Sunday, October 25, 2009

patrottar bhag 1

पत्रोत्तर (भाग १)
मित्रको पत्र पाएर लामो त्यो अन्तरालमा!
खुशी भो मन यो सार्है जेटको गतिचालमा!!
धन्यबादोक्ति स्वीकार गरियोस साधुबाद नै!
टक्र्याउन म चाहन्छु न छुटोस पछी सम्झनै!!
जिज्ञासा पूर्ण त्यो पत्र को कौतुहल मेटन!
पत्रबाटै पुरा गर्छु पाइन्न दिन भेटन!!

आशा ठुलो दिलाएर देशमा परिवर्तन!
ल्यायेछन,अनि झुक्क्याई नेताको कपटी मन!!
स्वार्थ पुरा गरि अइले जनतालाई होमिन!
धकेली क्रान्तिमा पैले,आफ्नो भाग ठुलो लिन!!
सत्तामा उक्लिए चाडै हत्पत भो भाग लाउन !
तानातान लुछाचुडी असन्तोस मिलाउन !!

चर्काएर कतिपल्ट मन्त्रीमंडल भंग झैँ!
गरि,अइले बसी देसमा देसको नागरिक भै!!
भाषा त्यो देसको सर्ब प्रिय हुन्छ हुदाहुदै!
सत्ताको उच्चकोटीको पद्मा बसी कलम छुदै !!
भाषा विवाद चर्काइ बिर्सेछन देसको भलो!
थिएन र उनीलाई योग्य अन्त कतै थलो!!

यदि योग्य थिएनन त सफल ति कसरि भए!
पदमा पुग्न त्यो देसको सर्बोच्च मानमा गए!!
ऐले ढाटेर जान्दिन भाषा बोल्न भनिकन!
देशैमा छन् लुकाएर योग्यता ढाट्न त्यो मन!!
गरेका हुन् कि होइनन पाइन्छ कि कतै सुराक!
मित्र मेरो कति उज्ज्वल खोजेको हो कि यै खुराक!!

No comments:

Post a Comment