Tuesday, October 13, 2009

Oo Ke Bhanchha (gaijatra 2066)

थाङ्नामा म थिए दिगम्बर पहिले बिस्टामा लत्पत भुइं !
आठ मैना बिती गो सुरम्य अती भो देख्नेले खान्थ्यो मुइ !
डाइपर कट्टु गनेर बर्ष दुई तीन ढाकेर राखें झुकाइ !
जिस्क्याउदा कतिले ढुकुर ढुकुर भनी लाज्मानी बस्थें लुकाइ !
पाँच बर्शे जतिमा त मन्द गतिमा उठ्ने जमर्को गरी !
उठ्बस्को क्रम त्यो चल्यो पछी ठुलो हुदैंछ इन्दु सरी !
आस्चर्यै म भएं दसक जती हुंदा कस्तो अनौठो रवाफ !
जिउमा देखिन गो अली अली कतै झुस्ले भरेको स्वभाव !
पन्ढ्रै बर्ष जती पुगेपछी म ता जुंगाको रेखी संगै !
देखासिखी गरी बढ्यो कती भुवा जारी छ बढ्नु अझै !
बिसौ बर्ष बिति गयो नि अब ता सब्ले बिचारै गरी !
राम्रो नाम दिएर इज्जत गरी हेर्छन नि पाले सरी !
गैजात्रा भनी नाम लिएर अहिले "ज्याङगो मुला" मा लगी !
मेरो नाम बिगारी हेप्न तिमीले सक्यौ कसोरी हगी ? !

No comments:

Post a Comment