Friday, October 23, 2009

Yek chhoto bilauna

एक छोटो बिलौना
तिर्खा भोक हराई छैन निदरी मरौ कि बाचौ भयो! एक्लै स्वामी मलाइ छाडी घरमा परदेश लाग्नुभयो !
घर कोठा धनसार मन्दिर शहर खोजेर पाउदिन म!मनको भित्र जलन अति हुन गयो शृंगार गर्दिन म !
गरथ्यौ हामि टुलुक्क हेरी एकले अर्को मुसुक्कै पनि!हुन्थ्यो खेल कति न बोलि ति कुरा एक्लो भयो जीवनी !
कस्ता हात नरम घुमाई शिरमा फेरेर मुस्काउदै!आखाले इ कुरा समेटी मनमा ल्याएर डोर्याउदै!
बाहुपास उठाई छाती रसिलो छामेर आलिंगन !भर्दै चुम्बन ओठमा घरि घरि टास्दा नि मेरो तन!
लज्जाले म झुकी छुटाउन भनि दाउ हेरी गर्दै बल!बाहुबाट छुटेर फुत्कन पुगे गर्नुभो फेरी छल!
भन्नु हुन्छ कि केहि गर्दिन प्रिये साथमा बसाऊ नगै! तिम्रो सुन्दर रुप स्नेहभरिलो गर्छु म सेवन सगै!
निद्रामा पनि झस्की बाहु बलले तानेर झन्झन् नजिक!न्यानो सासजुधाई प्रेमरसमा डुब्दा म हुन्थेफजित!
सपनामा बिउझी म खोज्छु मनको देउता हरायो कता! देख्ने कोहि भएन रुन्छ मन यो छ शुन्य हेर्यो जता!
मेरोकर्म रहेछ भाग्यबिपरित धिक्कार जिउनु कति!सम्झन्छु यी कुरा फुटेर मनमा शोकास्रुबग्छन अति !

No comments:

Post a Comment