने गर्छ लिएर चाख सबको तानी मुटु स्पन्दन

शुन्यैमा उ रमाई बस्छ निशिमा उजाड उसको धन

खुबी राख्छ पचाउने म छु भनि श्मसान भन्ने ''डन''

//५//

यस्तो क्रुर छ बानि निर्दयी सधै नामले डराउने सबै

देख्दा त्यो छ तथापि भित्र मनमा बेत्ता छ त्यो ज्ञानकै

ज्यादा मोह अहम् श्रीसम्पति सबै हे मूर्ख लोभी नबन्

भन्दै बुद्ध बनेर लोकहितको बाटो समा भन्छ ''डन्''

//६//

उसको ब्यङ्ग बुझेर भित्र मनमा सम्झी बुझी ल्याउदा

व्यर्थै यो बिषयादी मोह भ्रमको डुंगा सधै ख्याउदा

कसको चित्त अघाउला र जहिले झसङ्ग पार्नेछ मन्

आउदा हुन्छ बिलम्ब घाट-पथमा चेताबनी दिन्छ ''डन्''

//७//

सिजन

·

छैन श्रीस्टि रचना परिहार्य

सन्तति जिबनमा अनिबार्य

दृस्टीभेद नरमा कति लज्जा

बोध छैन मधुरात्रिक सज्जा

1

चुर्र चुर्र क्षणिक कामुक इच्छा

न्यून न्यून छ निमेषभर पृच्छा

दोष छैन सब दर्शक हाबी

रच्नु पर्छ गुँडमा फुल भाबी

2

भोग्ययंत्र जननी छ अस्पृश्य

सुक्ष्म सुक्ष्म अति नै छ अदृश्य

सूचना प्रकृतिजन्य छ हेर

भावना स्फुरित न्यून न धेर

3

वृक्षबाहु कि त बार्दली पालि

तार पोल बिजुली रही खालि

दिन्छ आश्रय कतै दुइलाई

काम बन्छ त्यसमै बुइ आइ

4

नाच गान खुसिले गरि क्रीडा

दूर भाग्छन सबै गृहपीडा

पूर्व पश्चिम कि त पश्चिम पूर्व

चिर्र चिर्र प्रिय स्पर्श अपूर्व

5

काम आतुर बने सब प्राणी

पंक्षीमा प्रणयको मृदु बाणी

बर्षमा सिजन यो ऋतुराज

पोखिदिन्छ मनमा हरि लाज

6

के हेर्दछौ ईश्वर !

·

हे साथी! प्रियको सुदर्शन गरौ भन्ने मनैमा रह्यो

सेवाको अबसर मिल्यो तरपनि दुर्भाग्य भोग्नु पर्यो

निस्ठुरी हुनुको पनि अलिकति सिमा त हुन्थ्यो हरे !

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

1

के भोगें ? कसरि बयान म गरु मुटु छिया झैं भयो

आफ्ना ति प्रियको वियोग यसरि आँखा अगाडी रह्यो

लामो जिर्ण शरीरको वरिपरी बसेर सेवा गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

2

आँखाले जति देख्छ कस्ठ र ब्यथा मन्मा अटाउथ्यो किन

पोखिन्छन् यसरि खपुन् ति कसरि आयो सरासर लिन

मेरा ति प्रियले र आफ्नु हितले सम्बन्ध साँच्दै गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

3

सेवा गर्न कति तयार ति थिए सम्पूर्ण बन्धुहरु

रोगि भैकन बाच्न छैन सजिलो सुगम बनाए अरु

पाँचै भौतिक देहको वरिपरी घेरेर न्यानो गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

4

स्थायी छन् जगमा ति चन्द्र सबिता धर्ति छ यो नस्वर

राजा रङक सबै गए दिन पुगी के हेर्दछौ ईश्वर

नाइँ नास्ती थिएन जान्न म भनि छडी घुमायो हरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

