Monday, April 16, 2012

बिद्रोह

के भो आज असह्य यो मन भयो बिद्रोह पैदा भयो

शान्ति चैन हराई कस्ठ हुन गो चिन्ता बढी नै रह्यो



राजाकी म थिए कति प्रिय म छु मेरो तिरस्कारले

दिन्छन राज्य ति रामलाई कसरी मेरो बहिस्कारले



यो सक्दैन पुरा हुनेछ कसरी भरत छ लायक अति

मेरो हुन्छ कदर यो राज्य भरिमा सेबा म गर्छु कति



भन्दै छटपटिइन सुनी खवर त्यो कु-मन्थरा दासीको

ठुलो आंधी शुरु भयो मनमनै ति गद्दीका प्यासीको



खोपीभित्र पसिन र आसन कसिन त्यो उग्र चण्डी रुप

खलबल पारी सिंगार,केश पहिले टिका बिगारिन खुब



गाजल लत्पतियो चुरा पनि फुट्यो पर्दा पनि च्यातियो

पोखिन पानि भिजाई खोल तकिया त्यो मन अझै मातियो



बौलाही सरि भै ति कैकयी बसिन् थुन्दै चुकुल द्वारको

भन्छिन लौ ठिक भो तँ जा खवर लि हे मन्थरा प्यारको



राजा छेउ गएर बिन्ति गरिदे यो हाल मेरो अब

फर्की आउनु एकलै तँ पहिले उत्तर म सुन्छु सब



भन्दै कैकयिले बुझाई यी कुरा ति मन्थराको मन

आफ्नो मत्लब सिद्द्ध गर्न प्रतिरोध् पठाईन् राजाकन

Happy Ramnabami !!!

No comments:

Post a Comment