·
हे साथी! प्रियको सुदर्शन गरौ भन्ने मनैमा रह्यो
सेवाको अबसर मिल्यो तरपनि दुर्भाग्य भोग्नु पर्यो
निस्ठुरी हुनुको पनि अलिकति सिमा त हुन्थ्यो हरे !
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
1
के भोगें ? कसरि बयान म गरु मुटु छिया झैं भयो
आफ्ना ति प्रियको वियोग यसरि आँखा अगाडी रह्यो
लामो जिर्ण शरीरको वरिपरी बसेर सेवा गरे
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
2
आँखाले जति देख्छ कस्ठ र ब्यथा मन्मा अटाउथ्यो किन
पोखिन्छन् यसरि खपुन् ति कसरि आयो सरासर लिन
मेरा ति प्रियले र आफ्नु हितले सम्बन्ध साँच्दै गरे
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
3
सेवा गर्न कति तयार ति थिए सम्पूर्ण बन्धुहरु
रोगि भैकन बाच्न छैन सजिलो सुगम बनाए अरु
पाँचै भौतिक देहको वरिपरी घेरेर न्यानो गरे
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
4
स्थायी छन् जगमा ति चन्द्र सबिता धर्ति छ यो नस्वर
राजा रङक सबै गए दिन पुगी के हेर्दछौ ईश्वर
नाइँ नास्ती थिएन जान्न म भनि छडी घुमायो हरे
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
5
आत्मा यो अविनाशी हुन्छ तर त्यो यो देह फेरिन्छ है
पुण्यात्मा हरु हेर ध्यानगतिले छानेर फेर्छन कठै
रोज्नै बाकि थियो जुनी पछि हुने को को कहा गै सरे
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
6
जानु नै छ मलाइ एकदिन भनि ठानी बसें मन् मन
पालो मिच्न भनेर मन्द बिषले हानि ढलायो किन
बस्त्रै जीर्ण हुदा नराsदिकहरु साटेर लाउछन् भरे
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
7
लीला बुझ्न कठिन तथापि ग्रहको लेखान्तरै हो भनि
पुजा पाठ गरेर शान्त मनले अध्यात्म चिन्तन गरि
गर्दैथें म झुकी जराग्नी शरले मस्तिष्क मेरो चरे
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
8
आफ्नो भाग जति थियो बदनमा त्यो भिष्मशैया सहें
काया मात्र न भै छिर्यौ मगजमा पुरा अपांगै भएँ
आँशुका भल रित्तिए तर कति दिदैछ शास्ती हरे
हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे
9
आज्ञा पालन गर्छु जोडी कर यी भोगी सकें बास्तव
मेरो बास नजीक ईश पदमा इच्छा छ यो मत्लब
पूरा गर्न म पांउ सेवक बनि कृपा म माथि छरे
भन्दै देह बिसाई फर्कनु भयो शोकाश्रुमा सब परे
10
No comments:
Post a Comment