Wednesday, August 17, 2011
शिलु गोरी
by Chacha Bihangam on Sunday, July 31, 2011 at 3:15pm
बारम्बार म सुन्दथे शहरमा त्यो चित्रकुट्को मुनि
बग्छिंरे जमुना सुशान्त स्वरमा चिर बिर चराको सुनि
छेवैमा बनराजको अधिनमा ओडार ठुलो छ रे
पश्चिम मा नदीको बगर संगसंगै उनको कुटी पर्छ रे
बालिके एक सात बर्ष बयकी माता पिता साथमा
बस्छिन उज्ज्वल शोभनीय कुटीमा सिउरेर फुल माथमा
चंचल ति अति सुन्दरी दिन दिनै जंगल पसी कामले
दाउरा खोज्न भनेर झन् पर गईन सताइदै घामले
आज्ञा पालन मात्रिको बचनको गर्दै पुरा चित्तमा
खेल्दै उफ्री रमाउदै ति समिधा जम्मा गरिन वृत्तमा
जंगलको एकलासमा प्रकृतिका ति फूल सुन्दर हुनु
त्यसमाथि मृदु बालिके ति थपिदा स्वर्गै भनि सम्झिनु
भन्छन विज्ञहरु अति सरल औ कोमल छ बस्तु भने
संरक्षण त्यसको कठिन छ उति नै बिनास तत्क्ष्ण हुने
शंका यो मनमा उठ्यो म कन लौ आभास तितो भयो
बादलको अति अन्धकार नभमा मडारिदै ढाकियो
धर्ति कम्पन गै दिशा दस तिरै झट्का चट्यांगले दियो
मनमा चिन्तित सुन्दरी अब भईन् अनिष्ठ बढ्दै थियो
छानो छैन कतै गई लुकु भने ओढार टाढा भयो
बर्षा त्यो घनघोर को र असिना पानीले सातो गयो
चिच्याईन असहाय एक्ली बनमा जाउन् कहा को छ र
ज्यु जोगाउन नै अति कठिन भो को दिन्छ उनको भर
भन्दै ति घर तर्फ नै अघि बढी जंघार तर्दै थिइन्
बिचमा नै न पुगी ठुलो हुरी चल्यो बाच्नै न सक्ने भईन
निस्ठुरी हुरीको परि भुबरिमा प्राण धान्न गार्हो थियो
यौटी सुन्दर बालिके प्रकृतिले काखमा समाई लियो
घर छाप्रो कुटीमा निरिह दुइमा हलचल मचियो तर
खोजि गर्न भनेर लाल्टिन लिई छाडे दुबैले घर
खोजे नाम पुकारी हे शिलु भनि त्यो आंधीको साँझमा
कस्तो कस्ठ खपेर प्राण कसरी बच्ला है बन माझमा
उनको केहि निशान चिन्ह पदको भेटिन्छ बाटो भनि
भन्दै धाप बगर र आश्रय सबै खोज्दै चिच्याउदै पनि
पच्छ्याये पदचिन्ह फर्किन भनि जंघार को छेउमा
भेटे सानु ति पाइला तर शिलु बगिन् लडी लेउमा
गर्दै शोक बिलाप ति तरहका नानाथरिका गरि
फर्के ति अब बालिके स्मरणमा बस्छिन सदा हे हरि !
( विलियम वर्डस्वर्थ को 'लुसी ग्रे' मा आधारित )
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment