Sunday, December 6, 2009

The ass and shasow

धोबी र गधा

एउटा धोबी थियो कमाइ उसको पालेर बेच्नु गधा !
बेच्नुमात्र थिएन मन्द दिनमा भाडा लगाउथ्यो सदा !!

बिस्वास्को भरमा न छाडी उ गधा डोर्याई भाडे संगै !
बाटो लागि हिंडेर गर्मि दिनमा झन् दुख पाउथ्यो अझै !!

गर्मि तिब्र थियो असह्य एकदिन धोबी र भाड़े दुवै !
बाटोमा पनि खोजि बृक्ष तलको छाया न पाई खुबै !!

धोबी त्यो कसरी म सेवन गरु छाया गधाको पनि !
धक्का भाडेकनै दिएर खुद त्यो छाया त मेरो भनि !!

बस्नासाथ अति भएर रिसले मुक्का र मुक्की गरी !
लागे बाझ्न दुवै प्रचण्ड धुपमा छायाको लागि हरि !!

धोबी भन्छ असूल मात्र पशुको गर्छु म छाया कहा !
दिन्छु, ताप्छु म नै तँ फोकटमहा हटेर गइ जा जहा !!

भाडामा यो गधा भएपछी मलाई छाया नि मेरो हुने !
मुक्का हान्छु तलाई दिन्न म शितल भनेर भाडे रुने !!

दुइटैमा यसरी भएछ झगडा चल्यो नि संग्राम ता !
मौका पाई छ्क्याई भाग्ने सुरले गधा भयो बेपता !!

देख्यौ नानि त सानु सानु चिजमा फालेर व्यर्थै श्रम !
ठूलो चीज गुमाई लोभी मनमा पाल्नु हुँदैन भ्रम !!

No comments:

Post a Comment