Monday, October 12, 2009

माया लाउने तरिका

आंखा जुधाइे माया लाउने पुरानो हो थिती !अंखाबाट सर्दै जान्छ मन्मा ल्याउंछ बिक्रिती !!शिकारी त मन पो रेछ मन्मा तीर चलाऊने !प्रेमरुपी बाण हानेर जिउ ज्यान गलाउने !!टुना मुना लगाएर घिच्याउने दाउ !हेरदै लाउथे मोहनी रे बस्मा पार्न माउ !!सडक वारी सडक पारी सुसेलेर पनि !शहरतिर माया लाउंथे ट्याक्सी गनी गनी !!बासनाको धोको मेट्न चलाएको रिती !घरमा बसी रोज्नुपर्ने वासना कि प्रिती !!आज भोली ईन्टरनेटमा जाल हान्न पाइेन्छ !डटकम हेरी हेरी माल छान्न लाइेन्छ !!अड्डा अफिस स्कूल्मा भने खुलेआम छैन !मन्को ढोका खोलिदिये काम रोकिदैन !!क्लब्को कुरा पुरानो भो डिनर महंगो छ !देटिङ जाने भन्छन तर वालेट हलुङो छ !!सबैतिर रिसेसनको असर परे जस्तो छ !सोची सम्झी अघी बढी अम्रिका यस्तै छ !!

No comments:

Post a Comment