Wednesday, October 24, 2012

यसपालिको दशैं र ''झ्यामोलोंग्मा'' !

दशैं आयो दशैं आयो शुभ शन्देस प्राप्त भो




नेपालीहरुको चाड पर्बले हर्ष व्याप्त भो



`



दाजु भाइ दिदी बैनी नेपालि सब एक हो



तर यो राज्यमा हल्ला फूट पो यत्र तत्र गो



`



इतिहास जता बाट जसरी गर बर्णन



नेपालि एकता शान देखा पर्दछ है भन



`



जाति जात बिषे बाधी भाचेर एक संस्कृति



शुरुआत गर्यो कस्ले गणतन्त्रे मनोवृति



`



सफा सुग्घर माटोले पोतेर पिंढी आँगन



पखालि मनको मैलो थाल्छन आशिष माँगन



`



सम्मान वृद्धको गर्नु भाइचारा बढाउनु



सदभाब एक आपसमा वैमनस्य हटाउनु



`



ध्येय हो चाडको हेर किन उत्तर क्षेत्रमा



तहल्का मच्चियो आज फुट ल्याउन मित्रमा



`



म ठुलो छु तँ सानो होस् भन्न के ढाल हो र यो



मुहानबाट झर्दाको कति शुद्ध छ पानि त्यो



`



विभाजन् भेदले हुन्छ मतैक्य पुस्ठी हो त्यहाँ



साझा चाड सबैको हो मतभिन्न भयो कहा ?



`



गरौ बिरोध हिंसाको प्राणीमा प्राण त्यो बसोस्



समता ममता भाब मनभित्र दया पसोस



`



पुर्खाको पिंढी ले कत्रो सम्मान दिई फूल त्यो



साँचेर जन आस्थामा भिजाए मनभित्र यो



`



फालौ म कसरी आज लान्छना जातमा दिई



बरु राख्छु हनुमान ढोकाको द्वारमा लिई



`



धार्मिक असहिष्णु भै जमरा न पचाउने



षड्यन्त्र यो म गर्दिन सार्बभौम डगाउने



`



भन्न छाडौ दशैं यसको ल्होसार उसको भनि



"झ्यामोलोंग्मा" सगरमाथा नाम हो बिस्वको पनि

No comments:

Post a Comment