Thursday, December 24, 2009

Snow!!!

आर्याबर्त भनि हिमालमुनिको चिनिन्छ त्यो देशको !
बासि भैकन आजसम्म हिउको देखीन आश्चर्य यो !!
केटा केटि छँदा म भेट्न हिउको थुप्रो गइ दामन !
फन्को मारी मकालु पर्बत चडी धवलागिरी आँगन !!
नाची नाची घुमेर उच्च शिखरै कुल्चेर हिड्दा पनि !
पैताला र हिउ पृथक हुन गयो पहाडमात्रै बनि !!
यी आँखा दुइका अगाडी यसरी उडेर कण कण झरी !
भुइमा थुप्रिन गै कपाससरिको थुप्रो अचम्मै गरि !!
छाना आँगन बारी पालि र सडक सर्बत्र त्यो डेकमा !
साक्षात्कार गरि परेली डिलमा बस्दै कफी केकमा !!
तिम्रो त्यो हलुका चिसो तर सफा सेतो अति कन्चन !
खाउ खाउ लिउं लिउं तिमीसंगै लाग्ने गरूँ गन्थन !!
लोभले एक भरि उठाई अंजुली काख्मा लिई चुम्बन !
खोज्दा गर्न बगेर सल्सल बगी भाग्यौ दुख्यो यो मन !!
तिम्रोबानी लजालु रेछ अति नै मन हर्छ सबको यहा !
बाटो मात्र न छेकी जीवित रहू क्रिसमस भरि नै त्यहा !!

No comments:

Post a Comment