5

आत्मा यो अविनाशी हुन्छ तर त्यो यो देह फेरिन्छ है

पुण्यात्मा हरु हेर ध्यानगतिले छानेर फेर्छन कठै

रोज्नै बाकि थियो जुनी पछि हुने को को कहा गै सरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

6

जानु नै छ मलाइ एकदिन भनि ठानी बसें मन् मन

पालो मिच्न भनेर मन्द बिषले हानि ढलायो किन

बस्त्रै जीर्ण हुदा नराsदिकहरु साटेर लाउछन् भरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

7

लीला बुझ्न कठिन तथापि ग्रहको लेखान्तरै हो भनि

पुजा पाठ गरेर शान्त मनले अध्यात्म चिन्तन गरि

गर्दैथें म झुकी जराग्नी शरले मस्तिष्क मेरो चरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

8

आफ्नो भाग जति थियो बदनमा त्यो भिष्मशैया सहें

काया मात्र न भै छिर्यौ मगजमा पुरा अपांगै भएँ

आँशुका भल रित्तिए तर कति दिदैछ शास्ती हरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

9

आज्ञा पालन गर्छु जोडी कर यी भोगी सकें बास्तव

मेरो बास नजीक ईश पदमा इच्छा छ यो मत्लब

पूरा गर्न म पांउ सेवक बनि कृपा म माथि छरे

भन्दै देह बिसाई फर्कनु भयो शोकाश्रुमा सब परे

10

लौ आज हे बीर हो !

·

राणा शासनको शताब्दि दुइको असह्य त्यो क्रूरता

सीमा नाघ्न गइ शुरु अनि भयो अघि बढ्यो बीरता





गंगालाल र धर्म भक्त बीरका साथमा रहेका अरु

ताती बाधि तयार जुध्न ति थिए निस्की सडकमा बरु





चौडा छाती फुकाई खोलि दुइ हात लौहान गोलि भने

निस्केको स्वर त्यो घुम्यो गगनमा संसार सबले सुने





नारा घन्कन गै बिरोध गुंजियो जुलुस बढ्यो क्रान्तिमा

सारा देश उचालियो तर पनि केहि थिए भ्रान्तिमा





ढ्यांग ढ्यांग गोलि चल्यो चराहरु सबै अनिष्ट सम्झी उडे

त्यो कोलाहल मच्चियो जुलुसमा शोकाश्रुमा सब डुबे





आमा ढुक्क भइन उतातिर ठुलो छाती फुकाई बसिन्

देशको खातिर ज्यान अर्पण गर्यौ सपूत मेरो भनिन्





दिन्छन आहुति कर्मबीर हरु यी ज्यु ज्यान देश खातिर

यो संसारिक भोग तुच्छ छ सबै नाम मात्र हो आखिर





यीनै बीर सपूतका हबनले देशको गरीमा बढ्यो

अर्को एकपछि चढेर शुलिमा जुलुसको दम चढ्यो





माला पुष्प अबीरका सगुनले रंगीन भो भीड त्यो

अत्याचार र क्रूर शासन निभ्यो राणाहरुको दियो





बिजारोपण त्यो भयो शहिदको रुक्दैन क्रान्ति अब

भन्दै ढुक्क सबै भए मनमनै प्रजा रमाए तब





हेरी रक्त प्रपात त्यो नगरको झार्दै नयन नीर यो

गर्छौ अर्पण फूल औंजुली भरि लौ आज हे बीर हो !

01/27/2012

आमाको प्रतिक्ष्या:शहिद ढलेपछि !

आमाको प्रतिक्ष्या:शहिद ढलेपछि !


