Thursday, December 10, 2009

The apes and two travellers

साँचो कि झुठो - कुन्चाई मिठो

यौटा प्रान्त रहेछ बादरहरु समुहमा थे सब !
राजा बादरको भएछ "कपिले" प्रख्यात नामले तब !!
बस्दो रेछ चलाई राज्य ति प्रजा बादर्हरुकै जहाँ !
देखे यो रमिता मनुष्य दुइले भेट्नै पुगेछ्न त्यहा !!

यौटा त्यो नर जो रहेछ अति नै राजा हरिश्चन्द्र झैँ !
बोल्ने सत्य कदापी झूट न भनि राजाको सामु उ गै !!
अर्को जो नर हो सदैब मुखमा साचो कुरा साचदै !
झुटो मात्र बकेर जीवनभरी कुन सत्य हो ? जाचदै !!

दुइटैको जब भेट् भयो नि कपिले त्यो बादरैको शिर !
प्रस्नै गर्छ कि हेर फर्की नरमा हेरेर यौटा तिर !!
कस्तो छु म यहा सुशोभित प्रजा यी बादरैले सरि !
राजा धन्य म छू कि छैन यिनमा बिचार यस्तो गरी !!

राजा बादरको सुनेर यी बचन अगाडी सर्दै फटा !
भन्दै जान्छ कि हे प्रभो यति बिधि के चन्द्रमाको छटा !!
हुने गर्छ हजुर सुशोभित यहा सामु प्रजाका लहर !
चारै तर्फ बसेर टन्न प्रभुको रक्षा गरेरै प्रहर !!

दिनको रात बिताई धन्य छ भनी सेवा हजुरको गरी !
आज्ञा पालन जो गरेर न्रिपको ज्यु ज्यान दिन्छन मरी !!
उत्तर यो उसको सुनेर खुसि भै सुन चांदी दौलत धन !
सारा धेर इनाम बक्सिस दिई फर्केर दोस्रोकन !!

यस्तै प्रस्न गरेर सोधनी गर्यो जो सत्यवादी थियो !
उसको स्वार्थ थिएन बोल्नकन झूट साचो कुरा भन्दियो !!
बादर होस् तँ रहेर बादर सरि, बादर हरुकै जहा !
तेरो जीवन बाँची रेछ तँ पशु हुन्छ्स पसु नै त्यहा !!

साँचो जे छ म भन्छु बिस्व भरमा देखिन्छ तथ्यैपरक !
झूटो बोल्नु म ठान्छु पाप अहिले मेरो र उसको फरक !!
सुन्दा यो मनमा उठेछ अति रिस त्यो बादरैको बृहत !
सारा बादरसाथ झंटि उसलाई मर्मत गरे मृत्युवत !!

त्यसकारण कि भनिन्छ सत्य पनि जो बोल्ने तितो मर्दछ !
झुटो भैकन त्यो मिठो पनि भए उसको भलो गर्दछ !!

No comments:

Post a Comment