Friday, December 25, 2009

merry christmas!!!

यीशु बुद्ध र कृष्ण, राम, महमूद अल्लाह जप्नेहरू !
हामि एक भएर त्यागि दुबिधा यौटै सबै हु बरु !!
भन्ने भाव लिएर उत्थित भई कुरा न काटिकन !
यो सन्सार बिशाल तर्न असहज सुगम थियो कि भन !!
रातो रक्त र सन्तति ति प्रभुका संसार भरमा सब !
यौटै हुन् म बिचार गर्छु नभको बस्छन मुनि ति जब !!
बेग्लै आवहबा र देश छ पृथक प्राणि त एकै जन !
यो सन्सार बिशाल तर्न असहज सुगम थियो कि भन !!
सीमा पारि र वारि बन्दुक लिइ छेकेर यौटाकन !
दोस्रो लाई सुगम बनाइ कहिले भेद भाव गर्दा झन !!
उठ्ने क्रोध इबी हटाइ समता बाडेर इज्जत दिन !
पाए लोक जुटेर एक ति हु*दा सन्सार कस्तो भन !!
मेरी क्रिसमस यो उठाई अहिले रामले गरि चुम्बन !
जिससको पनि त्यो ललाट पटलै रातो टिकाले छुन !!
लाए छाती मिलाई गदगद भई यो लोक थाल्ने रुन !
मेरो क्रिसमसको बधाई यहि हो कस्तो भयो लौ भन !!

No comments:

Post a Comment