हिमालमा घाम टिलिक्क टल्कियो

बितेछ दिन यो भनि रात ढल्कियो

चराहरु बास्छ्न पात पातमा

कति कुरौ म घर फर्क रातमा



फुलेर गोदावरी ढकमकियो

ढलेर सन्ध्या जुन टकटकियो

क्षितिजमा गोधुली खातखातमा

कति कुरौ म घर फर्क रातमा



मुस्कान भर्छन मुरली मनोहर

सुगन्ध बत्ति धुप घंटको स्वर

बजाई तालि जय बात बातमा

कति कुरौ म घर फर्क रातमा



थकानले चुर छ कर्म जीव

प्रपन्न निद्रा भयले हरे शिब

पर्खिरहेछन शिशु हात हातमा

कति कुरौ म घर फर्क रातमा



ढले कति जायज माग पाउन

ति क्रूर शोषक हरु नै भगाउन

आफु मिटाइ जब साल सातमा

कति कुरौ म घर फर्क रातमा



स्वदेशको लागि सदैब तत्पर

यी सन्तति हुन् भगवानको बर

उत्सर्ग ईच्छा प्रति जात जातमा

कति कुरौ म घर फर्क रातमा



छ देशको आहुति सौम्य सौरभ

ठुलो भयो छाती म गर्छु गौरब

फलोस फुलोस मातृभू घात घातमा

कति कुरौ म घर फर्क रातमा

विकासे गीत

विकासे गीत


हातमा हात मिलाई देश बिकाश गर्नुछ

पसिनारुपी मल र जल जागरले भर्नु छ

******************************

अरुको भर न परी हामि अगाडी बढ्नु छ

न मानि गार्हो दुखमा सार्हो शिखर चढनु छ

*******************************

गरेर अल्छी पुग्दैनौ हामी बिस्वको दाजोमा

स्रोतको धनी नेपाललाई न चिर धाँजोमा

*******************************

निर्माण नया नेपाल गरौ बदलौ कुरीति

चन्द्र र सुर्य झण्डानै रहोस राम्रोछ त्यै थिति

********************************

बिजुली कल कारखाना पुल कुलो र सिचाई

बन्जर बाँझो खनेर मरुभूमिमा भिजाई

********************************

खेति र पाती अन्न का दाना फलफुल फलाउ

खोस्रेर खानी फलाम धातु हामी नै गलाऊ

*******************************

पहाड भरी मोटर बाटो खनेर भिरमा

हामी छौ बिर भनेर टोपी चिनाउ शिरमा

*******************************

संसार भरि चलेको नाम गोर्खाली बनेर

सगरमाथा सरि नै रहोस नेपाली भनेर !!

भरिया

कुन मरुभूमिमा जान्छौ भरिया कुन खाडीमा जाने हो

कति आर्थिक लाभ हुनेहो कति जीवन स्तर उठ्ने हो





बिस्वको अति सुन्दर मुलुकमा जन्मनु तिम्रो भाग्य अहो

स्रोत प्रकृतिका सारा यसमै छन् बाहिर किन जानु थियो





आमा नेपाल हसिली रसिली प्राकृतिक यौबनले भरपूर

सन्तति उनकै हौ कति बीर गर पालन उनकै मजबूर





जुन माटोमा जन्म लिएर बिस्वमा शान्तिको दूत बन्यौ

सगरमाथाको उच्च शिखरमा लडिबुडी खेल्ने मै हुँ भन्यौ





बुद्धको भूमि शान्तिको भूमि उच्चता बोक्ने शिखर प्रतीक

नदि र नाला मेची काली कार्यमा तिम्रै हुन्छन सरीक





बन जंगल झरना फाट कर्मभूमिको यो पुण्य थलो

आशमा तिम्रै बाची रहेछन जाउ समाउ जोत हलो





सेबा गर अब जन्मभूमिको कर्म भूमिमा पसिना छर्दै

दुधको भारा तिर्न सजिलो छ यै माटोमा पौरख गर्दै





आश अरुको गर्नु परेन आफ्नै साधन पहिल्याएमा

स्वर्ग भन्दा पनि ठुलो हुन्छ मातृभूमिको गित गाएमा





फर्क न जाउ खाडी प्रदेश सुख सन्ततिको हेर्नुपर्छ

तिम्रै आशमा बस्छिन आमा उनकै पोषण गर्नु पर्छ





अब न जाउ हेर विदेश घरमा दुखि छन् कैयौ हजार

दुखीको सेवा गर्दै बस तिमि मात्री भूमिको हुन्छ उद्धार !