Monday, January 31, 2011

जय शहिद !

आस्थाले जब शिखर चुम्छ
ओजस्वी मनमा देशै देश घुम्छ
उत्सर्ग, आहुति, जीवनदानले
ओतप्रोत हुन्छन भावी सन्तान,
तिरस्कृत हुन्छ तुच्छ स्वार्थ,
हराउछ पिडा देहको अनि
पालुवा हाल्छन भविष्य स्नेहले
यौटा नौलो पिण्ड सिर्जना गर्दै
बिकराल क्रन्दन, कोलाहल र
कालैकालको बिचमा यौटा प्राणी
शुलिमा चढेर हुंकार गर्छ
अनि भन्छ शहादत ! शहादत !!
म छैन , मेरो छैन ,
बाकि राख्न र बाच्न,
बाचेर बचाई राख्न, तुच्छ स्वार्थ
आहुति, समर्पण र सेवाको अगाडी
टिक्दैन कदापि टिक्दैन ,
गुम्सिएर भित्र बसेको रगत
उम्लिन थाल्छ , बाफिएर बाहिर
निस्कन खोज्छ अनि
फेरी एकपल्ट भित्रबाट
हुंकार जन्मन्छ शहादत !शहादत !!
जन्मभूमि, मातृभूमि ,स्वर्गभूमि,
अन्याय र अत्याचारको कर्म भुमि ?
यो हुन सक्दैन सक्दैन !
एकपल्ट बिलाएर हजारपल्ट जन्मनु
एउटा रक्त बिजको थालनी हो
यो अन्त्य अन्त्य हैन
अन्त्य न भै शुरुवात हुदैन,
म हुन्न म रहन्न
म रोपिन्छु कर्म भूमिको माटोमा ,
अनि फुल्छु फल्छु झान्गिन्छु,
नौलो बिहानी लिएर सुनौलो भविष्य सजाएर ,
मेरो अन्त्य नै शुरुवात हो अत्याचारिको काल हो,
म हुन्छु त्यो हुदैन म बाँच्छु त्यो मर्छ
म जित्छु त्यो हार्छ,
तर फरक छ ,
त्यसको अन्त्य नै मेरो उदय हो
स्वतन्त्रता को लागि
आदर्शकोलागी,
म पूर्वबाट फेरी उदाउछु सदाको लागि यो हुन्छ बिलिन,
एकपल्ट फेरी हुंकार जन्मियो , लौ हान ! लौ हान!!
ढ्वांग ढ्वांग गोलि चल्यो , समर्पण ! आहुति ! बलिदान !!
यस्तै हो बीरहरुको आदत ! शहादत ! शहादत !! शहादत !!!
आभास आउछ ,
शहादत महगो छ ,गह्रुङ्गो छ,
उज्ज्वल छ, स्वर्णिम छ,
प्रेमले पुजौ, भावनाले पुजा गरौ !
श्रद्धाले पुष्प अर्पण गरौ !
बिभुतिहरुमा नत मस्तक भएर
श्रद्धान्जली भरौ ! जय शहिद !!
जनवरी ३०,
भर्जिनिया .

No comments:

Post a Comment