Wednesday, September 14, 2011

देब - स्तुति

by Chacha Bihangam on Sunday, August 21, 2011 at 6:04pm
हे देव ! तिम्रो चरणाम्बुजैले
उठाई शिरमा दुइ यी भुजैले
म धुन्छु अज्ञान निखारी कल्मष
यी बाहु जोडी कन लौ अहर्निश


अदृश्य डुंगा भब सागरैको
दुर्लंघ्य सीमा छ अति परैको
म तर्न सक्दिन बिना सहारा
तिम्रै छ पाउरुपी त्यो बिहार


अस्पस्ट बाटो छ दिशा बिहिन
म प्राणि एक्लै छु अतीव दीन
फिजाउ ज्योति प्रभु नेत्र खोलि
हटाउ बाधा पनि पाप पोली


कृपा गरि देउ म माथि दृस्टी
खुलाई चक्षु गरि ग्यान ब्रिस्टी
जलिरहेछ मनभित्र घाउ
म पाउ पर्छु शिरमा समाउ


यो भक्त टेकेर घुडा अगाडी
बसिरहेको छ चलेन गाडी
कृपा गरि हेर्नु हवोस नाथ
म हात जोड्छु अति भक्ति साथ

No comments:

Post a Comment