Wednesday, November 25, 2009

kharaayo

खरायो

खरबारी बनमा लिएर मनमा दूबो र झार पातको !
उफ्री हिंड्छ कतै म भेट्छु कि भनि भोकले मिठो जातको !!

चार खुट्टा दुइ कान गरेर पट पट उँधो र उँभो गरि !
खुड़े ओठ चलाई नाक रसिलो चाट्दै ति खुट्टा घरि !!

कोहि छन् भरिला दगुर्न दरिला जिउमा असर खान्किको !
उसको रुप बयान के गरु म खै सेतो सफा बान्कीको !!

कालो केहि कतै छरेर छिरबीर रागे र पाटे अनि !
ढाडमा बेरिन गै पटूकी बहुरंग देखिन्छ खैरे पनि !!

बनको खोंच कतै छ झाडी र गुफा बास बस्न लाएक भए !
घुस्री बस्छ निदाई मस्त दिनभर हुदैन त्यसको जय !!

राति साँझ पर्यो भयानक टर्यो शिकारीको लक्ष्यको !
खोजि गर्न भनेर हिड्छ उ कतै ताकेर त्यो भक्ष्यको !!

यस्तो जीवन साँची बाच्छ बनमा खरायो हो नामको !
घरघरमा पलुवा भएर रतिने भोजन र उन कामको !!

केटाकेटी भुलाई नाच्छ संगमा कैले बनि व्यंजन !
उत्पादन त्यसबाट हुन्छ गतिलो गर्दै मनोरंजन !!

सूधो निर्भयको छ बानि त्यसको गर्दैन हानि कतै !
काखमा बस्छ ,सहन्न दुख तर पी.. गर्दिन्छ जताततै !!

हुस्सुमा पनि त्यो गनिन्छ नि कहिँ दौडमा बन्यो शालिक !
बाठोमा पनि त्यो दरिन्छ कहिले झुक्याई बन्मालिक !!

अँगोरा रसियन र जर्मन अनि अस्ट्रेलियन जातिका !
उत्पादन उन गर्नमा ति पहिला चलाई नाम ख्यातिका !!

दिन्छन मालिकलाई गर्न उपयोग आफ्नो शरीरको भुवा !
जसले पाल्छ र स्यार्छ बर्ष दिनमा भेट्नेछ उसले खुवा !!

No comments:

Post a Comment