Thursday, August 2, 2012

डोरो बाधौ !





बाधौ चार दिशा र स्तम्भ सुद्रीढी- करण गरौ साधको
आफ्नो पानि थुनेर राखी तटमा रेखा लगाउ बाँधको

नेताका मन तन्त्र स्वार्थ पनि सब बाँधौ मनोडोरिले
गाँठो त्यो बलियो बनाउन सके फुक्दैन त्यो चोरीले

बाधिदेऊ गुरु ! प्रचण्ड बिरको नाडी नशा हातको
डोरो देश बचाउने तिर बढोस भनि जनै साथको

बाचा मन्त्र गराई फोर्दीन भनि यो देश टुक्रा गरी
मंत्रेको उपबीत फेरी दिनुहोस अकाट्य मंत्रै गरि

बाँकी देश निबासी भाइ बहिनि साझा सबैको छ नै
प्रतिज्ञा प्रतिबद्ध गर्न मनमा लागोस पुरानो जनै

मनमा सुत्र सम्हाली राखनु हवस जो देहमा छैनता
आस्था बाची रहोस संस्कृति प्रति अकाट्य सौहार्द्रता

आस्था मन्त्र र संस्कृति अनि अरु जनै र डोरोहरु
पाकोस् देश रुपी कसौडी बिचमा व्यंजन थपियोस अरु

मेरो मात्र भनेर भन्न न मिलोस यो चाड हो देशको
बाडिदैन चुडेर जातिहरुमा श्री सम्पति येसको !!

No comments:

Post a Comment