Thursday, July 5, 2012

ढाडे बिरालो




.
जात, नाम बिरालै हो साथि संगत छोड्दछ
मिलेर बस्न मान्दैन तर त्यो बंश जोड्दछ
 (1)

डुल्छ, खान्छ घुमी मस्त घरमा हुन्न साथमा
श्रिस्ठीको कामना गर्छ देखा पर्दछ रातमा
(2)

दूध चोर्न सिपालु त्यो खुलै झ्याल हुदा खति
भेटमा हमला गर्छ निमोठी मार्छ सन्तति
(3)

झुल्किन्छ कहिले काही स्वर म्याउ ठुलो गरि
कलिला गुडका बच्चा खोसेर खान्छ पेटभरि
(4)

छुट्टयाउन उ जान्दैन न्याय के हो छ के उचित
नेता नेपालका यस्तै दर्जामा छन् अनुसुचित
(5)

कुनै ढाडे बिरालो झैँ ढ्यांग्रो ठोक्ला स्वभावमा
साबधान सबै होउँ भोट माग्लान चुनाबमा !
(6)
फेरी हुन्छ अरे भन्छन यही उनकै दबाबमा
उल्टो लोप्पा ठिकै पर्ला भोट मागे चुनाबमा !
(7)

No comments:

Post a Comment