Monday, October 12, 2009

gatishilata

गतिशिलता --------------------म किनारामा उभिएर सतह बगेको हेरिरहन्छु ...योउटा छाल उर्लेर आउंछ ...त्यो जान्छ ,बिलौंउछ , तर सतह बगिरहन्छ,अबिरल गतिले ...के यो छाल गतिशिल हो कि ,सतह ?कल्पनामा बगिरहने आकान्छाहरु आउंछन ,जान्छन मेटिदै ...फर्केर आउन्छन ,बिच्बिच्मा भेटिदै ...तर म ठ्म्याउन सक्तिन ...कल्पना गतिशिल हो कि आकांछा ?भावनामा ठडिन्छन कती भव्य महल्हरु ...त्यसइगरी ओइरो लाग्छन कती मोटर कार,म जुटेको हुन्छु दुई सांझ्को गांस र बास जुटाउन ...भावनासंग के सरोकार! कुन हो गतिशिल भावना कि मोटर कार ?मन्मा त्यसइगरी उठछन आशाका लहर्हरु ...छाल र तरङग जस्तै आउंछन ,जान्छन ,बिलाउंछन ..तर किनारामा उभिएर म हेरिरहेको हुन्छु ,सतह बगेको बग्यै हुन्छ, ..म उभिएको उभियै ,ठम्याउन सक्तिन के हो गतिशिल ?म हुंकी आशा हो गतिशिल ?तर, म सतहभित्र दुबुल्की मारेर जब पिंधमा पुग्छु , भेट्दै जान्छु ..एक्पछी आर्को अपार अपार हिरा मोती र नाना सुबर्णको भण्डार ,अनी मलाई बोध हुन्छ के रहेछ गतिशिल !कल्पना कि भावना ,आशा कि आकान्छा , मन्को तरङग कुन हो गतिशिल ?अब बल्ल भेटे जस्तो लाग्छ मलाई गतिशिल ..,कृया ,कार्य ,कर्म र बर्तमान पो रहेछ गतिशिल ! गतिशील, गतिशिल, गतिशिल ।।कर्म भन्नु नै कार्य हो ,कार्यमा भेटें मैले गतीशिल! अब भेटें मेल गतिशिल !कार्य भनेको बर्तमान हो ,एसैमा रहेछ गतिशिल

No comments:

Post a Comment