Monday, April 16, 2012

संबिधान ?

·

छिप्पियो नभमा घाम गृष्मको राज्य फैलियो

आधा काम अझै बाकि छ जाँगर किन वैलियो

पिठो पानि पिठो पानी झन् झन् हुन्छ गीलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/१/



ठेक्का अशान्ति बिद्रोह बाट डिग्री लिदा पनि

कुकर्मी हरुकै हात सत्ता आसीन यो छ नि

बिश्वास गर्न हुन्थेन मुटुमा थ्यो कीलो जब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/२/



आशै आश दिलाउछन् प्याला बिष पिलाउछन्

भित्र भित्रै रची खेल धारे हात मिलाउछन्

लौ न जातिबिषे देश टुक्रा बन्ला जिलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/३/



शान यो देशको माटो विश्वमा मग्मगाउथ्यो

गोर्खाली नाम सुन्दैमा संसार डगमगाउथ्यो

हेर पानि कति फेर्छन् मात्र हुन्छ हिलो तब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/४/



मुटुमा घाउ चर्काई मलम नाटक गर्दछन्

भकारी देशको भाँची नातामा लगि भर्दछन्

घाँडो मात्र भएनन् यी अप्ठ्यारोका पिलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/५/



के हामीमा नया नीति नया देश बनाउन

छैन तागत कोहीमा ? घोक्रे ठ्याक लगाउन

बेतको लठ्ठीले मात्रै हुन्छन् थिल थिलो अब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/६/



न दिएको पनि हैन देशले भक्त नायक

न्यूनता सम्म खोसेर धपाए सब लायक

खोजौ सब मिलि हामी पाइन्छ कि सिलो अब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/७/

No comments:

Post a Comment