Monday, October 12, 2009

लज्जावती

बस्थिन एक कुटी अ*गालि बनमा निस्केर लज्जावती! तिनको भाग्य कठिन रहेछ बिचरी घरमा सहेनन अति !!जुवाडे पतिको र नन्द जतिको आमाजुको सासुको !खप्नु खानु भएन शोसक थिए भोका थिए आसुको !!कुलकी उच्च थिइन बिचार उनको सिधा र साधा बनि!गर्थिन तैपनि रोइ रोइ पतिको विचार सेवा पनि !!घास दाउरा र चुलो सकेर घरको थान्को र मुनको गरि!मेलापात गइ परिश्रम पनि भागमा उनैको परि !!जाड रक्सि र जुवादी को कुलतमा चुर्लुम्म डुब्थ्यो पति!घरमा आइ कुटेर निस्की त* भनि दुखमा धकेल्थ्यो अति !!सक्नुसम्म सहेर आसु पिउथिन बोल्दिन थिन क्यै कुरा!घरका पछ्य जति बिपक्षी हुन गइ दोष मात्र लाउथे पुरा !!कोहि साथ दिने भएन उनको, मुद्दा परिवारको !भन्दै पंच पनि त पन्छिन गए दुर्भाग्य भो हारको !!एक दिनको घटना सुनेर तिनको मनमा अति ताप भयो ! ऋनको भार बढी भयेछ,घरबार कब्जामा साउको गयो !!घरका प्राणि सबै बिचल्ली हुन गो बास छैन जाउन कहा!निस्के रोइ कराई पाउन शरण लज्जावती थिन जहा !!भाग्दै बास उनीकहा ति भडुवा गएर माग्दै कुटी! माफी मागी झुकेर आश्रित भए बिछोड मनका जुटी !!जसले दिन्छ शरण निखारी रिस राग ठुलो छ उसको धन!फुटेका परिवारको हित गरिन जोडेर आफ्नो मन !!

No comments:

Post a Comment