Wednesday, November 18, 2009

जिन्दगी - एक नौलो द्रिसटिकोण

जिन्दगि यो शुरु हुँदा सार्है स्वच्छ सरल
आस्पतालको प्रांगणमा नुहाएर खल खल
सोझो बाटो हिडाउन पाउडर घसी घसी
नर्सरी र किण्डरगार्डेन हातमा कलम मसि

भिडाएर बाटै बाटो हिडाउने दाउ
गर्दै मेट्न सिकाउन्छन् जिन्दगीका घाउ
पन्छाएर हिंड्नु पर्ने काँडा कोर्ने बाटाहरु
न हिंडने त जाकिने छन् भंडखारामा लाटाहरू

बाठामात्र हैन साथि धेरै होलान बांगा अरु
गाड्नु पर्छ सोझ्याएर तुलसीका लिंगाहरु
जिन्दगीलाई पाको पार्ने बिस्वलिद्यालय
शिक्षणसंस्था ढोकाखोलि गाउन्छंन यौटै लय

न सोचेको भोग्दामात्र संगालिंछ्न अनुभव
मनपरी त गर्नै हुन्न न्याय कानुन सब
दण्ड दिन्छन मान्छे मार्दा बाटो मोडि मोडी
पाप लाग्दैन फूल टिप्दा बगैंचालाई गोडी

जिन्दगि यो मलाइ लाग्छ सार्है स्वच्छ सरल
लगाएर दाग किन बनाउनु त तरल
अनौठो यो छैन साथि बाटो चिन्नेलाई
सार्है कठिन हुने गर्छ सोझो न हिड्नेलाई

यस्तै नै छन जिन्दगीका बांगा सिधा बाटाहरु
जिन्दगीका मलाई लाग्छन बराबरी पाटाहरु
सार्है कठिन हुने गर्छ बाङ्गो बाटो रोज्नेलाई
अनौठो यो छैन साथि सोझो बाटो हिड्नेलाई

No comments:

Post a Comment