Monday, October 12, 2009

यथार्थबोध

जन्मियो भवमा मनुष्य किन यो उद्देश्य के खातिर! कुन हो मार्ग कता छ जानु उसले लैजान्छ के आखिर!! चिन्ताछाडी कति उपक्रम अघि बढेर दिन्कादिन! गर्दै मक्खछ केर मृत्यु एकदिन आउनेछ पक्कै लिन !!नश्वर यो नरको शरीर उसले पाएर जन्मिकन !आशालिन्छ कि स्रिस्टिदृस्टी भरको प्राणि उ सर्बोत्तम !! ठान्दै गर्छ कति उपक्रम अघि बढेर दिन्कादिन! मक्खै पर्नुछ के र मृत्यु एकदिन आउनेछ पक्कै लिन !!आफैंलाइ उ गर्छ घोषितस्वयम योध्दाबिजेता पनि! बसमापारि निखारी श्रोतकृतिको बिज्ञान होयो भनी !! भन्दै गर्छकति उपक्रम अघि बढेर दिन्कादिन! मक्खै पर्नुछ के र मृत्यु एकदिन आउनेछ पक्कै लिन !!आफ्नैलागि महल र गाडी महंगा सडक र बाटो खनी!वायुयान चलाई भेदन गरी ब्रम्हाण्ड भेट्छु भनि !! भन्दै गर्छ कति उपक्रम अघि बढेर दिन्कादिन! मक्खै पर्नुछ केर मृत्यु एकदिन आउनेछ पक्कै लिन !! संसारको सुखभोगको र रसिलो आनन्द भोग्ने मन! गर्दै इच्छितवस्तु जोडी कतिको हडपेर लुट्दै धन!! अझै गर्छ कति उपक्रम अघि बढेर दिन्कादिन! मक्खै पर्नुछ केर मृत्युएकदिन आउनेछ पक्कैलिन !! यस्तो यो भवको बिचित्रअनुहार देख्दा न चेतिकन!! बढ्दो त्रास र रोग आदि भयको छाडेर चिन्ता लिन!! अझै गर्छ कती उपक्रम अघी बढेर दिन्कादिन !मक्खै पर्नु छ के र म्रुत्यु एकदिन आउनेछ पक्कै लिन!!आयूले उपहास गर्दछ कती धम्क्याइ यो जीवन! बारम्बार भनिरहन्छ मनुवा तं पाप गर्छस किन!! सुन्दै गर्छ कती उपक्रम अघी बढेर दिन्कादिन !मक्खै पर्नु छ के र म्रुत्यु एकदिन आउनेछ पक्कै लिन!!मौसम्को रितुको स्वभाव दरिलो ल्याउछन परिवर्तन!त्रीस्णा झुक्न भने कदापी नरको मान्दै न manne mana !!झुक्याइ मनभित्र पाली गहिरो जोडेर भ्रम्को दिन !राख्दै मक्ख छ केर मृत्यु एक दिन आउनेछ पक्कै लिन!!झन्झट यो सब फाली मोक्ष प्रतिको उपाय भेट्टाउन !सोच्दै गर्नु छ कर्मकान्ड तिमीले संसार पार लाउन !!स्वार्थइ त्यागी अघी बढेर दुखिको सेवा गरी जीवन ! अर्पण गर्नु अती झुकाइ नियती बुझ्नेछ तिम्रो मन !!

No comments:

Post a Comment