आमाको प्रतिक्ष्या:शहिद ढलेपछि !
हिमालमा घाम टिलिक्क टल्कियो
बितेछ दिन यो भनि रात ढल्कियो
चराहरु बास्छ्न पात पातमा
कति कुरौ म घर फर्क रातमा
फुलेर गोदावरी ढकमकियो
ढलेर सन्ध्या जुन टकटकियो
क्षितिजमा गोधुली खातखातमा
कति कुरौ म घर फर्क रातमा
मुस्कान भर्छन मुरली मनोहर
सुगन्ध बत्ति धुप घंटको स्वर
बजाई तालि जय बात बातमा
कति कुरौ म घर फर्क रातमा
थकानले चुर छ कर्म जीव
प्रपन्न निद्रा भयले हरे शिब
पर्खिरहेछन शिशु हात हातमा
कति कुरौ म घर फर्क रातमा
ढले कति जायज माग पाउन
ति क्रूर शोषक हरु नै भगाउन
आफु मिटाइ जब साल सातमा
कति कुरौ म घर फर्क रातमा
स्वदेशको लागि सदैब तत्पर
यी सन्तति हुन् भगवानको बर
उत्सर्ग ईच्छा प्रति जात जातमा
कति कुरौ म घर फर्क रातमा
छ देशको आहुति सौम्य सौरभ
ठुलो भयो छाती म गर्छु गौरब
फलोस फुलोस मातृभू घात घातमा
कति कुरौ म घर फर्क रातमा
No comments:
Post a Comment