Tuesday, November 10, 2009

हाईकु‏

कुहाई-हाईकु
--------

परिवर्तीत नेपाल.
गरिब भो गोपाल.
चैन गर्दैछ यशपाल.
ooo
नेपालीले छाडे देश.
विदेशीले रंगाये केश.
मात्रिभूलाई लाग्यो ठेस.
ooo
कान्डै काण्डको क्रान्ति.
मनमा सबको भ्रान्ति.
पाइने छैन शान्ति .
ooo
देशको भलो कुभलो.
राज्निति नाच्ने थलो.
जोत्न छाडे हलो.
ooo
स्कूल मन्दिर लथालिङ्ग.
मास्टर पुजारी ठिङ्ग.
देशको टालो बिनाहिङ्ग.
ooo
सार्ब भौम अलपत्र.
उडिहाल्यो राजाको छत्र.
नेतालाई पारेर सत्र.
ooo
जनता भन्छन कताजाउँ.
परिवर्तनको गीता गाउँ.
अवसर्बादिले पाए ठाउँ.
ooo
कुराकानी जानी जानी.
बुझ पचाएको ठानी.
गरिरहेछन मनोमानि.
ooo
देशको सम्पदा सब्कोतारो.
देस्बासिको आँखामा छारो.
हराभरा मुहान थारो.
ooo
कलासंस्कृति बचाउन गाह्रो.
आँगकन्याई ऊडाउ छारो.
बिदेशीको नीति साह्रो.
ooo
न्याय कानून डाडापारि.
सर्बोच्चमा बाँडे सारी.
बिद्वत्बर्ग देशलाई भारि.
ooo
*नपचेकोले दिई दुहाइ.
यो परिवर्तन कुहाई.
आउला आर्को हाई-हाई.

No comments:

Post a Comment